Khabar Dabali Logo
  September 20, Fri

डेढ महीनामा ६८२ चालक कारवाहीमा

अमरगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ । आव २०७६÷०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप÷कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् ।

ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी रु चार लाख ११ हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साउनमा ४०० सवारीसाधनबाट रु दुई लाख ३५ हजार ५००, भदौको १५ गतेसम्म २८२ सवारीबाट रु एक लाख ७५ हजार ५०० राजश्व सङ्कलन गरिएको ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताए ।

गत आवभन्दा राजश्व सङ्कलनमा वृद्धि भएको उनले बताए । गत वर्षको तुलनामा यो आवमा डेढ महीनाको अवधिमा रु चार लाखसम्म बढी राजश्व सङ्कलन भएको खत्रीले बताए । पछिल्लो समय सुदूरपश्चिममा सवारी दुर्घटना हुने क्रम बढिरहेका छन् । चालकको लापरवाहीले दुर्घटना बढेका उनको भनाइ छ ।

सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी बढी कारवाहीमा परेका जनाइएको छ । नियम विपरीत चलाइएका सवारीलाई घटनाको प्रकृति हेरेर रु ५०० देखि रु एक हजारसमम जरिवाना गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ । साउन र भदौमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको खत्रीले जानकारी दिए ।

भदौ २४ गते, २०७६ - ११:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान...   

जनताको अवस्था बदल्न चुनौती – मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था...   

संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ – मुख्यमन्त्री राउत

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु...   
मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

काठमाडाैं ।सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका...   

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला...   
संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान...   

मैत्रीपूर्ण भलिबलको उपाधि कर्मचारी टोलीलाई

चिप्लेढुङ्गा । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको...   
परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

काठमाडौ । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार...   

शेयरबजारमा थप दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौ । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना...   

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top