Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

डाक्टरको सल्लाहविपरित ओलीको सक्रियता दोब्बर, तीनदिनमा आधा दर्जनपटक प्रचण्डसँग भेट

काठमाडाैं । स्वास्थ्योपचारका लागि १५ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष नेपाल फर्केपछि पनि उत्तिकै तन्दुरुस्तीका साथ दैनिक भेटघाटमा सरिक भइरहेका छन् । डाक्टरले आराम गर्न दिएको सुझाव विपरित प्रधानमन्त्री ओलीले आफ्नो सक्रियता व्हात्तै बढाएका छन् । २० गते सिंगापुरबाट फर्किएका ओलीको स्वास्थ्यस्थिति कमजोर रहेको छ ।

गत २० गते शुक्रवार नेपाल फर्किएलगत्तै प्रधानमन्त्री ओलीले बालुवाटारमै बसेर राजनीतिक भेटघाट तीव्र पारेका छन् । सोमवारमात्रै ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले एक घण्टा भन्दा बढी समय भेटवार्ता गरेका थिए ।

पार्टीको एकीकरण प्रक्रिया पूरा भइसकेको छैन भने सरकारविरुद्ध जनताको आवाज बढ्दो छ । ओली आफैं पनि कतिपय मन्त्रीहरूको काममा सन्तुष्ट छैनन् । पार्टी भित्रैका नेताहरूले सरकार परिणाममुखी नभएको भन्दै आलोचना गरिरहेका छन् । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद पुनर्गठनका विषयमा पटक पटक छलफल हुने गर्थ्यो । तर अहिले त्यो विषय सेलाएको देखिन्छ ।

प्रधानमन्त्री ओलीको सम्भावित कदमका रूपमा मन्त्रिमण्डल पुनर्गठनको विषय पनि छ । तर त्यसका लागि निर्णय मात्र गरिदिएर पुग्दैन । पार्टीभित्र ठूलो छलफल हुन जरुरी छ । यसले ओलीको शारीरिक स्वास्थ्यलाई असर त पार्ने नै छ, थप मानसिक तनाव पनि दिनेछ । प्रधानमन्त्री ओली फर्किए लगत्तै नेकपाभित्र राजनीतिक सरगर्मी पनि बढेको छ । पछिल्ला चार दिनमा अध्यक्षद्वयबीचका भेटघाट सामान्य भन्दा बढी भइरहेका छन् । प्रचण्ड निकट स्रोतका अनुसार यसबीचमा दुई अध्यक्षबीच करीब आधा दर्जन पटक भेट भए । भेटघाटमा के छलफल भए भन्ने विषय अहिलेसम्म बाहिर आएको छैन । यसबाट नेकपामा ठूलै केही हुँदैछ भन्ने अनुमान लगाउनेहरूको कमी छैन ।

सिंगापुरबाट फर्केको दिन नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेलसँग सरकार र पार्टीका कामबारे ओलीले परामर्श तथा छलफल गरेका थिए । ओलीले महासचिव पौडेलसँग त शनिबार र आइबार पनि लामै छलफल गरे । शनिबार बेलुकी अर्का प्रचण्डसँग पार्टीको अबको रणनीतिबारे लामो छलफल गरेका थिए । प्रचण्डसँगको छलफल आइतवार र सोमवार पनि चल्यो ।

के ठूलै निर्णय हुनसक्ने सम्भावना छ ?

प्रधानमन्त्री ओली निकट एक नेताले प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवैका सन्दर्भमा केही न केही निर्णय लिन सक्ने बताउँछन् । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा उहाँको अहिले ठूलो जिम्मेवारी देखिएको छ,’ उनले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गर्नु छ, संसदमा विचाराधीन विधेयकहरूका सन्दर्भमा कुनै न कुनै निर्णय लिनुपर्ने छ, पार्टी एकताका सम्पूर्ण काम पूरा भएका छैनन्, स्थायी र केन्द्रीय कमिटिको बैठक बोलाउन माग भइरहेको छ । यी कामहरूको सन्दर्भमा उहाँले कुनै न कुनै रूपमा ठोस कदम चाल्न सक्नुहुनेछ ।’

मन्त्रिमण्डल पुनर्गठनका सवालमा भने प्रधानमन्त्री ओलीले अहिल्यै केही नसोचेको उनको दाबी छ । उनले उल्लेख गरेका कामहरू प्रधानमन्त्री सिंगापुर जानुभन्दा पहिला नै पटक-पटक छलफलमा आएका विषय भएपनि कुनै निष्कर्षमा पुग्न सकेका विषय थिएनन् ।

प्रधानमन्त्री निकट स्रोतले आगामी बुधवार या बिहीवार सचिवालय बैठक बस्न सक्ने सम्भावना औंल्याएको छ । सोही बैठकबाट पार्टी एकताका सम्पूर्ण कामहरू पूरा हुनेछन्,’ स्रोतले भन्यो, ‘त्यसपछि आफूले सरकारमात्र हेर्ने र प्रचण्ड कमरेडलाई पार्टी हेर्ने जिम्मेवारी दिने गरी कार्यविभाजन हुने सम्भावना छ ।’ यद्यपि प्रधानमन्त्री ओलीले अध्यक्ष पद भने छोड्ने सम्भावना कम देखिन्छ । कार्यविभाजनमा आन्तरिक सहमति गर्ने तर महाधिवेशनसम्म प्रधानमन्त्री र अध्यक्ष पद दुवै छोड्न ओलीले चाहेका छैनन् ।

कसको अध्यक्षतामा पार्टीको बैठक बस्ला ?

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराइरहेका बेला यता अध्यक्ष प्रचण्डले आफ्नो अध्यक्षतामा बस्ने गरी सचिवालय बैठक बोलाए । बैठकबाट केही महत्त्वपूर्ण निर्णय पनि गराए । तर प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको चिन्ताभन्दा पनि प्रचण्डको सक्रियताको चिन्ता बढी लिएको देखिन्छ । आफू उपचार गरेर स्वस्थ भइसकेपछि सिंगापुरमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र महासचिवलाई बोलाएर ब्रिफिङ लिनुले त्यही संकेत देखाएको छ ।

प्रचण्डमाथि दवाव बनाउने रणनीति स्वरूप ओलीले वामदेव गौतमलाई अघि सारेको बुझ्न कठीन छैन । तर वरिष्ठ नेता माधवकुमार नेपाललाई रिझाएर प्रचण्डले आफूमाथि आउने अवरोधको हल निकालिसकेका छन् । ‘अबको सचिवालय बैठक प्रचण्डको अध्यक्षतामा बस्ने सम्भावना निकै कम छ,’ प्रचण्डनिकट एक नेताले बताए, ‘यसअघि पनि एकताका बेलामा भएको सहमतिलाई पालना नगरिकन सबै बैठकहरू कमरेड ओलीकै अध्यक्षतामा बसे । अब पनि ओलीले प्रचण्डलाई बैठकको अध्यक्षता गर्न दिने सम्भावना न्यून छ ।’

यद्यपि दुई अध्यक्षहरू निरन्तर संवादमा भएकाले सहमतिमै सबै कुराको निकास निस्कने उनले दाबी गरे ।

प्रधानमन्त्री ओली कति स्वस्थ ?

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे आम जनतालाई ठूलो चासो रहेको छ । कतिपय मृगौला रोग विशेषज्ञले मृगौला प्रत्यारोपणपछि कति वर्ष आयु हुन्छ भनेर यकिनका साथ भन्न नसकिने बताउँछन् । चिकित्सक पुकारचन्द्र श्रेष्ठ एक कुराकानीका क्रममा आफूले मृगौला प्रत्यारोपण गरेको व्यक्ति ४३ वर्षसम्म स्वस्थ रहेको देखेको उदाहरण दिए ।

प्रधानमन्त्रीको निजि चिकित्सक डाक्टर दिव्या सिंहले शुक्रवार नै एक विज्ञप्ति निकालेर प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी दिइन् । तर आम जनता त्यतिले मात्र विश्वस्त छैनन् । प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले त प्रतिनिधि सभा बैठकमै प्रधानमन्त्रीले अब विश्राम लिनुपर्ने र नेकपाबाट अर्को कोही प्रधानमन्त्री हुनुपर्ने धारणा नै सार्वजनिक गरिसकेका छन् ।

मृगौला प्रत्यारोपण गर्ने जो कोहीले पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्ने औषधि खानुपर्छ । डाक्टरहरूका अनुसार शरीरको रोग प्रतिरोधात्मक संयन्त्रले बाह्य अंगलाई स्वीकार्दैन । १२ वर्षसम्म निरन्तर औषधि खाएपछि प्रधानमन्त्रीको रोग प्रतिरोधात्मक क्षमता थप कम हुन नसक्ने गरी तल्लो विन्दुमा झरेको थियो । रोग प्रतिरोधात्मक क्षमता नभएपछि सामान्य संक्रमणले पनि ठूलै चुनौती निम्त्याउन सक्छ ।

रोग प्रतिरोधात्मक क्षमता थप कम हुन नसकेपछि र मृगौला प्रत्यारोपणको समय बढ्दै गएपछि प्रधानमन्त्री ओलीको शरीरमा थप स्वास्थ्य चुनौती देखा पर्यो । त्यसपछि सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गर्नुपर्ने अवस्था आएको डाक्टरहरू बताउँछन् । प्लाज्मा फेरोसिस भनेको रगतमा रहेका प्लाज्मालाई हटाउने प्रक्रिया हो ।

रगतमा रहेको प्लाज्माले रोग प्रतिरोधात्मक क्षमता बोक्ने काम गर्छ । प्लाज्मा नै हटाइदिएपछि रोग प्रतिरोधात्मक क्षमता थप कमजोर बन्ने भयो जुन मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको शरीरलाई आवश्यक थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies