Khabar Dabali Logo
  January 24, Fri

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने: मन्त्री यादव

धरान। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी भइरहेको बताएका छन् । उनले गत वर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्वविद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको बताए ।

प्रतिष्ठानमा विगतमा विवाद आए पनि अब प्रतिष्ठानलाई राम्रो बनाउन एकापसमा समझजदारी र समन्वयको खाँचो रहेको उपप्रधानमन्त्री यादवले बताए । उनले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, नगरपालिका सिटी अस्पताल, प्रदेशमा स्वास्थ्य प्रतिष्ठान धमाधम निर्माणको तयारीमा रहेको जानकारी दिए । पछिल्लो सयम देशभरी फैलिएको डेङ्गु नियन्त्रणका लागि सबै लाग्नुपर्ने भन्दै त्यसका लागि सरकारले अभियान चलाएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा गुरुप्रसाद खनालले प्रतिष्ठानमा लामो समयदेखि रोकिएका विभिन्न पूर्वाधार निर्माणलाई निरन्तरता दिन मन्त्रालयको ध्यानाकर्षण गराए । आजै प्रतिष्ठानको ‘अर्थोपेडिक सर्जरी युनिट’को समेत उद्घाटन गरिएको छ । प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा प्रदेश १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश सभामुख प्रदीपकुमार भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

भदौ २३ गते, २०७६ - १६:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेको पाँचखालमा भेटिएको ‘स्तम्भ’ प्राचीन भएको पुष्टी

काभ्रेको पाँचखालमा भेटिएको ‘स्तम्भ’ प्राचीन भएको पुष्टी

काभ्रेपलाञ्चोक । खोज तथा अनुसन्धानका क्रममा पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा फेला परेको...   
घुँगीको माग बढ्दो, माछासँगै व्यावसायिक पालन गर्न सकिने

घुँगीको माग बढ्दो, माछासँगै व्यावसायिक पालन गर्न सकिने

परासी । थारू समुदायमा विशेष रुचाइने खाना हो, घुँगी । थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही...   
आजदेखि बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु

आजदेखि बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु

हेटौडा । बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी...   
नेपालगञ्ज विमानस्थलमा विहीबारदेखि सहायता कक्ष सञ्चालन

नेपालगञ्ज विमानस्थलमा विहीबारदेखि सहायता कक्ष सञ्चालन

नेपालगञ्ज । विपद् व्यवस्थापनका गर्न बाँके र बर्दिया जिल्लालाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा...   

कोरोनाभाइरस : हामी कति चिन्तित हुनु पर्छ

विज्ञानलाई हालसम्म थाहा नै नभएको एउटा भाइरसले चीनमा अहिले फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको...   

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

काठमाडौ । नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा...   

कुकुरलाई बन्ध्याकरण गराउँदैै जुकाको औषधि खुवाइयो

दमौली । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण...   

भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा

काठमाडौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय...   

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

काठमाडौ। राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै आज विशेष बुद्ध पूजा गरिएको...   

दैलेखमा भत्काइए दुई सय ४१ छाउगोठ

दुल्लु । गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top