Khabar Dabali Logo
  September 16, Mon

अस्पतालमा ज्वरोका बिरामी थामिनसक्नु

चितवन । यहाँको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिए । अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडाका अनुसार विभागमा पाँच जना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् ।

नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उनले जानकारी दिए । बाँकी रहेका करीब १०० लाई आज पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उनले बताए। अहिलेको चिकित्सकको सङ्ख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ ।

सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उनी भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरङ्ग सेवाका मेडिकल वार्ड र क्याबिनहरु पनि ज्वरोका बिरामीले भरिएका छन् । करीब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ ।

जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार साउन यता आइतबार साँझसम्म तीन हजार ४०० जनाको डेङ्गु परीक्षण गरिएकामा एक हजार २०६ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गुकै कारण दुई जनाको मृत्यु भइसकेको छ ।

भदौ २३ गते, २०७६ - १२:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यराती ११ वर्षीया बालिका निदाएपछि बसभित्रै बलात्कृत, १० वर्षीयालाई प्रयास

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा बसका सहचालकद्वारा ११ वर्षीया बालिका...   

रुपन्देही गोलीकाण्डः यसरी क्यामेरामा कैद भए ‘सुटर’

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या गर्ने ‘सुटर’को...   
ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले...   

संसदमा बाँके घटना फेरि ब्युतियो, कांग्रेस सांसदद्वारा बेल घेराउ

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरिरहेका...   

सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ

काठमाडौं । राजधानीस्थित सिंहदरबारबाट प्रहरीले पत्रकारहरुको टोलीलाई नियन्त्रणमा लिएको छ । विभिन्न...   
समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

काठमाडौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने...   
ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

बेलायत । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले...   

२० वर्षे युवाद्वारा ७ वर्षकी बालिका बलात्कृत

बर्दिया । सात वर्षिय बालिका बलात्कार आरोपमा प्रहरीले २० वर्षे एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...   

राष्ट्रियसभामा दुई विधेयक विधायन समितिमा

काठमाडौं । राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन...   

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

हङकङ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top