Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सिलगुढी–काठमाडौँ बस सञ्चालनको विरोध

भद्रपुर । पन्ध्र दिन अघिदेखि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस सेवाविरुद्ध काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् ।

भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौँ बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम शुरु गरेका छन् ।

नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौँमा कुनै पनि महत्व नभएको शहर सिलिगुढीबाट सिधै बस प्रवेश हुनु नेपाल–भारतबीच भएको सम्झौता विपरीत रहेको तर्क राख्दै उनीहरुले सरकारसँग सो बस सञ्चालन तत्काल रोक्न माग गरेका छन् ।

प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीले सन् २०१४ डिसेम्बरमा नेपाल–भारतमैत्री बस सञ्चालनको बारे सम्झौता हुँदा राजधानीदेखि राजधानीसम्म या पर्यटकीय र धार्मिक शहरबाट सञ्चालन गरिने भनेर सम्झौता भए पनि सो विपरीत देखिएको हुँदा स्थानीय विरोधमा उत्रिएको बताए ।

उनले भने, “कोलकत्ता, गुहावटीदेखि काठमाडौँसम्म सञ्चालन गरे हाम्रो आपत्ति छैन, नेपाल र भारत सरकारबीच सम्झौता भइसकेको छ तर सम्झौताविपरीत भारतका महत्वहीन शहरबाट काठमाडौँजस्तो ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा सिधै बस सेवा सञ्चालन गर्न पाइँदैन तत्काल यसलाई स्थगित गरिनुपर्छ ।” उनले केन्द्रीय र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएको बताए । पूर्व यातायात व्यवसायीसमेत रहेका मैनालीले नेपालमा धेरै गाडी व्यवसायी भए पनि भारतीय गाडीसँग प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै यस सेवाले राजश्वमा समेत प्रभाव पर्ने विचार राखे ।

झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष निरबहादुर कार्कीले बस सेवाले पर्यटन प्रवद्र्धनमा सहयोग नपुग्ने बताउँदै पूर्वीमा असर पुग्ने बताए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले सो बसको सीमानाकामा सामान्य चेकजाँच गर्ने गरेको बताए । उनले भने, “अध्यागमनले जस्तो उसका परिचय खुल्ने कागजात हेर्न मिल्दैन, शङ्का लागेमा सामान्य मानिसलाई जस्तै सामानको चेकजाँच गर्छौं ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies