Khabar Dabali Logo
  September 16, Mon

झापाको गौरादह नगरपालिका र बिर्तामोडमा बम विष्फोट

झापा । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ ।

विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो ।

कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको बताइएको छ ।

यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ ।

सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले बताए ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ । एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह ९विप्लव०का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।

यसअघि विर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालयमा समेत बम विष्फोट भएको थियो ।

भदौ २३ गते, २०७६ - १०:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यराती ११ वर्षीया बालिका निदाएपछि बसभित्रै बलात्कृत, १० वर्षीयालाई प्रयास

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा बसका सहचालकद्वारा ११ वर्षीया बालिका...   

रुपन्देही गोलीकाण्डः यसरी क्यामेरामा कैद भए ‘सुटर’

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या गर्ने ‘सुटर’को...   
ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले...   

संसदमा बाँके घटना फेरि ब्युतियो, कांग्रेस सांसदद्वारा बेल घेराउ

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरिरहेका...   

सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ

काठमाडौं । राजधानीस्थित सिंहदरबारबाट प्रहरीले पत्रकारहरुको टोलीलाई नियन्त्रणमा लिएको छ । विभिन्न...   
समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

काठमाडौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने...   
ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

बेलायत । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले...   

२० वर्षे युवाद्वारा ७ वर्षकी बालिका बलात्कृत

बर्दिया । सात वर्षिय बालिका बलात्कार आरोपमा प्रहरीले २० वर्षे एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...   

राष्ट्रियसभामा दुई विधेयक विधायन समितिमा

काठमाडौं । राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन...   

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

हङकङ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top