Khabar Dabali Logo
  June 1, Mon

म्याग्दीमा मखमली फूल र सिउडी फलको व्यावसायिक खेती

गलेश्वर । म्याग्दीमा पहिलोपटक मखमली फूल र डाइगन फुड (सिउडी फल)को व्यावसायिक खेती शुरु भएको छ । बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा हरियाली समूहले सञ्चालन गरेको नयाँ ढाँचाको आधुनिक कृषि फार्ममा मखमली फूल र डाइगन फुडको व्यावसायिक खेती शुरु भएको हो ।

रु छ करोडको लगानीमा शुरु भएको यस कृषि फार्ममा तरकारी खेती, माछापालनका साथै मौरीपालन, फूल र सिउडी फलको व्यावसायिक खेती शुरु गरिएको हरियाली गु्रप सञ्चालक समितिका सदस्य दुर्गाबहादुर कार्कीले बताए ।

उनको अनुसार नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर पहिलो पटक तीन हजार ५०० वटा सयपत्री फूलका बिरुवा लगाइएको छ । फूल लगाएको ठाउँको माथिल्लो पट्टि सेरना जातका सय घार मौरी रहेका छन् । म्याग्दीमा कतै नगरिएको डाइगन फुडका सय बिरुवा पनि लगाइको तरकारी फिल्डका इन्चार्ज बुद्धि सुनारले बताए ।

कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणालाई ‘हरियाली मोडल’ नाम दिइएको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।

“विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामूहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकको ‘आमुल’मोडललाई पछ्याउँदै सोही ढाँचालाई समावेश गरी फार्म सञ्चालन गरिएको फार्मका सञ्चालक समितिका सदस्य दुर्गाबहादुर थापाले बताए। थापाका अनुसार यो फार्म म्याग्दीका लागि नमूना परियोजना हो ।

“कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ”, थापाले भने, “यसबाट स्थानीयलाई रोजगारी तथा तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाई बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्य रहेको छ ।” छत्तीस जना कृषकले १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरेका छन् ।

फार्ममा तरकारी खेती, सिउडी फल, माछापालन, मौरीपालन, फूलखेती गरिएको छ भने निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पक्षी कालिज पालन गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए ।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ४३ जना कर्मचारी तथा मजदूरमध्ये अधिकांश जग्गाधनी छन् । “बजार नजीक, सडक सुविधा, अनुकूल हावापानी र ठूलो फाँट भए पनि खण्डीकृत जमीन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिँचाइको अभावले कृषि जीविकोपार्जनमा सीमित थियो”, जग्गाधनी भगवान् खड्काले भने ।

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरी लिफ्ट प्रविधिबाट पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनी, ग्रास र कमन कार्प जातका माछा पालिएको छ । मासु र अण्डाका लागि छुट्टाछुट्टै ठाउँमा २२ हजार ब्वायलर र लेयर्स जातका कुखुरा पालिएको कम्पनीका सञ्चालक धनलाल जैसीले बताए । रु ४० लाख बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको प्रबन्ध निर्देशक केसीले बताए ।

भदौ २२ गते, २०७६ - १३:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

बाँकेको डुडुवामा थप दुई आइसोलेशन कक्ष स्थापना

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले थप दुई कोरोना आइसोलेशन कक्ष स्थापना गरेको छ । गाउँपालिकाले...   
महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

महोत्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु

जलेश्वर । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...   
दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयरको जहाज

काठमाडौ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित २३५ यात्रु बोकेर कोरियन...   
बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके दुर्घटनाका घाइते सबैको पहिचान खुल्यो

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान...   
शरीरमा यस्तो लक्षण देखिए हुनसक्छ ‘ब्लड क्यान्सर’

शरीरमा यस्तो लक्षण देखिए हुनसक्छ ‘ब्लड क्यान्सर’

एजेन्सी । मानव शरीर कोषिकाहरुले बनेको हुन्छ । जन्मिदा हामी साना थियौँ । कोषिकाहरु बढ्दै गएर हामी ठूलो...   
कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक

कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय...   
भक्तपरमा कोरोनाविरुद्ध क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्मको तयारी

भक्तपरमा कोरोनाविरुद्ध क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्मको तयारी

भक्तपर । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९...   
रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

जुम्ला । फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि...   
क्वारेन्टिनबाट गोठमा राखेपछि…

क्वारेन्टिनबाट गोठमा राखेपछि…

दुल्लू । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय...   
आत्मबल बढाए निको हुन्छ : कोरोना विजयी गर्भवती

आत्मबल बढाए निको हुन्छ : कोरोना विजयी गर्भवती

चितवन । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top