Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै : यस्तो छ उनको नेपाल बसाईको कार्यक्रम

काठमाडौं । चिनका विदेशमन्त्री वाङ यी आज आइतबार नेपाल आउँदै छन् ।

१५ सदस्यीय चिनियाँ टोलीको नेतृत्व गर्दै नेपाल आउँदै गरेका वाङले ४५ घण्टा नेपालमा विताउँनेछन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चाँजो मिलाउन भ्रमण गर्दै गरेका भनिएका वाङ पाकिस्तानको इश्लामावादबाट अपरान्ह काठमाडौं ओर्लन लागेका हुन् ।

आइतबार ४ः २० बजे चिनियाँ सरकारको विशेष विमानबाट काठमाडौं ओर्लन लागेका वाङले यसअघि ३ पटक नेपाल भ्रमण गरिसकेका छन् ।

सोमबारबाट नेपाल सरकार र पार्टीका नेताहरुसँँगको भेटघाट तालिका मिलाइएको बताइन्छ ।

सोमबार दिउँसो ३ः३० बजे नेपाली समकक्षि प्रदिप ज्ञावलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ भने लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग उनको प्रतिनिधिमण्डलको भेटवार्ता हुनेछ । साँझ राष्ट्रपति विद्यादेवि भण्डारीसँगको भेटवार्ता पछि उनका लागी अन्य कार्यक्रम बनाइएको छैन ।

मंगलबार दिउसो १ बजे स्वदेश फर्कर्ने कार्यक्रम बनाएका वाङले विहान भने नेकपाका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

काठमाडौं बसाई र भेटवार्ताको क्रममा वाङले एक महिनापछि हुन लागिरहेको चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका एजेण्डालाई अन्तिम रुप दिन प्रयास गर्नेछन् । साथै उनी नेपाल–चीनबीच भएका सम्झौता–सहमती कार्यान्वयनको विषयमा पनि केन्द्रित हुनेछन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies