Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

जुम्ला रारा अल्ट्रा म्याराथन भदौ २९

खलङ्गा । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता यही भदौ २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत,चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ ।

शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनका बारेमा जानकारी दिइएको हो ।

कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम प्रतिफल हासिल गर्ने गरी आगामी दिनमा सम्भावित पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगोस् भन्नका लागि म्याराथन आयोजना गरिएको कर्णाली खेलकूद क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार यो म्याराथनले कर्णालीमा पनि खेल पर्यटनको सम्भावना अधिक रहेको सन्देश प्रवाह गर्ने छ । यो म्याराथन नेपाल ट्रेल सेरिज २०१९ को प्रमुख पाँच अल्ट्रा म्याराथनमध्ये एक रहेको छ ।

म्याराथन कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट शुरु भएर टुँडिखेल, कर्णाली अस्पताल, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउर, काभ्रा, चौथा, भुलभुले र चुचेमारा भएर रारातालमा पुगेर समापन हुने बताइएको छ । प्रतियोगितामा खुला महिला र पुरुष गरी दुई समूहमा म्याराथन हुने छ । बालबालिकाका लागि पाँच किलोमिटर र एक किलोमिटर दौड सञ्चालन गराइने एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जानकारी दिए । उनका अनुसार दुवै समूहका विजेता धावकहरुलाई क्रमशः प्रथमलाई रु ७५ हजार, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिनेछ ।

यसैगरी टप टेनसम्ममा आउने खेलाडीलाई पाँच हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ । यो म्याराथनमा विजेता धावकले अन्नपूर्णमा पहिलो पटक हुन लागेको विश्वविख्यात, अल्ट्रा म्याराथन २०१९ को फाइनलमा विश्वका उत्कृष्ट खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न पाउने भएका छन् । म्याराथनमा सहभागिताका लागि दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ लाग्ने रोकायाको भनाइ छ ।

म्याराथन सञ्चालनका लागि जुम्लाका स्थानीय तहसँग समन्वय भइरहेको धावक रोकायाले बताए । म्याराथनले रेसको ब्राण्ड नभई ठाउँको प्रमोशनमा टेवा पुग्ने उनको दाबी रहेको छ ।

एथ्लेटिक्स सङ्घका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले खेलकूद परिषद्मा भइरहने चर्को राजनीतिले नेपालको खेल क्षेत्रअघि बढ्न नसकेको बताए । अहिलेसम्म ४९ जिल्लामा एथ्लेटिक्स सङ्घ रहेका छन् । सङ्घले हरेक जिल्लाबाट नियमअनुसार खेलाडी उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।

सो म्याराथन आयोजना गर्न हालसम्म तिला गाउँपालिकाले एक लाख, चन्दननाथ नगरपालिकाले पाँच लाख र एथ्लेटिक्स सङ्घका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले आफ्नोतर्फबाट रु एक लाख सहयोग गर्ने आश्वासन दिएका छन् । जुम्ला रारा अल्ट्रा म्याराथन गर्न अनुमानित ३३ लाखसम्मको बजेट आवश्यक पर्ने उनले बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies