Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विश्वकप छनोटका लागि नेपालले कुवेतसँग खेल्दै

काठमाडौ । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज कुवेतसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले विजयी लक्ष्यका साथ कुवेतविरुद्व मैदानमा उत्रनेछ । उक्त खेल कुवेतस्थित जाविर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति १०ः४५ बजे शुरु हुनेछ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चिनियाँ ताइपे छन् । नेपालले होम एण्ड अवेका आधारमा आफना समूहका चार टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

फिफा वरियतामा नेपाल भन्दा कुवेत चार स्थानमात्र माथि छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल नेपालले १–० गोलअन्तरले हारेको थियो ।

हेड टु हेडको आधारमा हालसम्म खेलिएका ६ खेलमध्ये पाँच खेलको नतिजा कुवेतले आफनो पक्षमा पारेको छ भने बाँकी एक खेल बराबरीमा सकिएको थियो ।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एशियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो भेट सन् १९८६ को एशियन गेम्समा भएको थियो, त्यतिबेला नेपाल कुवेतसँग ५–० गोल अन्तरले पराजित भयो । त्यसैगरी सन् १९९४ मा भएको एशियन गेम्समा नेपाल कुवेतसँग ८–० गोल अन्तरले पराजित भएको थियो । सन् २००० मा भएको एशियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो । त्यस्तै नेपालले गत चैतको पहिलो सातामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।

नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies