Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सुखी जीवन जीउने सूत्र : श्रीमान् र घरपरिवारभन्दा पहिले आफैलाई प्रेम गर्नुहोस् !

महिलाहरु सधैं आफ्नो घर-परिवारको बारेमा मात्र सोच्ने र उनीहरुको रुचिअनुसार काममा आफूलाई व्यस्त राख्छन्, जसका कारण उनीहरुलाई स्वयं आफ्नोलागि कहिल्यै समय हुँदैन । लेखिका जिन्नी डिटजलरको भनाइअनुसार यदि तपाईंको प्रत्येक वर्ष विशेष र राम्रो होस् भन्ने चाहानु हुन्छ भने आफूले आफैंलाई प्रेम गर्नुहोस् । साथै आनन्द प्राप्त गर्न आफूप्रति दयावान बन्नुहोस् ।

जबसम्म तपाईं चिन्तामुक्त हुने तरीका सिक्नु हुन्न, तबसम्म तपाईं आफूलाई खुशी राख्न त सक्नुहुन्न नै, अरुसँग उदार व्यवहार पनि गर्न सक्नु हुन्न । त्यसैले स्वयंलाई प्रेम गर्नुहोस् र स्वयंलाई असन्तोष तथा पश्चातापबाट मुक्त राख्नुहोस् ।

आफूलाई स्वीकार गर्नुहोस्

जब तपाइर्ं स्वयंसँग विनाशर्त प्रेम गर्नुहुन्छ, त्यो गुणले तपाईंलाई अरुसँग प्रेम गर्ने योग्यतामा पनि वृद्धि गर्छ । भनिन्छ, स्वयंसँग प्रेम गर्नु स्वास लिनु जस्तै हो । तर हामी स्वयं र आफ्नो सपनाबाट आफूलाई अलग बनाउँछौ र दुःखी रहन्छौं ।

त्यसैले लेखिका जिन्नी डिटजलरले स्वयंसँग जोडिनका लागि केही त्यस्तो व्यवहारिक तरिका बताएकी छिन्, जसमा मिठो खानु, ध्यान गर्नु, आधुनिक कपडा लगाउनु, दान दिने कला र जीवनको उद्देश्य प्राप्त गर्नु आदि छन् ।

१०० दिने नियम

तपाईं स्वयं आफूलाई प्रेमले भरिएको आलिङ्गन दिनुहोस् । स्वयंसँग प्रेम गर्नु भयो भने आजीवन प्रेम प्राप्त हुन्छ । १०० दिनमा १०० तरिकाले प्रेम गर्नु पर्छ ।

मानिस स्वयंले आफ्नो हेरचाह गर्नु पर्छ । जीवनप्रति लगाव राख्दै आफ्नो भावनाहरुलाई व्यक्त गर्नु पर्छ । तपाईं विभिन्न कुरालाई विभिन्न तरीकाले प्रतिदिन व्यवहारमा ल्याउने गर्नुहोस्, जसले तपाईं स्वयंसँग प्रेम गर्न शुरु गर्न सक्नु हुन्छ । यसको साथै आफ्नो जीवनको उद्देश्य निर्धारण गरेर लक्ष्य प्राप्त गर्न सक्नु हुन्छ ।

पूर्वाग्रह नराख्नुहोस्

जीवनमा पूर्वाग्रहलाई स्थान दिनु हुँदैन । सम्भव भएसम्म क्षमादाता बन्नुहोस् । जीवनमा सुगम यात्राको लागि व्यक्तिले पूर्वाग्रहहरुको अतिरिक्त भारबाट समयअनुसार मुक्त हुनु आवश्यक हुन्छ । आवश्यक परेमात्र व्यक्तिले एक स्थानमा रोकिनु पर्छ । तपाइर्ंको नकारात्मक आचरण, तपाईंको रिस, द्वन्द्व, क्रोध र उदारताको कमीजस्ता कुराहरुले तपाइर्ंलाई राम्रो सम्बन्ध बनाउन रोक्छ । स्वयंको शत्रु हामी स्वयं नै हौं । कठोर आलोचक पनि हामी स्वयं नै हौ । हामीले आफूलाई राम्रो(नराम्रो जस्तो भए पनि स्वीकार गर्नु पर्छ ।

अरुको अधीनमा नचल्नुहोस्

यदि तपाईं सामान्य जीवन बाँच्नुहुन्छ भने पनि मौका मिलेको समयमा पूर्णआनन्द लिन आफूलाई रोक्नु हुँदैन । हामी स्वयं नै सुख र विवादको मुख्य स्रोत हौं । हामी सबै मानव हौं र गल्ति गर्नु मानवीय प्रवृत्ति हो । श्रेष्ठताको लागि अरुको अधीनमा नचल्नुहोस् र स्वयंको बारेमा गलत राय पनि नबनाउनुहोस् । जीवनमा उतार(चढावको कारण स्वयंलाई जीवनको आनन्दमयी क्षणहरुको आनन्द लिनबाट वन्चित गर्नु हुँदैन ।

स्वयंसँग प्रेम कसरी सम्भव हुन्छ ?

स्वयंसँग प्रेम गर्न कमसेकम ५ मिनेट दैनिक ध्यान गर्नुहोस् । जसले जीवनलाई प्रभावशाली तरीकाले जीउनयोग्य बनाउँछ । ध्यानले स्मरणशक्ति पनि बढ्नुका साथै दुःखसँग लड्न सिकाउँछ, जसले तपाईं आफ्नो आवेशलाई रोक्न सक्नु हुन्छ । ध्यानले तपाईंको मानसिक स्वास्थ्य पनि बढ्ने भएकाले तपाईंले स्वयंसँग प्रेम गर्न थाल्नु हुन्छ ।

पारिवारिक समस्या

तपाईंलाई निरन्तर सम्झाइरहँदा पनि तपाईंले आफ्नो जीवनसाथी, घरको बिल, साँचो र घरको अन्य आवश्यक सामान सही ठाउँमा राख्नु भएन भने समस्या कहिले सकिँदैन र तीनै कुरा तपाइर्ंको तनावको कारण पनि बन्छन् । यस्ता कुराहरुसँग अल्झेर बस्नुभन्दा जुन व्यक्तिसँग आफ्नो सुख(दुःखको साथी भनेर विवाह गर्नु भएको छ ऊसँग आफ्ना चिन्ता, घरको व्यवस्था र निजी आवश्यकताका कुराहरुलाई सहज तरिकाले बताउनु होस् ।

त्यस्तै दाम्पत्य जीवनको महत्वपूर्ण कुरा यौन सम्बन्धमा पनि केही समस्याहरु छन् भने एक(अर्कासँग खुलेर बताउनु पर्छ । दुईमध्ये कोही एकलाई यौनप्रति अभिरुचि नहुनु भनेको दाम्पत्य जीवनमा पूर्णविराम लाग्ने स्थिति पनि आउँछ । यौनसम्बन्ध तपाईंको लागि केवल औपचारिकता मात्र नभइ एउटा आवश्यकता पनि हो । यदि तपाईंको पार्टनर यौनसम्बन्धको लागि इच्छुक छैन भने यसप्रति इच्छा जगाउने धेरै तरीकाहरु छन् । यस्ता तरिकाहरुले दुवैमा यौन इच्छा जागृत भएर दुवैले यौन सन्तुष्टि प्राप्त गर्न सक्नु हुन्छ ।

कामकाजी समस्या

हिजोआज अफिसबाट घर फर्केपछि पनि पुरुषहरु घरमा ल्यापटप अथवा मोबाइलमा व्यस्त रहन्छन्, जुन श्रीमतीको रीसको कारण बन्छ । सम्पूर्ण दिन अफिसको काममा व्यस्त रहेर घर फर्केपछिको समय आपसी कुराकानीको लागि हुन्छ ।

यदि तपाइर्ंको जीवनसाथी ल्यापटप अथवा फोनकलमा व्यस्त हुन्छन् भने आपसी मनमुटाव र बहस गर्नुभन्दा सही समय हेरेर प्रेमपूर्वक आफ्नो पार्टनरलाई सम्झाउनु पर्छ । दाम्पत्य जीवनमा एकअर्कासँग समय बिताउनु र कुराकानी गर्नु अति नै आवश्यक हुन्छ । यदि सधैं समय मिल्दैन भने हप्ताको एकपटक मात्र भए पनि एक(अर्कासँग भरपुर समय बिताउनु पर्छ ।

जीवनलाई रसिलो बनाउनको लागि चुम्बनको सार्थकतालाई नकार्न सकिँदैन । यो सम्बन्धमा गरिएको एक सर्वेक्षणको निष्कर्षअनुसार अफिस, बच्चा, बानी र पारिवारिक उत्तरदायित्वका कारण विवाहित युगल दिनमा केवल चार मिनेटमात्र साथ रहन्छ । त्यसैले उनीहरुले चुम्बन अथवा प्रेमवार्तालाई दिएको खण्डमा दाम्पत्य जीवनमा खुशीयाली कायम रहन्छ ।

यी कुराहरुलाई आत्मसाथ गरेर तपाईं आफूलाई प्रेम गर्न थाल्नुहोस् । जीवन पहिलेभन्दा अधिक सुन्दर पाउनुहुनेछ । अनलाइनखबरबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies