Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

स्याउ बारीबाटै ढुवानी गरिने

बाजुरा । कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो ।

बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको छ । सहकारी, कृषि फार्म, कृषक समूह, उद्यमी कृषकलगायतलाई स्याउ ढुवानी गर्नका लागि प्रस्ताव पेश गर्न केन्द्रले आह्वान गरेको छ । स्याउ ढुवानीकर्ताले ६०० क्विन्टल स्याउ ढुवानी गर्नुपर्नेछ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म ४०० क्विन्टल र जगन्नाथ गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म १३० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ५० पैसा ढुवानी अनुदान दिइने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताए ।

यस्तै बूढीनन्दा नगरपालिकाको कोल्टीबजारदेखि सदरमुकाम मार्तडीसम्म २० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ९० पैसा तथा बूढीनन्दा नगरपालिकाकै पाण्डुसेनको हिमाली स्कूलदेखि मार्तडीसम्म ५० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १३ रुपैयाँ ५ पैसामा ढुवानी अनुदान दिइने जैशी बताउछन् । बूढीनन्दा नगरपालिका तथा स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकामा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको छ । ढुवानी समस्याका कारण कृषकलाई स्याउ बिक्री गर्न समस्या हुने गरेको छ । जिल्लामा २२० हेक्टरमा स्याउखेती हुने गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies