Khabar Dabali Logo
  January 20, Mon

अमेरिकामा सवारी दुर्घटना : तीन नेपालीको मृत्यु

बोस्टन । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन्।

उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट गएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालकको अवस्था चिन्ताजनक छ। प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। उनले गाडी रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो।

श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, अरू पछाडीको सिटमा। गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पतालमा मृत घोषित गरिएको हो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

भदौ १९ गते, २०७६ - ११:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको ११ बुँदे आचारसंहिता – सन्तानलाई ‘तँ’ नभन, परिवारमा ‘बैठक राख’ ! अरू के छ ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता तथा कार्यकर्तालाई एक ११ बुँदे निर्देशन...   
यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

काठमाडौं । नयाँ ठाउँमा घुम्न कसलाई पो मन लाग्दैन र? तर कतिपय मानिसका लागि यात्रामा बाधक बनिदिन्छ वान्ता...   
इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल...   

को हुन् सभामुखका उम्मेदवार सापकोटा ? स्कुलदेखि संसदसम्मका हेडमास्टर !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

आस्था राउतलाई पक्राउ पूर्जी जारी

काठमाडौं । गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको...   
सभामुखमा अग्नि सापकोटा प्रस्तावित

सभामुखमा अग्नि सापकोटा प्रस्तावित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...   
कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

काठमाडौं ।  बलिउड करियरमा सफल अभिनेताको उपाधि पाउँदै आएका अजय देवगणलाई फेरि अर्को सफलता प्राप्त भएको...   
सिन्धुपाल्चोकको बाह्रबिसेमा टहरा हटाइएपछि तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोकको बाह्रबिसेमा टहरा हटाइएपछि तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोक ।  जिल्लाको बाह्रबिसे नगरपालिका–३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक...   

नेकपाभित्रको बहसः के चाहन्छन् अध्यक्ष प्रचण्ड ?

सभामुख चयनका लागि नेकपाभित्र चलिरहेको संघर्ष कुनै व्यक्ति विशेष भन्दा पनि प्रवृत्तिको रहेको छ । बाहिर...   
आज कस्तो हुन्छ मौसम ?

आज कस्तो हुन्छ मौसम ?

काठमाडौं । केहीदिनदेखि जारी वर्षा र हिउँपात आइतबारबाट रोकिने सम्भावना रहेको छ ।मौसम पुर्वानुमान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top