Khabar Dabali Logo
  January 17, Fri

देशभर डेङ्गु प्रकाेप , राजधानीसमेत जोखिममा

काठमाडौँ । वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ पछिल्लो समयसम्म डेङ्गुको सङ्क्रमण ४२ जिल्लामा फैलिइसकेको छ । काठमाडौँ उपत्यकामा डेङ्गुका बिरामी बढ्न थालेका छन् भने चिकित्सक तथा नर्सहरूमा समेत डेङ्गु सङ्क्रमण देखिन थालेको छ । डेङ्गुको उच्च जोखिम बढेपछि नियन्त्रणका लागि सरोकार निकाय क्रियाशील भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरोकार सबै पक्ष मिलेर डेङ्गुविरुद्ध अभियान चलाउन आह्वान गरेको छ ।
नेपालको एकमात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई चिकित्सक, तीन नर्स, तीन कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जनालाई डेङ्गुको सङ्क्रमण भएको छ । अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले काठमाडौंँमा डेङ्गु उच्च जोखिमका रूपमा देखा परिसकेको जानकारी दिँदै सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताए ।

दुई जना डाक्टरसहित नर्स, पारामेडिक्स र कार्यालय सहयोगीसम्मलाई डेङ्गुको सङ्क्रमण भइरहेको जानकारी दिँदै उहाँले थप्नुभयो, “तीमध्ये एक जना डाक्टर काममा फर्कन थालिसके, अर्का एक जना भने उपचारपछि घरमै आराम गरेर बसेका छन् ।” नर्स, पारामेडिक्स लगायतको टेकु अस्पतालमै उपचार भइरहेको छ ।

भदौ १९ गते, २०७६ - ०८:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महानगरपालिकाले सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन हटाउदै

महानगरपालिकाले सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन हटाउदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बिगार्ने होर्डिङबोर्ड, भित्तेलेखन, पर्चा, पम्प्लेटलगायत...   
जमिनमुनि बिजुलीका तार बिछ्याउने प्राधिकरणको योजना अवरुद्ध

जमिनमुनि बिजुलीका तार बिछ्याउने प्राधिकरणको योजना अवरुद्ध

काठमाडौं । सडक विभागको अनुमतिबिना काठमाडौँ उपत्यकामा तानिएका बिजुलीका तार जमिनमुनि बिछ्याउने नेपाल...   

हिउँदे वर्षा लम्बिँदै

काठमाडौं । हिउँदे वर्षा लम्बिँदै गर्दा देशका विभिन्न भेगमा फेरि वर्षा भएको छ । चौथो चरणको हिउँदे वर्षाको...   

कर्मचारी र ठेकेदारको मिलेमतोबाटै स्थानीय तहको भ्रष्टाचार बढ्दै

काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि, केन्द्रबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय कर्मचारी,...   
श्रम अडिटको लक्ष्य पूरा गर्नै कठिन

श्रम अडिटको लक्ष्य पूरा गर्नै कठिन

काठमाडौं । सरकारले प्रतिष्ठानहरुमा विद्यमान श्रम कानुनको प्रभावकारी कार्यान्वयन भएरनभएको अनुमान,...   

लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण

काठमाडौं । जिल्ला कारागार कार्यालय लमजुङका कैदीबन्दीलाई योग प्रशिक्षण दिइएको छ । कैदीबन्दीको शारीरिक...   

जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा

काठमाडौं । जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा...   

सर्वोच्चको नयाँ नजिरः पुनरावेदन नपरे पनि तल्ला अदालतको फैसला उल्टी

काठमाडौं । मावन बेचबिखचन तथा ओसार पसार मुद्दामा तल्ला अदालतले दोषी ठहर गरेका प्रतिवादीको पुनरावेदन...   

मेगा बैंकले खराब कर्जा लुकाउन यस्ताे बेइमानी गर्याे

काठमाडौं । मेगा बैंकले खराब कर्जा लुकाउन कालोसूचीमा रहेका र चेक बाउन्स मुद्दा खेपिरहेका व्यक्तिलाई...   

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : भूकम्पीय जोखिम कायमै

काठमाडौं। नेपालमा बेलाबेला ठूला भूकम्प जाने र ठूलो जनधनको क्षति भएका छन् । भूकम्पीय जोखिम न्यूनीकरण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top