Khabar Dabali Logo
  November 15, Fri

तनहुँका ९ जना व्यक्तिमा डेङ्गु देखियो

तनहुँ । जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो ।

गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ ।

गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको शङ्का लागेको १२ को परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिए ।

डेङ्गुका बिरामीमध्ये तीन जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए । अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये एक जनालाई अस्पतालबाट घर पठाइएको र दुई जनालाई पोखरा स्थानान्तरण गरिएको थियो ।

तनहुँमा आर्थिक वर्ष ०७१र७२ मा तीन, ०७४र७५ मा एक र ०७५र७६ मा एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३३९ जना डेङ्गुका बिरामी फेला परेका छन् ।

सबैभन्दा बढी कास्कीमा ३१२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा दुईरदुई जना डेङ्गुका बिरामी फेला परेका छन् । स्याङ्जामा नौ, तनहुँमा नौ, गोरखामा तीन जना डेङ्गुका बिरामी छन् ।
रासस

सडकमै चालकको आँखा र रक्तचाप परीक्षण

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा ट्राफिक प्रहरी खटिए । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले ।

सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए । गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, स्वास्थ्य परीक्षणका लागि बोलाइएको रहेछ ।

आँखाको कमजोरीका कारण हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरी कार्यालय तनहुँले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण गरेको छ ।

लामो दूरीका सवारीसाधन र मालवाहक ट्रकका कारण धेरै दुर्घटना हुने गरेकाले दोस्रोपटक सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

दमौली अस्पतालको प्राविधिक सहयोगमा भएको आँखा शिविरमा १२६ चालकको आँखा र रक्तचाप परीक्षण गरिएको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

ती चालकमध्ये तीन जनाको आँखा कमजोर देखिएकाले थप उपचारका लागि सुझाव दिइएको उनले बताए । त्यस्तै १६ जना चालकको रक्तचाप उच्च देखिएकाले औषधि प्रयोग गर्न सुझाव दिइएको थियो । रासस

भदौ १४ गते, २०७६ - १७:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोलको सङ्ख्या ९८ पुर्याउन सफल रोनाल्डो

एजेन्सी । लिथुयानियाबिरुद्ध ह्याट्रिक गर्दै क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलको...   

कानुन व्यवसायी बढी भएपछि आलमको बहस अझै लम्बियो

काठमाडौं । कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका...   

पूर्वअर्थ सहायकमन्त्री ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत

काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा। रुप ज्योतिविरुद्ध ठगीको मुद्दा...   

अस्तव्यस्त यातायात व्यवस्था कार्यालय : सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार...   

अतिरिक्त शुल्क असुल्दै आएका मेडिकल कलेजहरू अझै फिर्ता गर्ने सुरसारै गर्दैनन्

काठमाडौं । मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कभन्दा बाहेक विविध शीर्षकमा ठूलो रकम असुल्दा चिकित्साशास्त्र...   

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष

काठमाडौं । सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद...   

एसिया कप क्रिकेट : पारस र सन्दीपविना भारतसँग भिड्दै नेपाल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज ९बिहिबार० बलियो प्रतिद्वन्द्वी भारतसँग...   

चापागाउँ सडकखण्ड बल्ल कालाेपत्रे हुँदै

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले तिहारभन्दा पहिला नै चापागाउँ सडकखण्ड कालोपत्रे...   

त्रिभुवन विमानस्थलमा बन्दै गरेकाे दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’...   

सरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का

काठमाडौं । नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top