Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कसरी आनन्दसँग सम्पर्क गर्ने ?

- डा. राजेन्द्र भद्रा

उत्तेजना कसरी हुन्छ ? 

इन्द्रियहरूवाट ग्रहण गरेका सन्देश मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा हामीले उक्त कुरा थाहा पाउँछौं । विभिन्न अङ्ग (स्रोत) बाट सन्देशहरू स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमवाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका सन्देश प्राप्त भए हामीमा उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी उत्तेजक हुन्छ भन्ने कुरामा फरक पर्न सक्छ । यसरी उत्तेजित हुन थालेपछि रगत लिंगका धमनीबाट उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ । यसरी लिंगमा रगत भरिएर कडा, मोटो र लामो हुन्छ । यसलाई नै हामी लिंग उत्तेजित भएको भन्छौं । यसरी उत्तेजित भएपछि मात्र योनिमा लिंग प्रवेश गराउन सकिन्छ । तपाईंलाई थाहै होला, लुलो लिंगलाई योनिमा प्रवेश गराउन सकिँदैन । लिंगको कडापन तथा त्यसको निरन्तरता उत्तेजनाको स्रोत तथा व्यक्तिको शारीरिक तथा मानसिक स्थितिमा भर पर्छ । यौन शारीरिक क्रिया मात्र नभै मानसिक तथा भावनात्मक सम्बन्धहरूको मिश्रणसहितको एउटा जटिल कार्य हो । यौन उत्तेजनाका सन्देश मस्तिष्कसम्म यौन अङ्गबाहेक अन्य इन्द्रियवाट पनि आउँछन् जस्तै स्पर्श, दृष्टि, ध्वनि इत्यादि ।

किन गाह्रो भएको ? 

कुनै–कुनै बेला योनिमा लिंग प्रवेश गराउन सकिएन भन्दैमा त्यति चिन्ता लिनु पर्दैन । सीमित जानकारीका आधारमा तपाईंलाई किन गाह्रो भएको होला भन्न नसकिए पनि यस्तो परिस्थिति सिर्जना हुने प्रमुख कारणहरूका सम्बन्धमा चर्चा गर्दैछु । 

१. तपाईंको हकमा लागू नभए पनि पहिलो पटक यौनसम्पर्क राख्ने वा यौनसम्पर्कको कम अनुभव भएका व्यक्तिलाई महिला यौनाङ्ग क्षेत्रको संरचनाका बारेमा पर्याप्त ज्ञान नहुनु एउटा कारकका रूपमा देखिएको छ । पहिलो त कतिपयलाई त्यहाँ तीनवटा द्वार हुन्छन् भन्ने सम्म थाहा नभएको पाइन्छ । अर्कातिर योनिको संरचना पछिल्तिर र माथितिर एक कोणको दिशामा अवस्थित हुन्छ । द्वार नमिल्दा वा मिले पनि लिंगको कोण नमिल्दा गाह्रो भएको पाइन्छ, तर तपाईंको विवाह भएको नै यति समय भैसकेको र नियमित यौनसम्पर्कमा रहेकाले यो कुरा सान्दर्भिक नहोला । 

२. तनाव : सामान्यत: योनिको मांसपेशी लचिलो हुन्छ, विशेष गरेर महिलामा यौनसम्पर्क गर्दा दुख्छ भन्ने लागे वा तनावपूर्ण स्थिति भए योनिको मांसपेशी बेस्सरी खुम्चन सक्छ । त्यस्तो अवस्थामा योनिमा लिंग त के त्योभन्दा सानो गोलाई भएको कुरा पनि प्रवेश गराउन समेत कठिन हुन्छ । 

३. सुख्खा हुनु : सामान्यत: योनि रसिलो हुन्छ । यौन उत्तेजनाको स्थितिमा त प्रशस्त रस आउँछ । योनि सुख्खा भएका बेला लिंग प्रवेश गराउन गाह्रो हुन्छ र यौनसम्पर्क पीडायुक्त समेत हुन्छ । त्यस क्रममा योनि र लिंग दुख्ने, पोल्ने आदि हुन्छ । तपाईले लामो समय यौनसम्पर्क राख्दा लिंगमा घाउ हुन्छ भनेको कुरा यसैसँग सम्बन्धित हुन सक्छ । तपाईंले नलेखे पनि त्यस क्रममा तपाईंकी श्रीमतीलाई समेत निकै पीडा भएको हुनुपर्छ । 

मांसपेशीको संकुचन 

केही स्थितिमा महिलाको योनिको बाहिरतिरको भागमा विशेष संकुचन आउँछ, जसलाई Vaginismus​ भनिन्छ । यो विशेष गरेर मानसिक कारणले हुन्छ । यस्तो स्थितिमा लिंग योनिमा प्रवेश गराउन असम्भवजस्तै हुन्छ । 

पर्याप्त उत्तेजित नहुनु लिंग 

कसरी उत्तेजित हुन्छ भनेर माथि नै चर्चा गरिसकिएको छ । कतिपय अवस्थामा पुरुषको लिंग आवश्यक मात्रा उत्तेजित नभएको हुनसक्छ । त्यस्तो स्थितिमा लिंग योनिमा राम्रोसँग प्रवेश गर्न सक्दैन । अन्य कारणहरूमा योनिद्वार नजिकको ग्रन्थिमा संक्रमण भएको स्थिति छ भने योनिमा हुने पीडाले लिंग प्रवेशलाई गाह्रो बनाइदिन्छ । केही महिलामा योनिको बीचमा पातलो मासुको एउटा परत हुनसक्छ, जसले लिंग प्रवेशलाई कठिन बनाउन सक्छ । 

समाधानका लागि के गर्नुपर्ला ?

तपाईं तथा तपाईंकी श्रीमतीलाई माथीका सम्भावित कारणहरूका बारेमा राम्रोसँग जानकारी हुने भएकाले त्यसको विश्लेषण गरी समाधानको उपाय खोज्नुपर्ने हुन्छ । महिला यौनाङ्गको संरचनाको राम्रो अवलोकन गरेर मात्र लिंगलाई योनिद्वारमा प्रवेश गराउनुपर्छ । योनि सुख्खा भए चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ । कुनै संक्रमण भए वा संचरचनागत खराबी भए चिकित्सकको सहयोगमा उपचार गराउनुपर्छ । Vaginismus को कारण मानसिक भएकाले मनोचिकित्सकको सहयोग लिनुपर्ने हुनसक्छ । त्यस क्रममा मुख्य रूपमा लिंग पर्याप्त रूपमा उत्तेजित हुनुपर्छ भन्ने बिर्सनु हुँदैन । 

कसरी आनन्दसँग सम्पर्क गर्ने ? 

यौनसम्पर्कलाई हामी मध्ये धेरैले शारीरिक सम्पर्क भने पनि यसको मानसिक पाटो पनि त्यति कै बलियो हुन्छ । यौनसम्पर्क वास्तवमा यौन संवेदनशील अङ्गहरूका साथै स्नायु अनि मस्तिष्क सबैको सहकार्यमा हुने एउटा जटिल प्रक्रिया हो । त्यसैले पनि एकातिर शारीरिक रूपमा यौनसम्पर्कका लागि जसरी दुवै जना तयार हुनुपर्छ मानसिक रूपमा पनि त्यसरी नै तयार हुनुपर्छ । 

यौनसम्पर्कका लागि वातावरण बनाउन पाकक्रिडाले नै सहयोग गर्छ । कतिपय व्यक्तिले यौनसम्पर्क योनिमा लिंग प्रवेश गराएरै सुरु गर्छन्, जुन उपयुक्त होइन । सामान्य रूपमा भन्नुपर्दा, योनिमा लिंगको प्रवेश सुरु गर्नुभन्दा पहिले यौन उत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमका क्रियाकलापलाई प्राक्क्रीडा भनिन्छ । चुम्बन, शरीर तथा यौनांग सुमसुम्याउने वा चलाउने आदि क्रियाकलाप मार्फत उत्तेजना वृद्धि गराउन सकिन्छ । यसका साथै आनन्दका साथ यौनसम्पर्क गर्न तनाव वा चिन्ता मुक्त हुनु जरुरी छ । सहज वातावरणमा तनावरहित भएर मात्र यौनसम्पर्क गर्नुपर्छ ।कान्तिपुर साप्ताहिकबाट

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies