Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

साढे दुई दशकमा बीस लाखको उपचार, साढे चार लाखको शल्यक्रिया

पोखरा । नेत्र ज्योति सङ्घ कास्कीद्वारा सञ्चालित हिमालय आँखा अस्पताल, पोखराले स्थापनाको साढे दुई दशकमा २० लाख आँखाका बिरामीको उपचार गरेको छ भने साढे चार लाखको मोतियाविन्दुको शल्यक्रिया गरेको छ ।

साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई मुख्य सेवा क्षेत्र बनाएको अस्पतालबाट दैनिक ५०० बिरामीले आँखाको उपचार सेवा लिँदै आएका छन् । अघिल्लो वर्ष मात्रै एक लाख ४६ हजार बिरामीले आँखा उपचार सेवा लिएको र तीमध्ये आठ हजार २०० जनाको शल्यक्रिया गरिएको अस्पतालका प्रमुख निर्देशक डा इन्द्रमान महर्जनले जानकारी दिए ।

स्थापनाकालदेखि नै अस्पतालको सेवाको गुणस्तरीयतालाई प्राथमिकतामा राखिएको बताउँदै उनले आगामी दिनमा अझै सुव्यवस्थित गर्दै लगिने बताए । अस्पतालको स्थापनामा आइकेयर फाउन्डेशन, नेदरल्याण्डले सहयोग गरेको हो ।

आइकेयर फाउन्डेशन, नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत ब्जोर्न स्तेन्र्वेसका अनुसार तत्कालीन समयमा भ्रमणमा आएको नेदरल्याण्डको टोलीले आफ्नो घुमाइका क्रममा नेपालमा आँखाको समस्या भएको कुरालाई मनन गरे । नेपालबाट फर्किसके पछि यहाँ आँखाको उपचारमा केही गर्नुपर्छ भन्ने भावना विकसित भएसँगै हिमाली क्षेत्रबाट उक्त संस्थाले आफ्नो सेवा सुरु गरेको थियो ।

नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध भई फाउन्डेशनले आँखा सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । साविकका गण्डकी, धौलागिरि र कर्णाली अञ्चललाई लक्षित गरी हिमालय आँखा अस्पतालले सेवा प्रवाह गरिराखेको नेपाल नेत्र ज्योति सङ्घ कास्कीका संस्थापक अध्यक्ष डा नन्द श्रेष्ठले बताए ।

उनका अनुसार २०४६ साल फागुन ७ गते शिलान्यास गरिएको उक्त अस्पतालको भवन २०४९ फागुन १६ गते तत्कालीन राजा वीरेन्द्र शाहले उद्घाटन गरेका हुन् । त्यस यता निरन्तररुपमा सेवा प्रवाह गरिरहेको अस्पतालबाट ठूलो सङ्ख्यामा सर्वसाधारणले नयाँ ज्योति प्राप्त गरेका छन् ।

आई केयर फाउन्डेशन, नेदरल्याण्डको सहयोगमा ७० रोपनी क्षेत्रफलमा निर्मित अस्पतालका २६ वटा भवन छन् । फाउन्डेशनले अस्पताल स्थापनापछि पाँच वर्ष पूर्णरुपमा आफ्नै व्यवस्थापनमा अस्पताल सञ्चालन गरिदिएको थियो भने त्यस पछिका १० वर्ष सञ्चालनमा आंशिक सहयोग गरेको थियो ।

पछिल्ला ११ वर्ष भने अस्पतालको आफ्नै व्यवस्थापनमा सञ्चालन भइरहेको छ । अस्पतालले विशेषज्ञको अभावलाई पूरा गर्न पोखरा विश्वविद्यालयअन्तर्गत दृष्टि विशेषज्ञको स्नातक तह (ब्याचलर अफ साइन्स इन अप्टोमेट्रिस्ट) र स्नातकोत्तर तह (माष्टर अफ साइन्स इन अप्टोमेट्रिस्ट)को अध्यापन गराउँदै आएको छ ।

अस्पतालले वर्षेनी स्नातक तहका लागि १७ जना र स्नातकोत्तर तहका लागि पाँच जना विद्यार्थीलाई अध्यापन गराउँदै आएको नेत्र ज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।

विभिन्न तहमा मानव संशाधनका तालीम दिँदै आएको अस्पतालमा प्रमाणपत्र तहको नेत्र सहायक विषयको अध्यापनसमेत हुँदै आएको छ । अस्पतालमा हाल आठ जना डाक्टर सहित ९६ जना जनशक्तिमार्फत सेवा प्रवाह भइरहेको जनाइएको छ ।

यसैबीच विगत ३५ वर्षदेखि नेपाल नेत्र ज्योति सङ्घसँग आबद्ध रहँदै आएको आई केयर फाउन्डेशनले ३५ औँ वार्षिक दिवस पोखरामा विभिन्न कार्यक्रमका साथ मनाउन लागेको छ । फाउन्डेशनका नेपालका आयोजना निर्देशक अनिल गोर्खालीका अनुसार वार्षिक दिवसका अवसरमा आँखा उपचार सेवामा महत्वपूर्ण योगदान पुर्याएका चिकित्सकलाई सम्मान गर्नेलगायतका कार्यक्रम छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies