Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सर्वेन्द्र खनाललाई खुल्ला पत्र : के भिडियो कै आधारमा रविलाई अपराधी मान्न मिल्छ ?

महानिरीक्षक ज्यू, नमस्कार !

महानिरीक्षक ज्यूलाई म सिधै विषयमा नै प्रवेश गराउन चाहन्छु । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण र त्योसँगै पत्रकार रवि लामिछानेसहितका अन्यलाई पक्राउ गरिएको विषयमा म केहि लेख्न बाध्य भएको छु । मर्नुभन्दा पहिले नै शालिकराम पुडासैनीले रबि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीको कारणले आत्महत्या गरेको बताएका छन् । जसको भिडियो फेला परेको छ । महानिरीक्षक ज्यू, यो घटनामा भेटिएको अहिलेसम्मको मुख्य प्रमाण यति मात्र होइन् र ?

यो मुद्दा शालिकराम पुडासैनीको आत्महत्यासँग सरोकार भएको मुद्दा हो । मेरो बुझाईमा रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई फसाउनलाई नै गरेको यो षड्यन्त्र गरिएकाे जस्तो देखिन्छ । शालिकराम पुडासैनीले आत्महत्या गरेको होइन शालिकराम पुडासैनीको हत्या भएको हो भन्ने मेरो बुझाइ छ।

प्रहरी महानिरीक्षक ज्यु, तपाईंलाई केही कुराहरू ध्यानाकर्षण गराउन गइरहेको छु । यसभन्दा पहिले पनि रबि लामिछानेको नाम बदनाम गराउने मनसायले उहाँको पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नभई नै निकिता पौडेलसँग विवाह गरेको भनेर अति चर्चाको विषय बनाइएकाे थियाे । आखिरमा रबि लामिछानेले निकिता पौडेलसँग विवाह गर्नुभन्दा पहिले नै सम्बन्ध विच्छेद गरिसकेका रहेछन । योजनाकारहरु पहिलो योजनामा रबि लामिछानेको नाम बदनाम गराउनमा असफल भए।

प्रस्तोता रबि लामिछानेको सीधा कुरा जनतासँग कार्यक्रमका कारण धेरै भ्रष्टाचारीहरु, माफियाहरु र नेताहरू आज नांगेझार भएका छन् । उनिहरुको लुटको महलमा रवि र उनको कार्यक्रम आज बाधक बनेको छ । यो सबैतिरबाट छर्लङ्ग भएको विषय हो । रवि लामिछानेले न्यूज २४ मार्फत कार्यक्रम सञ्चालन गरेपछि धेरै समाजका कुतत्वको निद हराम भएको कुरा यहाँलाई पनि प्रष्टै छ ।

महानिरीक्षक ज्यु, तपाईंलाई कसैले तपाईं अपराधी हो भन्दैमा के तपाईं हत्यारा हुनु हुन्छ र ? के कुनै जिम्मेवार क्षेत्रमा काम गरेको व्यक्तिलाई कसैले अपराधी भन्दैमा वा हत्यारा भन्दैमा त्यसले भनेको बोलीका आधारमा मात्रै अपराधी वा हत्यारा मान्न मिल्छ र ?

आत्महत्याकै कारण सबै हत्यारा बन्ने हो भने प्रहरी महानिरीक्षक ज्यु, भोलिको आउने दिनहरुमा प्रहरीहरुलाई अपराधी पक्राउ गर्न पनि गाह्रो हुन्छ । प्रतिशोधको भावनाले मानिसको आत्महत्या गर्ने विकृति र चाहना पनि बढ्दै जान्छ। के यसतर्फ ध्यान आवश्यक छैनन् र ? अनि अर्को कुरा पुडासैनीको मानसिक रोगको विषयमा पनि कुराहरु बाहिर आएको छ । के एक मानसिक रोगीले केहि गलत आरोप लगायो भने त्यो स्वीकार्य हुन्छ र ? मेरो बुझाई अनुसार अदालतमा पनि मानसिक रोगीहरुको भनाईलाई त्यति महत्व दिइन्न ।

महानिरीक्षक ज्यु, प्रहरी संगठनहरुमा पनि रबि लामिछानेको फ्यान वा साथीहरु धेरै छ्न । भोलि यही रबि लामिछानेको विषयवस्तुलाई लिएर प्रहरी संगठन भित्र विद्रोह भयो भने के गर्नु हुन्छ ? यसकारण मुलुकमा आगो लाग्नुभन्दा पहिले बुझाउन ठिक हुनेछ जस्तो मलाई लाग्छ । बरु पत्रकार शालिकराम पुडासैनीको हत्या गर्ने वास्तविक हत्याराको पत्ता लगाउने काम गरेमा यसले पत्रकार शालिकरामको आत्माले पनि शान्ति पाउने छ । प्रहरी महानिरीक्षक ज्यु मैले गलत कुरा लेखेको भएमा क्षमा प्रार्थी छु । बाँकी हजुरको विचार ।

स्वतन्त्र नेपाली नागरिक :
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं.०२
मोबाइल नं. : ९८४८०५५७७६ र ९८१२४९१३९७

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies