Khabar Dabali Logo
  January 29, Wed

आक्रमणकारी खोज्न सिसीटिभी जडान रासस

बलेवा । अज्ञात समूहले नवनिर्मित भवनमा शृङ्खलाबद्ध रुपले आक्रमण गरेपछि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले क्लोज सर्किट टेलिभिजन(सिसीटिभी) जडान गरेको छ। घटनाको विषयमा सुरक्षा संयन्त्रलाई जानकारी गराएलगत्तै महासङ्घले आक्रमणकारीको पहिचानका लागि सिसीटिभी जडान गरेको हो।

भवनमा अज्ञात समूहले गरेको तोडफोड घटनाको तत्काल अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको र आन्तरिकरूपमा आक्रमणकारी पहिचानका लागि सिसी क्यामेरा जडान गरिएको शाखा अध्यक्ष दिल शिरिषले जानकारी दिए। तत्कालका लागि आठ क्यामेरा जडान गरिएको छ। भवनको बाहिरी आवरणदेखि तेस्रो तलामा रहेको हलसम्म हुने सबै क्रियाकलाप हेर्न मिल्ने गरी क्यामेरा जडान भएका छन्।

“रातको समयमा कोही नभएको मौकामा निरन्तर प्रहार भएपछि विकल्प खोजिएको हो”, अध्यक्ष शिरिषले भने, “अपराधीको पहिचानका लागि क्यामेराले सहज बनाउनेछ।” भवन वरपर सरकारी कार्यालय रहेकाले शनिबार र रातको समयमा त्यो क्षेत्र सुनसान रहने गरेको छ। अघिल्लो तीन सातायता महासङ्घको भवनमा शनिबार राति शृङ्खलाबद्धरूपमा आक्रमण भएको थियो।

महासङ्घको निर्माणाधीन सभाहलको जिब्सन बोर्ड, फ्रेम तोडफोड गरिएको छ भने पानीको मोटर, बिजुलीको मिटरबक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा–टुक्रा पारिएको छ। पछिल्लो तीन सातायता तार काट्ने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेकाले खोज अनुसन्धानका लागि प्रहरीको ध्यानाकर्षण गराउँदै सिसीटिभी जडान गरिएको शाखाका सचिव राम थापाले बताए।

“तोडफोड क्षतिका हिसाबले ठूलो नभए पनि पटक–पटकको घटनाले सामान्य विषयको सङ्केत गर्दैन”, सचिव थापाले भने, “घटनामा संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो।” महासङ्घले भवन आसपासमा काँडेतारले तारबार गरेको छ। तर, कृषि ज्ञान केन्द्र मातहतको कृषि नर्सरीमा अहिले कर्मचारी नबस्ने भएकाले त्यसतर्फबाट महासङ्घ कार्यालय प्रवेश गर्न सहज हुनसक्ने शाखाको अनुमान छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नवराज भट्टले महासङ्घ भवनमा रातिको समयमा भएको तोडफोड घटनालाई गम्भीरतापूर्वक लिएको बताए। शुरुमा सामान्य विषयको रूपमा लिएको तर प्रहरी कार्यालयको नजिकै पटक–पटक दोहोरिएको घटनाको प्रभावकारी खोज अनुसन्धानका लागि टिम परिचालन गर्ने उनको भनाइ थियो।

भदौ ८ गते, २०७६ - १३:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण विवाह अघि शारिरिक सम्पर्क नराख्न सरकारको अपिल

आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने...   

भक्तपुरको कटुञ्जेमा ट्राफिक भवनको उद्घाटन

भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न...   
प्रेम दिवसमा ‘सयको गुन’

प्रेम दिवसमा ‘सयको गुन’

काठमाडौ । गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा...   

कोरिया बसेर फर्फिएका युवा कुखुरापालनमा रमाउँदै

बागलुङ । पाँच वर्ष कोरिया बसेर फर्फिएका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ ।...   

चैतभित्र सुर्तीजन्य पदार्थ पूर्ण रुपमा नियन्त्रण गर्न अभियान शुरु

विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले...   
सडकबाट उद्धार गरिएका मध्ये ३० पुनः सडकमा फर्किए

सडकबाट उद्धार गरिएका मध्ये ३० पुनः सडकमा फर्किए

काठमााडौ । आश्रयस्थल हुँदै परिवारसम्म पुगेका पनि पुनः सडकमा नै फर्किने गरेका छन् । हालसम्म काठमाडौँका...   

शनिबारदेखि शुरु हुने वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने

काठमाडौ । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक...   

शिक्षालाई रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने...   

बाजुरामा भूकम्पकाे धक्का

मार्तडी । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको...   

अपराध र प्रकृति बढ्यो : महान्यायाधिवक्ता खरेल

चितवन । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अपराध र यसको प्रकृति बढेको बताएका छन् । जिल्ला सरकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top