Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रचण्डमय नेकपा : भरोसाको केन्द्र बन्दै प्रचण्ड

काठमाडाैं । बिहीवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अधिकार दिने निर्णय गरेपछि नेताहरूलाई अनुशासनमा रहने निर्देशन दिएर प्रचण्डले कार्यकारी अधिकारको अभ्यास शुरू गरेका छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा पार्टीभित्र नेताहरूको अनुशासन खस्किंदै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘हिजो हामी निकै अनुशासित थियौं, आत्म अनुशासनबाट मात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौं,’ प्रचण्डले भने, ‘आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’

बिहीवारको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको ‘निम्नस्तर’को विवादतर्फ इंगित गर्दै प्रचण्डले अब सुध्रिनुको विकल्प नभएको बताए । शुक्रवार बिहान वरिष्ठ नेता नेपाललाई आफ्नो निवास खुमलटारमा बोलाएर २ घण्टाजति छलफल गरेका थिए । उक्त छलफलमा नेकपाका अर्का नेता जनार्दन शर्मासमेत उपस्थित थिए ।

‘तपाईहरूबीचको विवाद बाहिर छताछुल्ल भएर बाहिर राम्रो म्यासेज गएको छैन,’ प्रचण्डले नेपाललाई सहमतिमै अघि बढ्ने बताउँदै सम्झाएको स्रोतले बतायो । ‘जेजे भयो भयो अब मिलेर अघि जानुको विकल्प छैन,’ प्रचण्डलाई उदृत गर्दै स्रोतले भन्यो, ‘ओली कमरेड नआउनेबेलासम्म पार्टीभित्र हुने निर्णय प्रक्रियामा मलाई तपाईको साथ चाहिन्छ ।’

नेता नेपालले आफूलाई साइडमा पार्ने खोजिएकोप्रति आपत्ति जनाएका थिए । प्रचण्डले त्यसो नभएको र अब हरेक निर्णयप्रक्रियालाई सहमतिले नै टुंग्याउने भरोसा नेता नेपाललाई दिए । प्रचण्डले नेता नेपालको विश्वास जित्ने प्रयास गरेको स्रोतले खबरडबलीलाई बतायो ।

भरोसाका केन्द्र : प्रचण्ड
गत पुसमा बसेको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको कार्यशैली ठीक नभएको भन्दै दर्जनौं नेताहरूले सरकारको विरुद्धमा फायर खोले । पार्टी एकीकरण भएपछि बसेको पहिलोपटकको स्थायी कमिटी बैठकमा सरकार विरुद्ध सत्तारूढ दलकै नेताहरू क्रुद्ध र रुष्ट भएपछि ओली हच्किएका थिए ।

वामदेव गौतम लगायत आधादर्जन नेताहरूले सरकार र पार्टी संचालनको कार्यशैली ठीक नभएको भन्दै लिखित रूपमै फरक मत पेश गरे । प्रधानमन्त्री ओली पनि रुष्ट भए । आफ्नो आलोचना गर्ने नेताहरूलाई पार्टी छोडेर जानसमेत चुनौती दिएका थिए ओलीले ।

पुस १३ गते बसेको स्थायी कमिटीको अन्तिम बैठकमा प्रचण्ड बोल्ने कार्यक्रम रहेको थियो । त्यतिबेला प्रचण्डको सम्बोधनको पर्खाइमा थिए सबैजना । नेतृत्वमाथि जतिसुकै तितो पोखिएपनि प्रचण्डले सबैको मन जितेर सम्बोधन गरे । बैठक सकिएपछि बाहिर निस्केका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रचण्डले अविभावकको भूमिका निर्वाह गरेको टिप्पणी गरे भने ओलीका आलोचक मानिने नेता घनश्याम भुसालले प्रचण्डको अभिव्यक्ति सन्तुलित रहेको टिप्पणी गरे ।

नेकपाभित्र बढीरहेको भुसको आगो शान्त पार्न प्रचण्डले त्यतिबेला कुनै कसर बाँकी राखेनन् । त्यसयता पार्टीभित्र केही असन्तुलन पैदा हुनेबित्तिकै नेताहरू प्रचण्डसँग परामर्शमा लागिहाल्ने गरेका छन् । प्रचण्ड अहिलेसम्म नेकपाभित्र विवादको अन्तिम समाधानकर्ताको भूमिका निभाउँदै आइरहेका छन् ।

विरोधीका पनि नेता !
पार्टी एकीकरण प्रक्रियामा देखिएको समस्या मिलाउन पनि अन्तिम समयमा प्रचण्ड नै रामवाण बने । प्रचण्डले आफ्नो लचकता प्रस्तुत गरेर आफ्ना विरोधी मानिएका ईश्वर पोखरेललाई स्कूल विभागमा स्वीकार गरे । ‘प्रचण्ड कमरेडले यो तरिकाले लचकता प्रस्तुत नगर्नु भएको भए पार्टीभित्रको विवाद साम्य हुने थिएन,’ तत्कालीन एमालेका एक नेताले भने, ‘उहाँले पार्टीभित्र भरोसा जित्दै जानुभएको छ ।’

ईश्वर पोखरेल पार्टीभित्र अनुदार नेता मानिन्छन् । उनले आफ्ना मान्छे लगाएर सामाजिक संजालमा प्रचण्डको विरोधमा नानाथरी लेख्न लगाउने गरेको स्वयम् नेकपाकै नेताहरू बताउँछन् । स्कूल विभागको नेतृत्व पोखरेललाई दिन प्रचण्ड राजी भएपछि उनले एउटा तीरले २ तिर निशाना लगाउन सफल भएको मानिन्छ ।

पहिलो त आफ्ना विरुद्धमा पार्टीभित्रैबाट हुने हर्कतहरू बन्द भएका छन् भने अध्यक्षका रूपमा हुनुपर्ने लचकतालाई उनले प्रस्तुत गरेर सर्वसम्मत नेता हुने बाटो खनेका छन् । आफ्नो बरियता खोसेपछि रुष्ट भएका नेता नेपाललाई आफ्नो निवासमा बोलाएर सहमतिका साथ् अघि बढ्ने प्रतिबद्धता जाहेर गरेर प्रचण्डले पार्टीभित्र आफूलाई सर्वसम्मत नेताका रूपमा अघि बढाउन खोजेको चर्चा हुन थालेको छ ।

गुट छैन प्रचण्डको
पार्टीभित्र प्रचण्डले कुनै गुटको अभ्यास गर्न जरुरी नरहेको प्रचण्ड निकट एक नेता दाबी गर्छन् । बाहिर सञ्चारमाध्यमहरूमा प्रचण्डपक्षमा यति र उति भनेर हिसाब गरेको भएपनि यथार्थमा त्यस्तो नरहेको उनको दाबी छ ।

‘तत्कालीन एमालेमा प्रशस्तै गुट-उपगुटको अभ्यास हुने गरेको थियो,’ उनले भने, ‘तर तत्कालीन माओवादीमा सैद्धान्तिक रूपमा फरक मत भएपनि गुटको अभ्यास भने थिएन । प्रचण्ड कमरेडले सबैलाई मिलाएर लिएर जानुभएको थियो । जब गुटको अभ्यास शुरू हुने अवस्था आयो, त्यतिबेला पार्टीबाट नेताहरू नै निस्किएर गए ।’  

नेकपामा प्रचण्डको कुनै गुट नरहेको उनले दाबी गरे । ‘शान्तिप्रक्रियाको हस्ताक्षरकर्ता, गणतन्त्र ल्याउने प्रमुख नेता र संविधान निर्माणमा मुख्य भूमिका खेल्नुभएका कमरेड प्रचण्ड पार्टीभित्र सानोतिनो गुटमा रमाउने चरित्र भएको नेता होइन,’ प्रचण्डनिकट ति नेता दाबी गर्छन्, ‘उहाँ त विरोधीहरूको पनि नेता हो । अहिले सचिवालयले निर्णय गरेरै उहाँलाई कार्यकारी अधिकार जसरी दिएको छ, यो उहाँका लागि आफूलाई प्रमाणित गर्ने अवसर पनि हो ।’ प्रचण्डको अहिलेको मुख्य जिम्मेवारी पार्टीभित्र सहमति जुटाएर सबैलाई साथ लिएर अघि बढ्नु हो । उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीसँग पनि प्रचण्डले बारम्बार कुरा गर्नुपर्ने छ । प्रचण्डका लागि यो एउटा अवसरजस्तै देखिन्छ । यो अवसरलाई उनले कसरी सदुपयोग गर्नेछन्, त्यो भविष्यले नै देखाउला ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies