Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

वैज्ञानिक न्युटनबारे रोचक तथ्य

काठमाडाै‌ं । महान् वैज्ञानिक आइज्याक न्युटनको जन्म सन् १६४३ जनवरी ४ मा इंग्ल्यान्डस्थित लिंकनसायरमा भएको थियो । न्युटन जन्मिनुभन्दा तीन महिनाअघि नै उनका पिताको मृत्यु भएको थियो । उनका पिताको नाम पनि आइज्याक न्युटन नै हो । 

जब न्युटन तीन वर्षका भए । उनकी आमाले आफ्नी आमालाई न्युटन जिम्मा लगाएर पोइल गइन् । यसकारण न्युटनले सौतेलो बाबुसँग सानैदेखि बदलाको भावना राखेका थिए । न्युटन जन्मिने वेलामा कम तौल र सानो उचाइ भएका थिए । तसर्थ, चिकित्सकले उनी बाँच्दैनन् भनेका थिए । 

न्युटनले गणित, भौतिकशास्त्र र खगोलशास्त्रबाहेक धार्मिक किताबसमेत लेखेका छन् । आफूले गरेको खोजबारे अरूलाई भन्न न्युटन डराउने गर्थे । यसर्थ, उनले करिब २० वर्षसम्म आफ्ना खोजबारे कसैलाई भनेनन् । 

सानो छँदा न्युटन पढाइमा अब्बल थिएनन् । यद्यपि, आफू २३ वर्षको हुँदा नै उनले गुरुत्वाकर्षण शक्ति पत्ता लगाएका थिए । पृथ्वीले सूर्यको गोलाकार नभई अण्डाकारमा परिक्रमा गर्छ भन्ने कुरा न्युटनले नै प्रमाणित गरेका हुन् । 

प्रकाश परावर्तन गर्ने दुरबिन न्युटन आफैँले बनाएका थिए । जो आज पनि  प्रयोगमा ल्याइन्छ ।न्युटनले प्रतिपादन गरेको गणितको एक सिद्धान्तमा क्याल्कुलेसन गलत थियो । जसलाई करिब तीन सय वर्षसम्म कसैले ध्यान दिएनन् । 

न्युटन एक वर्षसम्म बेलायतको संसद्का सदस्यसमेत थिए । संसद्मा बस्थे, उनी । तर, रोचक कुरा संसद्मा रहँदा उनी एकपटक मात्र बोलेका थिए । त्यो पनि आफ्नो छेउमा बसेको मानिसलाई झ्याल बन्द गर्न अनुरोध गरेका थिए । एप्पल कम्पनीको पहिलो लोगोमा न्युटनको फोटो थियो । यस कम्पनीको एउटा प्रडक्टको नामसमेत उनको नामबाट राखेको थियो ।

भनिन्छ, वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो प्रयोगशालामा न्युटन, माइकल फराडे र जेम्स म्याक्सवेलको फोटो राख्ने गर्थे । न्युटनलाई ‘सर’ (श्रीमान्) उपाधि दिइएको थियो । तर, उनी आजीवन अविवाहित रहे । 

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies