Khabar Dabali Logo
  November 11, Mon

सम्झिन मन नलागेका सम्झना

मानिसले जीवनमा धेरै कुराहरुको अनुभव गरेको हुन्छ । चन्द्रकान्तले पनि करीब सात दशक बिताई सकेको छ । यो अबधिमा उसले जीवनका धेरै उकाली ओराली पार गरी सकेको छ । ओकाली ओरालीका अनगिन्ति उल्झन भए पनि उसले तीनलाई सम्झन चाहदैन । सम्झीएर कुनै उपादेयता नभए पछि उल्झार गर्नुको के उपादेयता भयो र ? जे भए पनि आज चन्द्रकान्त आफ्ना अतीतलाई सम्झन बाध्य भएको छ ।

आज उसको मन भित्र बिभिन्न कुराहरु खेली रहेका छन् । तीनै बिषय बारे केही कुरा लेख्न मन लागि रहेको हुन्छ चन्द्रकान्तलाई । उसलाई बाल्यकालदेखि आज सम्मका मन छुने धेरै घटनाहरुको सम्झना ताजै भईरहे पनि के लेखुँ, कसरी लेखुँ र कहाँबाट शुरु गरुँ भन्ने जस्ता कुराहरुले उसको मन भित्र धेरै कुरा सल्वलाईनै रहेको हुन्छन् ।

औंसीको रात त्यो पनि छिपिदै गएको । रात छिपिदै हुन्छ । उसको मन भित्र पनि अनेक कुरा खेली रहेका हुन्छन् । सम्झनै सम्झनाको चाङ्बाट कुन घटनालाई समाउने भन्ने बारे उ अलमलमा परेको हुन्छ । आफूले जीवनमा भोगेका सबै भोगाईलाई अन्याय हुन नदिनको लागि सबैलाई नै समेट्ने निश्चय गर्यो र उसले आफ्नो कलम अघि बढाउने प्रयास गर्यो । तर सबैलाई समेट्न सम्भव नभएको हुँदा केही मन छुने बिषयलाई मात्र दिमागमा राख्ने काम गर्यो ।

हो, निश्चयनै चन्द्रकान्तले यो लामो जीवनमा धेरै कुरा भोग्यो, अनुभव गर्यो । बाल्यकाल पनि उसको शुखमय रुपमा बिताएको थिएन । गाउँको परबेश पढाईमा भन्दा बढि काममा नै समय खर्चिनु पर्दथ्यो । यो उसलाई मात्र होईन धेरैलाई पर्ने कुरा हो । यद्यपी घरमा जो सानो, निमुखो र सिधा साधा छ उसैलाई कामको बोझ पर्ने हुँदा चन्द्रकान्त पनि यसबाट अलग थिएन । घरमा उ सबभन्दा सानो भएको र अरुसँग प्रतिबाद गर्न नसक्ने भएको हुँदा हजुर र हुन्छ भन्नु पर्ने बाध्यता उसमा थियो नै ।

केटाकेटी अबस्थामा डर त्रास नहुनु स्वभाबिकै हो । चन्द्रकान्तलाई पनि कुनै किसिमको डर लाग्दैनथ्यो । नदीमा हेलिनु, अग्लो ठाउँबाट नदीमा हामफाल्नु, रुख चढ्नुजस्ता कार्य निकै नै जोखिमयुक्त हुन् । तर केटाकेटी अबस्थामा सोच्न सक्ने खुबी निकै कम हुने हुँदा यिनीहरुबाट उ पछि हट्दैनथ्यो । जसरी भएपनि यी जोखिमका काममा आँट गरेकै हुन्थ्यो । अहिले ती दिन सम्झदा अचम्म लागेर आउँछ र डरले शरीरै काँपेर आउँछ उसको ।

बालापनको सम्झना सबैमा हुन्छ र सबैजसो नै राम्रा नै लागेका हुन्छन् । उसलाई विद्यालय जान असाध्यै मन लागेको हुन्छ । गाउँका अरुहरु टाढा–टाढा र काठमाडौं पढ्नको लागि गएको देख्दा कौतुहल जागेर आउँथ्यो र मनमा त्यहि कुराले मात्र ठाउँ पाएको हुन्थ्यो । नभन्दै भाग्यले साथ दिन्छ भन्ने कुरा उसको लागि यथार्थ हुन गएको छ । उ अहिले गाउँका साथी सँग बिद्यालय जान थालेको छ । बिद्यालयको शिक्षा उत्तिर्ण गरेपछि उच्चशिक्षा हासिल गर्ने धोको उसलाई रहिनै रहेको छ ।

बाल्यकालमा कतिसम्म नराम्रो काम गरीन्छ भन्ने कुरा चन्द्रकान्तको अनुभवले पनि देखाउंछ । रिसले गर्दा साथिको किताब चोरेर धुजा–धुजा बनाएर च्यातेको आजै जस्तो लागेर आउँछ उसलाई । आफ्नो ज्यान जोखिममा राखेर उग्र भएको कुराले भने उसलाई त्यति चिन्तित बनाएको हुँदैन तर साथिको किताब चोरेर च्यातेकोमा अझैसम्म पनि उस्लाई नरमाईलो लागेको हुन्छ, गर्न नहुने काम गरेकोमा । तर पनि बाल्यकालमा अन्जानमा गरेको हुँदा त्यति पछुताएको पनि छैन उसलाई ।

अहिले चन्द्रकान्त आफुलाई धेरै खुशी ठानेको हुन्छ । उसलाई सामान्य जीबिका चलाउन कठिन छैन । लोभ लालचा, छुल्याई फट्याई नगर्नी र आफ्नो क्षमतालाई सक्दो प्रयोगमा ल्याउने हो भने सबैको जीवन शुखमय नै हुने गर्दछ । मुख्य कुरो भनेको ईच्छा शक्ति र लगनशीलतानै हो । चन्द्रकान्तमा ईच्छा शक्ति र लगनशीलता नहुँदोहोत सायदै उ अहिलेको अबस्थामा हुँदो हो ।

उ अहिले अबकाश जीवन बिताई रहेको छ । अबकाशको जीवन भनेको आफ्नै पूर्ब ईतिहासलाई कोट्याउने काम बाहेक अरु केही हुँदो रहेन छ । उ सम्झिदै जान्छ । निजी क्षेत्रमा जागिर खान कति कठिन थियो । जागिरै पाईहाले पनि त्यो खान निकै कठिन थियो । निजी क्षेत्रको जागिरमा यो काम त्यो काम भन्ने हुन्थेन । जे काम पनि गर्न पर्ने र त्यो पनि समय, पारिश्रमिक र कामको प्रकृतिको तुलनामा हेर्दा मन खिन्न पनि हुने गर्दथ्यो । यी सबै कुरा बुझेको चन्द्रकान्तले सरकारी सेबा बाहेक अन्य तिर आंखा लगाउने कुनै कुरा थिएन । हुन पनि हो न उसको लागि आफ्नो भन्ने नै कोही थिए, नत उ कुनै शक्ति केल्द्रकोनै नजिक नै थियो ।

मानिसका जीवनका मुख्य रुपमा दुईवटा पाटा हुँदा रहेछन् । एउटा आफ्नै पाटो । अर्को भनेको अरुबाट गरीने । चन्द्रकान्तको अरुबाट हुने सहानुभूति र सहयोग सम्भव नै थिएन । त्यसकारण उ आफैले आफ्नो लागि केही गर्नु पर्दछ भन्ने भावना भित्र–भित्रै उम्लि रहेको हुन्थ्यो । उसको मनमा दृढ संकल्प भएको हुनाले नै उसले सरकारी जागिर खान सक्यो र जे जसरी जीवन गुजारा चलाई उ अहिले अबकाशको जीवन ब्यतित गरी रहेको छ । मानिसलाई जीवन चलाउन त्यति सकस हुंदैन यदि उसमा ईच्छा शक्ति छ भने । कुनै प्रयासै नगरीे जो कसैको लागि केही गरी दिएको हुन्छ र ? यी सबै कुरालाई चन्द्रकान्तले मनभित्र भित्रै केलाउने हुनाले जे जस्तो भएपनि आफूलाई केही हदसम्म सफल भएको अनुभव गरेको हुन्छ ।

चन्द्रकान्तलाई मन छुने एउटा घटना अझ सम्म पनि ताजै रहेको छ । उसको गाउंमा केही सुकुम्बासीको सानो बस्ती थियो । बस्तीका वरीपरी उनीहरुले सानो मात्रामा केही खेती गरेका थिए । त्यो खेती लगाएको देखेर सबै गाउंलेहरु आएर खेतीमा गाई भैंसी लगाएर सखाप पारी दिएको घटना बारम्बार उसको मनमा आईनै रहेको हुन्छ । मानिस भएर मानिसकै लागि यति ठूलो अमानबीय ब्यबहार किन गरीयो, गाउंलेहरुको आफ्नो जग्गा प्रशस्त भईकन पनि किन सुकुम्बासीले गरेको सानो तिनो घरवरीपरिको जग्गामा किन आँखा लगाएको होला, सार्बजनिक जग्गा प्रशस्त हुँदा हँुदै पनि किन यहि गरीबको एक टुक्रा जग्गामा सबै गाउँलेहरुको नजर पर्न गयोआदि जस्ता प्रश्नहरुले उसको मनमा चोट पुर्याएको थियो ।

मानिस कतिसम्म निर्दयी हुन्छ भन्ने कुरा यस घटनाले बारम्बार उसलाई घच्घच्याई रहेको हुन्छ । उसले कैयाैपटक बिर्सन खोजे पनि कता–कताबाट सम्झना आई हाल्छ । सामान्य मानिसको बुझाइ गहीराईसम्म पुग्न नसक्ने भएको कारणले गर्दा पनि यस्तो गर्न पुगेका होलान् भन्ने अनुमान पनि लगाएको हुन्छ । यद्यपी यो अनुमानले पनि गाउँलेहरुले गरेको अमानबीय ब्यबहार प्रति भने उसलाई घृणानै लागेको हुन्छ ।

चन्द्रकान्तको बानी ब्यहोरा, आचरण, सद्गुण र सबैसंग घुलमिल हुन सक्ने खुबीले गर्दा सबैको उ प्रिय पात्र थियो । तर पनि गाउँलेहरुबाट भएको यस प्रकारको गतिबिधि भने उसलाई कत्ति पनि मन परेको थिएन । मन नपरे पनि कलिलो उमेरको बचपन भएको हुँदा उसले कुनै बिरोध गर्न सकेको थिएन । पछि आएर मात्र अतीतका घटनाहरु को स्मरणले उसको मनमा चोट पुर्याई रहेका छन् ।

चन्द्रकान्त अतीतलाई सम्झदै जान्छ । अबकाश जीवन यस्तो जीवन जहां उसको उत्तरार्ध शुरु भई सकेको हुन्छ र क्रमिक रुपमा बढ्दै गएको हुन्छ । उमेर छिप्पिदै गएपछि आंखा, कान, हात, गोडा जुन मानिसको अति आबश्यक अंग हुन्, तिनीहरुले काम गर्न छोडे पछि अरु तिर ध्यान केन्द्रित नहुनु स्वभाबिकै हो । त्यसैले गर्दा आजकल चन्द्रकान्त अतीतलाई सम्झदै गएको हुन्छ । जीवनमा अन्य बिकल्प केही नभएको हुंदा पुराना कुरानै चन्द्रकान्तका गुन गुनाउने साथी बन्न पुगेका हुन्छन् ।

मानिसको मन कतिसम्म नीच र नीर्दयी हुन्छ भन्ने कुरा उ सम्झीदै जान्छ । उसलाई आफ्ना ब्यक्तिगत कुरा ब्यक्त गर्न त्यति उपयुक्त लागेको नभएपनि जीवनका बिभिन्न मोडहरु बारे उजागर गर्न मन लाग्दछ । अतीतका घटना एबं अनुभवलाई उजागर नगर्र्ने हो भने पछिका पिढिले कसरी अघि बढ्छन् भन्ने लागेर चन्द्रकान्तले आफ्नै बारेमा पनि केही भन्न चाहन्छ ।

चन्द्रकान्त बावु नभएको टुहुरो, आलोकाँचो केटो, उसलाई आफ्नो घर ब्यबहार बारे के थाहा । अलि ठूलो भएपछि आफ्नै बाहुबुताले शहर पसेको । आफ्नै परिश्रममा बांच्नु पर्छ भन्ने भावना बोकेकोलाई अरुको बिषयमा चासो लिने कहां फुर्सद हुने । पछि गएर उसलाई थाहा हुन आयो आफू ठगिएको बारे । एउटै लाम्टो चुसेर हुर्किएका सन्तान बिच पनि किन यति धेरै अन्याय ? उसलाई अचम्म लाग्दछ किन मानिसले जानी जानी कन पनि यस्तो कुकर्म गरेका हुन्छन् ? अर्काको अधिकार खोसेर आफू धनि हुन चाहनु सरासर अरुको लागि अन्याय होईन र ? आफू धनी हुन चाहदैमा अरुलाई शोषण गर्नु यो के मानबीय धर्म हो र ? अरुलाई अन्याय गर्नु भनेको के पाप होईन र ? आफू धनी बन्न चाहनेले अरुलाई शोषण नगरी आफूले कर्म गरेर के सन्तुष्टिी प्राप्त गर्न सकिदैन र ? यी र यस्तै मनमा तरङ्ग खेलाएर चन्द्रकान्तले आफ्ना अतीतलाई सम्झेर दिन काटि रहेको हुन्छ ।

अहिले आएर उसलाई थाहा हुन्छकी अरुकोत के कुरा आफ्नै रगतले पनि उसलाई शोषण गरेको बिषय । धेरै बर्षको अन्तराल पछि उसलाई थाहा हुन आयोकी उसको नाममा राखिएको केही जग्गा जमिन पनि दायाँ बायाँका सधियारहरुले आफनो बनाई सकेको कुरा । यसरी शोषण र फटाहाहरुको चँगुलमा परिन्छ भन्ने कुरा चन्द्रमानले अनुमान गर्न सकेको भए केही हद सम्म उसले आफ्नो अधिकार खोज्नु पर्दछ भन्ने तीर उसको ध्यान जान सक्थ्यो होला । तर यस प्रकारको पापिष्ट काम हुन्छ भन्नेृ तर्फ उसको बिचार पुग्न सकेन । अहिले आएर चन्द्रकान्त आफूले आफैलाई धिक्कारेको हुन्छ । बिचरा चन्द्रकान्त आफनै रगत बाट यसरी शोषित हनु पर्दछ भन्ने के थाहा ? सम्पत्तिको लागि मानिसले जे पनि गर्न सक्दछ भन्ने कुरा चन्द्रकान्तलाई के थाहा । त्यसैले गर्दा आजकल पनि समाजमा अनेक किसिमका हत्या, हिंसा, उत्पिडन, शोषण आदि भईनै रहेका छन् भन्ने कुरा चन्द्रकान्तलाई थाहा भए पनि गर्ने मानिसले गरीनै रहेका छन् । यसमा उसले के नै पो गर्न सक्दथ्यो र ? पिडित पिडित नै हुन्छ र पिडक झन मौलाउंदै र उत्साहित हुंदै गएको देखिन्छ । त्यसकारणले पनि गरीबीको खाडल दिन प्रतिदिन बढ्दै गएको अनुमान चन्द्रकान्तको छ ।

चन्द्रकान्तले ईमान्दारी पूर्बक देशको सेवा गर्यो । कसैको चाकरी चाप्लुसी गर्न जानेन । कमाउको धन्दा देखि टाढै रह्यो । आफ्नो कर्तब्य ईमान्दारी पूर्बक निभाएको कारणले उसको पदोन्नति पनि हुन सकेन । देश विदेश जानुत झनै परको कुरा भयो उसको लागि । उभन्दा निकै कनिष्ठ र कार्यसम्पादनमा पनि कमजोर भएका साथीहरुको छोटो अबधिमानै बढुवा भएको सम्झदा उसलाई अझसम्म पनि अचम्म लागि रहेको छ । ईज्जत दिनु पर्नेलाई नदिने नदिनु पर्नेलाई दिईदा ईज्जत नपाउने उपर सरासर अन्याय भएको कुरा उसको दिमागमा आईनै रहेको हुन्छ ।

एकातिर प्रमोसन नहुनु अर्कोतिर महंगिले आकाश छुनुले चन्द्रकान्तको दैनिकी चौपट हुन पुगेको हुन्छ । गाउँ घरका साथि भाईहरुले उ बाट धेरै आश गरेका हुन्छन् । त्यसरीनै उसका ईष्टमित्र बन्धु बान्धबहरुले त झनै उ बाट आश गर्नुत स्वभाबिकनै थियो । आफूलाई पनि केही गर्न नसक्नु र अरुलाई पनि केही गर्न नसकेकोमा उ आफूलाई निकैनै निमसरो मान्दथ्यो । त्यसैले गर्दा अहिले सम्म पनि चन्द्रकान्त निमसरो नै भईरहेको छ । जीवनको उर्बर समय जागिरमा बिताउनु र जागिर बाट आफूलाई जीउन सम्म पनि नपुग्ने अबस्थामा पुर्याउनु जो कोहीको लागि राम्रो होईन । त्यसमा पनि चन्द्रकान्तले सेवा अबधिभर गरेको कदरको कुनै मान्यता नहुनु बाट उसको जागिर प्रति नफरत आउनु स्वभाबिक पनि थियो नै ।

बाल्यकालमा गरेका जोखिम र डरलाग्दा काम, आफ्नै मान्छे बाट जालझेल गरी ठगिएको यथार्थता, सुकुम्बासीहरुको खेती गाउंलेहरुले नास गरेको घटना, जागिरको दुःख र निरश आदि अतीतका घटना सम्झिदा नरमाईलो लाग्दछ । लागेरपो के उपाय हुन सक्दछ र, अतीतत गईनै सकेको छ । त्यसैले सम्झिन मन नलाग्दा नलाग्दै पनि सम्झना आई रहने घटना कति छन् कति चन्द्रकान्तका ।

(पराजुली नेपाल सरकारका पूर्व उपसचिव हुन्)

भदौ ७ गते, २०७६ - १३:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

हजारौं शिख तीर्थयात्री पाकिस्तानको धार्मिक यात्रामा

एजेन्सी । शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन्...   

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडाैं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो...   
भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

भलिबल च्याम्पियनसिपमा नेपालद्वारा किर्गिस्तान पराजित

काठमाडौं । बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले...   
सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

सामाजिक सुरक्षामा सहभागिताका लागि परिसङ्घले आह्वान गर्ने

काठमाडौं । नेपाल उद्योग परिसङ्घले सबै उद्योगीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागिताका...   
जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

जापानले नेपालको सिंचाइ क्षेत्रमा सहयोग गर्ने

काठमाडौं । जापानले नेपालको सिंचाई क्षेत्रमा सहयोग गर्ने भएको छ । जापानको कृषी, वन तथा मत्स्यपालन मन्त्रालयको...   
सरकारलाई राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर

सरकारलाई राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर

काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको...   
सामाजिक सञ्जालबाट चर्चीत बनेका ‘अघोरी बाबा’ ठगी आरोपमा पक्राउ

सामाजिक सञ्जालबाट चर्चीत बनेका ‘अघोरी बाबा’ ठगी आरोपमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा ‘अघोरी बाबा’ भनेर चर्चित विजय केसीलाई महानगरीय प्रहरीले पक्राउ गरेको...   

सीमा समस्यालाई अन्तराष्ट्रियकरण गर्ने बेला भएको छैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको...   
ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ आजको मुल्य

काठमाडौं । साताको दोस्रो आज नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । हिजो एकै दिन तोलामा ११ सय रुपैयाँ बढेको...   
दक्षिण एसियाको बढ्दो रणनीतिक महत्व

दक्षिण एसियाको बढ्दो रणनीतिक महत्व

मानव जातिको प्राचीनतम् सभ्यताको विकासको केन्द्र रहेको दक्षिण एसिया वर्तमानमा विश्व राजनीतिको केन्द्रीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top