Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम गर्न आह्वान गरेको छ ।

मन्त्रालयले नेपाल सरकार, विकास साझेदार संस्था, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, सामाजिक अभियन्ता एवं सरोकारवालाहरू सबैमा उक्त दिवसको अवसरमा सप्ताहव्यापीरूपमा विभिन्न सचेतनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै अभियानकै रुपमा कार्यक्रम गरी मानव बेचविखनजस्तो जघन्य अपराधलाई निर्मूलीकरण गर्न आह्वान गरेको हो ।

यही भदौ २० गते मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइन् । यस वर्षको नारा ‘सरकारको प्रतिबद्धता स् मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ रहेको छ ।

उक्त नाराले बोकेको भावनाअनुरुप दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनात्मक कार्यक्रम आयोजना गर्न मन्त्रालयले आग्रह गरेको हो ।

सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका बेचविखनविरुद्धको सार्क महासन्धि, २००२’ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसद्बाट अनुमोदन भएको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचविखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस मनाउने थालिएको हो ।

सरकारले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न सक्रियता बढाएको छ । पछिल्लो समयमा गैरकानूनीरूपमा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई विदेशमा लगी बिचल्ली बनाउने गिरोहको सक्रियता बढेसँगै सरकारले नियन्त्रणका लागि सक्रियता बढाएको हो ।

समाजमा जघन्य अपराधको रुपमा रहेको मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशैभरि सक्रियताका साथ काम गरिरहेको छ । मन्त्रालयले बेचविखन नियन्त्रणका लागि सिन्धुपाल्चोक र मकवानपुरलगायत जोखिममा रहेका जिल्लाको अध्ययन गरिरहेको छ ।

मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ र मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० नियमावली, २०६५ मा यौन शोषण, श्रम शोषण तथा मानव अपाङ्ग तस्करीसमेतलाई जघन्य सामाजिक अपराधका रुपमा परिभाषित गरिएको छ । संविधानको धारा ३८ मा महिलाको हक र धारा २९ मा शोषणविरुद्धको हकलाई सुनिश्चित गर्दै मानिसलाई बेचविखन गर्न दास वा बाँधा बनाउन पाइने छैन भनी मानव बेचविखनविरुद्धको कार्यलाई, मौलिक हकको रूपमा समावेश गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies