Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दूधको मूल्य चाँडै नै बढाउने तयारी गरेकाे छुः कृषि मन्त्री

हेटौंडा । सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाली बजारमा अझै दैनिक तीन लाख लिटर दूध नपुगेको बताएका छन्। प्रदेश ३ सरकारको अनुदानमा अग्रेली कृषि फारमद्वारा निर्मित “एग्रिनेट हाउस” को आज हेटौँडामा उद्घाटन कार्यक्रममा मन्त्री खनालले यस्ताे बताएका हुन् ।

खनालले नेपाली किसानलाई प्रोत्साहन गर्न सरकारले विदेशी धुलो दूधको आयातमा प्रतिबन्ध लगाएको उल्लेख गर्दै दूध उत्पादक किसानले सडकमा दूध पोखेर आन्दोलन गर्ने अवस्था अन्त्य गरिएको बताए ।

गाई तथा भैँसी पालन गरेर दूध उत्पादन गर्न अनुरोध गर्दै उनले दूधको मूल्य चाँडै नै बढाउने तयारी गरिएको समेत बताए ।

देशका दुई तिहाइ नागरिक संलग्न भएको कृषि पेशालाई नै देशको प्रमुख उद्योगका रूपमा अगाडि बढाउन लागिएको बताए । उनले प्रधानमन्त्रीले समेत देशको मुख्य आम्दानीको स्रोत कृषि नै हुनसक्ने बताउनुभएको उल्लेख गरे ।

मन्त्री खनालले समृद्धिको मूल आधार कृषि भएकाले आधुनिक कृषि प्रणालीमार्फत व्यवहारमा उतारिने बताए । निर्वाहमुखी कृषिबाट उचित प्रतिफल प्राप्त गर्न नसकिएकाले आधुनिक प्रविधिमार्फत थोरै लगानीमा धेरै प्रतिफल प्राप्त हुनेगरी खेती हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री खनालले देशबाहिर रहेका युवाहरु ठोस योजनाबिनाको आह्वानले मात्र स्वदेश नफर्किने बताए । उनले विदेशमा रहेका युवाहरुलाई आकर्षित गर्न सरकारले “कृषिमा युवा” नामक कृषि कार्यक्रम अघि सारेको र उक्त कार्यक्रममा युवाहरुले अनलाइनमार्फत आवेदन दिएर कृषि उद्यममा सहभागी हुन पाउने उल्लेख गरे ।

मन्त्री खनालले कृषि उत्पादनलाई प्रोत्साहन गर्न २५ वर्ष देखि ६० वर्ष उमेर समूहमा कृषिमा योगदान दिने नागरिकलाई वर्गीकरण गरेर ५० प्रतिशतदेखि १५० प्रतिशतसम्म योगदानमा आधारित पेन्सनसमेत दिइने बताए । “झण्डै रु ८० अर्बको दाल, चामल, तेलजस्ता कृषि उपज आयात हुने हाम्रो देशमा रु आठ करोडको हरियो धनियाँसमेत आयात हुन्छ, त्यो रोक्न हामीले उत्पादन गर्नुपर्छ”, उनले भने ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies