Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

९४ वर्षदेखि सुरक्षित लेनिनको शव, करोडौँ खर्चेर किम जोङले पनि राखेका छन् पिता र हजुरबाको लाश

एजेन्सी । कम्युनिष्ट शासन भएका देशमा आफ्नो नेताहरुको शव सुरक्षित राख्ने प्रचलन देखिन्छ । रुसमा लेनिनको शव करिब ९४ वर्षदेखि सुरक्षित राखिएको छ । लेनिन ल्याबमा उनको शव राखिएको छ ।

यता उत्तर कोरियाली शासक किम जोङ उनले पनि आफ्ना हजुरबुबा र बुबाको शव अझैसम्म सुरक्षित राखेका छन् । उनले वार्षिक रु २.२५ करोडभन्दा बढी खर्च गरेर ती शवहरुलाई ताजा रूपमा राख्दै आएका छन् ।

किमले बुबा र हजुरबुबा दुवैको शव सुरक्षित राखेको कुमसुसन मेमोरियल प्यालेसमा सयौँ सैनिकहरुले सुरक्षा दिने गरेका छन् । किम जोंगका बुबा र हजुरबुबाको शवको संरक्षण गर्ने काम लेनिन ल्याबका कर्मचारीले गर्ने गरेका छन् ।

लेनिन ल्याबका वैज्ञानिक कर्मचारी आएर प्रत्येक वर्ष इम्बलमिंग गरेर लाशलाई सुरक्षित राख्ने गरेका हुन् । इम्बलमिंग एक किसिमको ट्रिटमेन्ट हो, जसले मृत शरीरहरुलाई सड्नबाट रोकेर ताजा बनाएर राख्ने गर्छ ।

\"\"/

लेनिन ल्याब एवं अमेरिकाको क्यालिफोर्नियाका सामाजिक अर्थशास्त्रका प्रोफेसर एलेक्सई यर्चकका अनुसार शवलाई प्रत्येक डेढ या दुई वर्षमा इम्बलमिंग गर्नुपर्छ र यसो गर्दा २ महिना या बढी लाग्न सक्ने हुन्छ ।

उता रुसी नेता लेलिनको शवलाई लेनिन ल्याबमै इम्बलमिंग गरिन्छ । तर किम जोंगका बुबा र हजुरबुबाको शवलाई भने कोरियाकै प्योङयांग, प्योगानमा बनेको ल्याबमा इम्बलमिंग गरिन्छ ।

२०१६ मा किमले पहिलोपटक दुवै शव करिब २ करोड डलेर खर्चेर इम्बल्मिंग गरेका थिए । लेनिन ल्याबका वैज्ञानिकले सन् १९२४ मा तत्कालिन सोवियत संघका लिडर भ्लादिमीर लेनिनको शव इम्बलमिंग गरेका थिए ।

लेनिनको शव महंगो
लेनिनको शव सुरक्षित राख्न करिब २२ करोड नेपाली रुपैयाँभन्दा बढी खर्च हुने गर्छ । लेनिनको शव लगभग ९४ वर्षदेखि रसियाको लेनिन ल्याबमा सुरक्षित रुपमा राखिएको अधिकारी बताउँछन् ।

१९२४ मा लेनिनको निधन हुँदा कसैले उनको शवलाई राख्ने सोचेका थिएनन् । तर एलेक्सी एर्बिकोसोभले शवलाई कसैले एम्बेल्म गर्न सक्ने कुरा निकालेको अमेरिकाको क्यालिफोर्नियाका सामाजिक अर्थशास्त्रका प्रोफेसर एलेक्सई यर्चकले भनेका छन् ।

\"किम

लेनिनको शव सुरुमा ओटोप्सी गरिएको थियो, जसका कारण तत्काल डिकम्पोज हुनबाट जोगिएको थियो । पछि गएर उनको शवलाई इम्बलमिंग गरिएको थियो । त्यसको ५६ दिनपछि सोभियतले शवलाई परमानेन्टली सुरक्षित रूपमा राख्ने तयारी गरेको थियो ।

त्यसपछि त्यहाँका दुई होनहार क्यामिस्ट व्लादिमीर वोरोबोव र बोरिस जेब्रास्कीले शवलाई इम्बलमिंग गर्ने कुरा अघि बढाएका थिए । उचित केमिकलको प्रयोग गर्दै छालाको रंगसमेत परिवर्तन गरेर केही महिनापछिको प्रयासमा पहिलो इम्बलमिंग सफल भएकोे थियो । त्यसपछि नै इम्बलमिंग गर्ने तरिका रसियाबाट बाहिरी मुलुकमा भित्रिएको थियो ।

त्यो बेला ल्याबमा करिब २०० जनाको ग्रुपले काम गर्दै आएका थिए । तर हाल त्यो संख्या कम र काम बढी छ । प्रत्येक साता एक उच्च वैज्ञानिक टोली ल्याबमा गएर शव चेकजाँच गर्ने गर्छन् ।

अन्य देशमा पनि
उता भियतनाममा पनि कम्युनिष्ट नेताहरुको शव सुरक्षित राखिएको छ । भियतनामका पूर्व राष्ट्रपति ‘हो ची मिन्ह’को शव सोही विधिद्वारा सुरक्षित राखिएको छ । २ सेप्टेम्बर १९७३ मा लेनिनको माउसोलियमबाट उत्प्रेरित भएर हो ची मिन्हुको माउसोलियमको निमार्ण सुरु गरिएको थियो । सोही माउसोलियममा उनको शव राखिएको छ ।

\"Ho

यसैरी बुल्गेरिया र दक्षिण कोरियामा समेत आफ्ना पूर्वज नेताहरुको शव सुरक्षित राखिएको पाइन्छ । बुल्गेरियाका नेता ‘जर्जि दिमिटोभ’ र दक्षिण कोरियाका नेता अर्थात किम जोंग मुनका हजुरबुबा र बुबाको शवलाई पनि लेनिन ल्याबकै विशेषज्ञहरु गएर इम्बलमिंग गर्ने गर्छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies