Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एकता टुंग्याउन जुटे प्रचण्ड, असन्तुष्ट पक्षलाई सम्झाउन बढ्याे सक्रियता !

माधव नेपालको असन्तुष्टीबारे छलफल
अध्यक्ष प्रचण्डले शुक्रबारदेखि नै विशेष कार्यसूची बनाएर एकता प्रक्रियामा असन्तुष्ट रहेका नेताहरुसँग भेटघाट र छलफलमा जुटेको पार्टी स्रोतले जानकारी दिएको छ । अध्यक्ष प्रचण्डले शुक्रबार नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो छलफलसमेत गरेको बुझिएको छ ।

काठमाडौं । पार्टीको पूर्ण जिम्मेवारी पाएसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियता बढेको छ । बिहिबार बसेको पार्टी सचिवालय वैठकले अध्यक्षको पूर्ण जिम्मेवारी दिने निर्णय गरेसँगै अध्यक्ष प्रचण्डले सक्रियता बढाएका हुन् । पार्टी एकतापश्चात करिब १८ महिनापछि पार्टी अध्यक्षको पूर्ण जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी काम टुंग्याउन सक्रियता बढाएको नेकपा स्रोतले जानकारी दिएको छ ।

पार्टी एकतामा पदिय घटुवा गरिएसँगै निकै असन्तुष्ट बनेका माधव नेपाललाई समझदारीमा ल्याउन अध्यक्ष प्रचण्डले शुक्रबार बिहान करिब २ घण्टाभन्दा बढि लामो छलफल गरेका थिए । अध्यक्ष निवास खुमलटारमा भएको छलफलमा बरियता व्यवस्थापन र सचिवालयले अस्वीकार गरेको नेता नेपालको प्रस्तावमाथि छलफल भएको बुझिएको छ ।

बिहिबारको सचिवालय वैठकमा अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबिच निकै भनाभनसमेत भएको थियो । एकताकै प्रक्रियामा रहेको बेला पार्टीका शीर्ष नेताहरुबीच भएको विवादलाई समाधान गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले छलफललाई अगाडि बढाएको नेकपा स्रोतले जानकारी दिएको छ । एकताका बाँकी काम टुंग्याउनु पूर्व असन्तुष्ट पक्षलाई सहमतिलाई ल्याउनु पर्ने भन्दै अध्यक्ष प्रचण्डले छलफल बढाएको बुझिएको छ ।

केहि दिनमै एकिकरण टुंग्याउने तयारीमा
पार्टी एकताको लामो समयसम्म पनि कतिपय एकता प्रक्रियाका कामहरु बाँकी रहेको प्रति अध्यक्ष प्रचण्ड सन्तुष्ट छैनन् । पार्टी शीर्ष नेतृत्वमा कुरा टुंगीन नसक्दा टुंगो लाग्न नसकेका कतिपय एकताका कामहरु छिट्टै टुंग्याउने गरि प्रचण्डले प्रक्रिया अगाडि बढाएको बुझिएको छ । असन्तुष्ट नेताहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले एकतालाई टुंग्याउन लागि परेको जनाइएको छ ।

एकता प्रक्रिया अन्तिम चरणमा पुगेको भएपनि विभिन्न आयोग, मञ्च र प्रवास कमिटिबारे जिम्मेवारी टुंग्याउन भने बाँकी छ । त्यस्तै पार्टी एकतामा महत्वपूर्ण मानिएको पोलिटब्यूरो गठन अझैसम्म हुन सकेको छैन् । अध्यक्ष प्रचण्डले पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका कामहरुपनि टुंग्याउनु पर्ने हुन्छ ।

जनवर्गीय संगठनलाई पूर्णता दिँदै
विभिन्न जनवर्गीय संगठनका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षहरुको टुंगो लगाएपनि सांगठनिक एकता भने अझै हुन सकेको छैन् । एकता प्रति कतिपयको असन्तुष्टीका कारण कतिपय संगठनहरुको वैठकसमेत बस्न सकेको छैन् । अध्यक्ष प्रचण्डले नेतृत्व टुंग्याइएको तर एकता प्रक्रिया नटुंगीएको संगठनहरुलाई भेला तथा वैठकहरु राख्न निर्देशन दिने तयारीमा छन् ।

भाद्र १ मा बसेको सचिवालय बैठकले २२ संगठनहरुको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको थियो । सचिवालयले टुंगाएको विभिन्न ६ जनवर्गीय संगठनबारे पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले यसअघि ‘नोट अफ डिसेन्ट’को प्रस्ताव नै राखेका छन् । अध्यक्ष प्रचण्डले जनवर्गीय संगठनको नेतृत्व बारे असन्तुष्ट बनेका नेता माधव नेपालसँग छलफल गरिसकेको बुझिएको छ ।

स्थायी समितिको बैठक बसाल्ने तयारी
पार्टी एकताका धेरै कामहरु शीर्ष केहि नेता र सचिवालय बाटै मात्र टुंग्याउँदा धेरै नेताहरुमा असन्तुष्टी देखिएको भन्दै अध्यक्ष प्रचण्डले स्थायी समितिको वैठक राखेर छलफल गर्ने तयारी गरेको थालेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले यसअघिको एकताका विषय र बाँकी पार्टी कार्यक्रमबारे पनि स्थायी समितिमा छलफल गर्ने तयारी थालेका छन् । उनले एकता प्रक्रियामा असन्तुष्ट बनेका नेताहरुसँग समेत सुझाव लिने तयारी गरेको बुझिएको छ । स्थायी समितिको वैठक भने अर्का अध्यक्ष केपि शर्मा ओली आए लगत्तै हुने जनाइएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies