Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यसकारण ४० नाघेपछि यौन इच्छा आकांक्षा बढ्दै जान्छ थाहा पाउनुहाेस्

म ४० वर्षको भएँ। १० वर्षको जेल जीवनपछि रिहा भएर घर जाँदा श्रीमतीसँग सहवासको प्रयास गर्दा लिङ्ग उत्तेजित भएन। जेलमा बस्दा हस्तमैथुन गर्ने गरेको थिएँ। समस्याको समाधान के होला रु

डा. दिनेश बाँस्तोला
कारागारजस्तो ठाउँमा बन्दी जीवन बिताइरहेका व्यक्तिले यदाकदा लुकिछिपी केही वैयक्तिक स्वतन्त्रताको प्रयोग गर्न सक्छन्। बन्दी जीवनमा पुरुष र महिला फरक–फरक ठाउँमा हुन्छन्। जसका कारण व्यक्तिमा यौन कुण्ठा हुन्छ। अर्कोतर्फ यौन कुण्ठा भएको अवस्थामा व्यक्तिले कुन समय, कस्तो स्थान र को व्यक्तिसँग यौन क्रियाकलाप तथा यौन सम्पर्र्क गर्ने भन्ने ख्याल गर्न मुस्किल पर्छ। त्यसैले यस्तो अवस्थामा आफूसँग जे उपलब्ध छ, त्यसैमा यौन सन्तुष्टि लिने प्रयास हुन्छ।

नियमित हस्तमैथुन गर्दा ठूलै शारीरिक असर नगर्ने भए पनि यस्तो बानीव्यवहारले वास्तविक यौन सम्पर्कमा भने असर पुर्याउँछ। तनाव तथा हीनताबोधका कारण पुरुष र महिलाको यौन बानी व्यवहारै परिवर्तन भई निराशा ल्याउन सक्छ।

निस्क्रिय यौनाङ्ग
नियमित हस्तमैथुन गर्नाले व्यक्तिको जनेन्द्रियमा रक्तसञ्चार कमी हुने जोखिम हुन्छ। नाइट्रस अक्साइड नामक रसायनको उत्पादनमा कमी हुने र जनेन्द्रियका स्नायुहरु संवेदनशील नहुने जोखिम हुन्छ। त्यति मात्र हैन, यौनको महत्वपूर्ण भाग मस्तिष्कको सोचाइमा समेत असर पुग्न सक्छ।

लामो समय कैदी जीवन बिताएर बाहिर निस्कदा र यौन जोडीसँग यौन सम्पर्क गर्न खोज्दा लिंग उत्तेजित नहुनुको कारण शारीरिक तथा मानसिक रोग पनि लागेको हुन सक्छ। विभिन्न दीर्घ रोग पनि कारक हुन सक्छन्। रक्तचाप, चिनी रोग, तनाव तथा डिप्रेसनजस्ता शारीरिक तथा मानसिक रोग लागेको अवस्थामा यौन उत्तेजना नहुन सक्छ।

४० वर्ष नाघेका व्यक्तिको यौन इच्छा, आकांक्षा बढ्दै जाने भए पनि शारीरिक रुपमा यौन क्षमता घट्दै जानु प्राकृतिक नियमै हो। जुन सामान्य हो। निरन्तर हस्तमैथुन गर्दा यौनाङ्गका मांशपेशीमा आघात पुग्नुका साथै यौनाङ्गमा चोट–पटक लाग्ने जोखिम हुन्छ। जसका कारण यौनाङ्गका मांशपेशीको शोथ हुने सम्भावना हुन्छ। यौनाङ्गमा यस्तो समस्या हुँदा यौन उत्तेजना भए पनि जनेन्द्रिय भने यौन सम्पर्कका लागि सक्षम हुँदैनन्।

एकल पुरुष हस्तमैथुन
व्यक्ति स्वयं आफैँले आफ्नो यौनाङ्ग चलाएर गरिने हस्त मैथुन एकल पुरुष हस्तमैथुन हो। एकल पुरुष हस्मैथुनमा पुरुषले विपरीत लिङ्गी वा सहयोगीबिनै हस्तमैथुन क्रियाकलाप हुन्छ। यो तत्कालीन वा क्षणिक यौन आनन्दका लागि गरिने यौन कार्य हो। यो लोकप्रिय यौन अभ्यास पनि हो। यसमा यौन जोडी आवश्यकता नपर्ने भएकाले छोटो समयमा क्षणिक यौन आनन्द लिन सकिने उपाय हो। यो यौन सन्तुष्टि लिने उपयुक्त उपाय हो। यसरी नियमित हस्तमैथुन गर्दा भने यौनाङ्गमा चोटपटक लाग्न सक्छ। यसरी नियमित रुपमा लामो समयसम्म पुरुषले हस्तमैथुन गरिरहे महिलासँग यौन सम्पर्क गर्न खोज्दा र गर्दा शीघ्र स्खलनको समस्या हुन्छ।

नियमित हस्तमैथुन गर्दा व्यक्ति शारीरिक रुपमा कमजोर हुन्छ, जसका कारण यौन उत्तेजनमा समस्या आउँछ। लामो समय हस्तमैथुनका कारण लिङ्गको घर्षण अत्यधिक हुन्छ भने योनि खुकुलो हुन्छ। यस्तो अवस्थामा पुरुषले महिलासँग यौन सम्पर्क गर्दा योनिको मांशपेशी नरम हुने भएकाले कडा घर्षण हुँदैन। त्यसैले हस्तमैथुन गर्ने बानी परेको व्यक्तिलाई विपरीत लिङ्गी यौन जोडीसँगको यौन सम्पर्कमा यौन आनन्द लिन मुस्किल पर्छ।

यति मात्र हैन, हस्तमैथुन गरेर यौन तृप्ति मेट्ने बानी परेका व्यक्तिले विपरीत लिङ्गीसँग यौन सम्पर्क गर्न हिच्किचाहट हुने सम्भावना धेरै हुन्छ। व्यक्तिको शारीरिक रुपमा विपरीत लिङ्गीसँग यौन सम्पर्क गर्ने समयमा लिङ्ग उत्तेजित नहुँदा मानसिक रुपमा हीनताबोध हुँदै जान्छ। जसका कारण व्यक्ति शारीरिक रुपमा समेत स्खलित हुने अवस्था आउँछ। यस्ता व्यक्तिले शारीरिक भन्दा मानसिक समस्याका कारण यौन जोडीसँग यौन सन्तुष्टि लिन मुस्किल पर्छ। यो समस्या सबै उमेर समूहमा हुन्छ।

अन्तरलिङ्गी हस्तमैथुन
आफैँले आफैँ मात्रै हैन अन्तरलिङ्गी (विपरीत लिङ्गीबीच)पनि हस्तमैथुन हुन्छ। विपरीत लिङ्गी यौन जोडीबीच हुने हस्तमैथुनमा पुरुषले महिलाको वा महिलाले पुरुषको यौनाङ्ग चलाएर, खेलाएर, सुँघेर, चाटेर गर्न सकिन्छ। यस्तो यौन क्रियाकलापमा यौन जोडीको यौन आकर्षण तथा भावना जाग्रित भएको हुन्छ। एक त विपरीत लिङ्गीसँग यौन सम्पर्क गर्न नचाहने व्यक्तिले यस्तो यौन अभ्यास गर्न सक्छन् भने अर्कोतर्फ अनुभवी हस्तमैथुन गर्ने व्यक्तिले। यसरी विपरीत लिङ्गीबीच नै हस्तमैथुन गर्दा वास्तविक यौनमा भने असर पुग्ने जोखिम हुन्छ।

एकल महिला हस्तमैथुन
सामान्यतः महिलाले स्वयं आफ्नै यौनाङ्ग चलाएर गरिने हस्तमैथुन एकल महिला हस्तमैथुन हो। एक महिलाले अर्की महिलाको यौनाङ्ग चलाएर समेत हस्तमैथुन हुन्छ। विपरीत लिङ्गी यौन जोडीको उपलब्धता नहुँदा महिलाले यौन सन्तुष्टि लिन सजिलो उपायको रुपमा हस्तमैथुनलाई रोज्न सक्छन्। यसको अर्थ महिलाले यौनको विकल्पका रुपमा हस्तमैथुन रोज्छन्। जुन सामान्य हो। विपरीत लिङ्गी यौन जोडीसँगको विकर्षण र समलिङ्गीप्रति आकर्षित हुँदासमेत महिलाले हस्तमैथुनको बाटो रोज्छन्।

योनि चलाएर, चुम्बन गरेर, स्तन चलाउने जस्ता यौन क्रियाकलाप गरी हस्तमैथुन गर्न सकिन्छ। यसरी महिलाले हस्तमैथुन गर्नु पनि त्यति उचित भने हैन। हस्तमैथुनको क्रममा औँलाले योनि चलाउँदा योनि संक्रमणको जोखिम हुन्छ। जिब्रोले योनि चाट्दा मुखमा संक्रमण हुने जोखिम त्यत्तिकै हुन्छ। एचआइभी लगायतका रोगको जोखिम हुन्छ।

सामाधानको उपाय
निरन्तर हस्तमैथुन गर्दा प्राकृतिक यौनमा आकर्षण कम हुँदै जान्छ। निरन्तर गरिने हस्तमैैथुनले व्यक्तिको यौनको मामलामा शारीरिक तथा मानसिक रुपमा असर पुग्छ।

हस्तमैथुन गर्ने बानी परेको खण्डमा पनि कम गर्नु नै उचित हुन्छ। नियमित हस्तमैथुन गर्ने बानी भए कम गर्दै जानु ठीक हुन्छ। यौनसम्बन्धी समस्या भएको खण्डमा यौन विशेषज्ञ, मनोविद् तथा मानसिक रोग विशेषज्ञको सल्लाह लिई समस्या समाधानको बाटो अपनाउन सकिन्छ।

समय प्राकृतिक रुपमा यौन सम्बन्ध नराखी हस्तमैथुनमा सक्रिय हुँदा महिला साथीको आवश्यकताबोध नभएको पनि हुनसक्छ। यसका लागि बिस्तारै हस्तमैथुन घटाउने र आफ्नो यौन साथीसँगको निकटता बढाउने गर्नुपर्छ। यसबाट पनि समाधान नभए उपचार गरेर यौनसम्बन्धी यस्ता समस्या समाधान गर्न सकिन्छ। त्यसैले यौन समस्या भएको खण्डमा उचित विशेषज्ञको सल्लाह उचित उपचार विधि अपनाउन सकिन्छ। घरैमा समस्या पालेर नबसेकै राम्रो।
शुक्रबार साप्ताहिकबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies