Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेकपामा नेता नेपालको प्रस्ताव अस्विकार, बामदेव गौतमले भने - पार्टीमा विवादको अवस्था छैन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ ।

यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकपछि पत्रकारको जिज्ञासामा सचिवालय सदस्य वामदेव गौतमले भने, “सचिवालयमा सदस्य थप्ने अहिले सोचाइ छैन र पार्टीमा कुनै त्यस्तो विवादको अवस्था छैन । पार्टीमा पूर्व एमाले र पूर्व माओवादीको गुट छैन, नेकपाको एउटै गुट छ ।”

भदौ १ गतेकै बैठकले अध्यक्षद्वयपछिको पहिलो वरिष्ठ नेतामा भmलनाथ खनाल र त्यसपछिको वरिष्ठमा नेता नेपाल रहने निर्णय गरेको थियो । त्यसअघि नेता नेपाल वरिष्ठतामा भने पहिलो वरियतामा थिए । नेता खनालले तत्कालीन एमालेमा आफू निवर्तमान अध्यक्षका हैसियतमा पहिलो वरिष्ठ नेताका रुपमा रहेकाले एकीकरणपछि पनि सोही वरियता हुनुपर्ने माग गर्दै आएका थिए ।

हाल नेकपामा तत्कालीन एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु खनाल, नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहित नौ सदस्यीय सचिवालय छ । तत्कालीन एमालेमा रहेका उपाध्यक्षमध्ये गौतम मात्र र उपमहासचिव रहेका पौडेल एकतापछिको सचिवालयमा पर्नु तर अन्य उपाध्यक्ष नपर्नुले पूर्ववत् वरियताको स्पष्ट मापदण्ड नभएको नेता नेपालको जिकिर छ ।

सचिवालय बैठकले पार्टीको विभिन्न जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको थियो । वरिष्ठ नेताको वरियता हेरफर र ती निर्णयमा नेता नेपालले सात बुँदे ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । उनले पार्टीमा एक पद, एक जिम्मेवारीका लागि पनि वकालत गर्दै आएका छन् ।

पार्टीका प्रवक्ता श्रेष्ठले पनि नेता नेपालको फरक मत हाल प्रस्तावका रुपमा बैठकमा छलफल नहुने स्पष्ट गरिसकेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि आज सिङ्गापुर जानुहुने भएकाले अध्यक्ष प्रचण्डको अध्यक्षतामा चाँडै बस्ने सचिवलाय बैठकले साङ्गठनिक एकताका बाँकी कामबारे निर्णय गर्ने आजको सचिवालय बैठकमा समझदारी भएको छ । एकीकरणले पूर्णता नपाउँदा कार्यकर्तामा निराशा र आशङ्का अन्त्य भएको छैन भने सरकार र पार्टीबीचको समन्वयमा पनि बेलाबखत विवाद उत्पन्न हुँदै आएको छ ।

नेता गौतमले एकतापछि केन्द्रीय विभाग गठन भएकाले अब अन्य साङ्गठनिक कामले पनि गति लिने जनाउनुभयो । उहाँले आफूलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान संशोधनपछि मात्र कार्यान्वयनमा आउने स्पष्ट गर्नुभयो । गत साउन ३१ गतेको सचिवालय बैठकले गौतमलाई पार्टीमा उपाध्यक्ष बनाउन स्थायी कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

‘यो निर्णयले तपाईं पार्टीमा पुनःशक्तिशाली बन्नुभएको भनिन्छ नि’ भन्ने पत्रकारको प्रश्नमा नेता गौतमको जवाफ थियो, “त्यस्तो होइन, म हिजो जे थिएँ, आज पनि त्यहीँ छु । मेरो भूमिका उही रहनेछ ।” पार्टी एकताका लागि निर्णायक भूमिका खेलेका गौतम केन्द्रीय सङ्गठन विभागको प्रमुख र अखिल नेपाल किसान महासङ्घको इञ्चार्ज पनि छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । एकतापछि अध्यक्ष दुई, एक महासचिव र अन्य नेता सचिवालय सदस्य रहने गरी अन्तरिम विधान जारी गरिएको थियो । पार्टीले ‘जनताको बहुदलीय जनवाद’ र एक्काइसौँ शताब्दीको जनवाद’लाई थाँती राखी तत्कालका लागि ‘जनताको जनवाद’ को विचारलाई मार्गदर्शक मान्ने र दीर्घकालीनरुपमा वैज्ञानिक समावादमा पुग्ने लक्ष्य लिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies