Khabar Dabali Logo
  September 21, Sat

मोरङमा सवारी दुर्घटनामा परी १०५ जनाको मृत्यु

विराटनगर । गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवराज पोखरेलका अनुसार सो अवधिमा जिल्लाभरिमा ४८४ दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ८५४ घाइते भएका थिए । आर्थिक वर्ष २०७३÷७४ मा ४३४ दुर्घटनाबाट १०४ जनाको मृत्यु भएको थियो भने ८२५ घाइते भएका थिए । आव २०७४÷७५ मा ५०३ सवारी दुर्घटनामा १०९ को मृत्यु र ८२८ घाइते भएका थिए ।

सडकको दुरावस्था, तीव्र गति, ओभरलोडजस्ता कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । यस्तै, सवारी कारवाहीबाट गत आर्थिक वर्षमा रु तीन करोड ८४ लाख ६९ हजार राजश्व सङ्कलन भएको छ भने आव २०७३÷७४ मा रु एक करोड ९९ लाख ६६ हजार र आव २०७४÷७५ मा रु तीन करोड ४१ हजार राजश्व सङ्कलन भएको कार्यालयबाट थाहा भएको छ ।

आव २०७५÷७६ मा ६५ हजार १३३, आव २०७३÷७४ मा ३३ हजार ८८३ र आव २०७४÷७५ मा ५४ हजार ८१६ सवारीसाधन कारवाहीमा परेका छन् ।

राधाकृष्ण रथयात्राका लागि सुदृढ सुरक्षा व्यवस्था

यस्तै, भदौ ७ गते विराटनगरको पोखरियाबाट निस्किने श्री राधाकृष्ण रथयात्राको सुरक्षाको राम्रो प्रबन्ध मिलाएको प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । लगभग सात किमी दूरी तय गर्ने रथयात्रामा एक हजार ५०० भन्दा बढी प्रहरी परिचालन हुने र नगर क्षेत्रमा जडान भएका सबै सिसी क्यामेरामा निगरानी गरिने व्यवस्था मिलाएको उपरीक्षक अधिकारीले बताए ।

भदौ ५ गते, २०७६ - १२:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान...   

जनताको अवस्था बदल्न चुनौती – मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था...   

संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ – मुख्यमन्त्री राउत

जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु...   
मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

मेरुदण्ड, नशा र मांशपेशीविज्ञ सम्मेल

काठमाडाैं ।सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका...   

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला...   
संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

संवैधानिक कर्मबाट संविधानको पालना गरौँ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान...   

मैत्रीपूर्ण भलिबलको उपाधि कर्मचारी टोलीलाई

चिप्लेढुङ्गा । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको...   
परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

काठमाडौ । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार...   

शेयरबजारमा थप दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौ । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना...   

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top