Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

रवि लामिछानेका २२ समर्थकविरुद्ध मुद्दा, हिरासतभित्र के गर्दै बस्छन् रवि ?

चितवन । चितवन प्रहरीले पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका २२ समर्थकहरुविरुद्ध मुद्दा चलाएको छ । रविको रिहाइका लागि भएकोे प्रदर्शनमा खराब आचरण र व्यवहार देखाएको भन्दै चितवन प्रहरीले अभद्र दुर्व्यवहार अन्तर्गत मुद्दा चलाएको हो ।

त्यस्तै, प्रहरीले भदौ २ गतेको प्रर्दशनबाट रवि समर्थक १० जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार भएकालाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको छ । गिरफ्तार हुनेमा गोरखा भीमसेन गापा–२ वस्ने वर्ष २९ की संगीता पोखरेल, रत्ननगर १३ की वर्ष ३८ की मीरा लामिछाने, भरतपुर १२ की वर्ष ३८ की तारा बराल, भरतपुर–८ की वर्ष २९ की मीरा सुवेदी, भरतपुर–७ की वर्ष २० की समीक्षा ढकाल, सोही ठाउँकी वर्ष ३८ की शर्मिला ढकाल, भरतपुर–१३ का वर्ष २२ को सुरज श्रेष्ठ, भरपतुर–११ को वर्ष ३२ को अर्जुन पन्त, भरतुर–४ को वर्ष ४० को मोहन खतिवडा र भरतपुर–१० को वर्ष ४० को अजय गहतराज रहेको प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । उनीहरूविरुद्ध म्याद थप भई अनुसन्धान भइरहेको छ ।

त्यस्तै, साउन ३० गतेको प्रदर्शनमा थप आठजना गिरफ्तार भएका छन् । गिरफ्तार हुनेमा रामचन्द्र पाण्डे, अरुण बानियाँ, बिम्बा कोइराला, लीला सापकोटा, अर्जुन जोशी, प्रकाश जैसी, पार्वता अधिकारी र लक्ष्मी तिमिल्सिनाविरुद्ध बुधबार सात दिनको म्याद थप भएको छ । आरोपितका आफन्त, सहकर्मीसँग सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।

हिरासतमा पुस्तक पढ्छन् रवि
सीधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने साउन ३० गते देखि चितवन प्रहरीको हिरासतमा छन् । हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै पढ्ने र खेल्ने गर्छन् । भेटघाटबाहेकका समयमा रवि हिरासतमै रहेका अन्य थुनुवासँग समय बिताइरहेका छन् । बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies