Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

प्रचण्डका ‘दुश्मन’ जयशंकरको नेपाल भ्रमण – होला त प्रचण्डसँग भेट ?

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन भनेर २ दिनका लागि नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री एस जयशंकरका बारेमा राजनीतिक वृत्तमा गम्भीर चर्चा परिचर्चा भइरहेको छ ।

यहाँसम्म कि जयशंकरको नेपाल भ्रमणको विषयमा बुधवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक जयशंकरकै नेपाल भ्रमणमा केन्द्रित रहेको थियो ।

बुधवार दिउँसो अपरान्ह त्रिभुवन विमानस्थलमा उत्रेका जयशंकर सिधै प्रधानमन्त्री निवास बालुवाटारतिर हान्निए । प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार उपचारका लागि बिहीवार सिंगापुर जाने कार्यक्रम रहेको छ । यही कारणले जयशंकरले आउँदा आउँदै ओलीसँग भेट गरेका हुन् ।
त्यसपछि साँझ करीब ५ बजे नेपाल भारत संयुक्त आयोगको बैठक शुरू भएको छ । २ दिनसम्म चल्ने उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ३५ जनाको टोलीको नेतृत्व गरिरहेका छन् ।

नाकाबन्दीका योजनाकार – जयशंकर

जयशंकर धेरै नेपालीका लागि चीरपरिचित नाम हो । २०७२ सालको असोजमा अन्तिम चरणमा रहेको नेपालको संविधान निर्माण प्रक्रिया केही दिन अझै धकेल्ने मनासयले उनी प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा नेपाल आएका थिए ।

भारतको मन्जुरीबिना नेपालले संविधान बनाउन लागेकाले भारत नेपालका राजनीतिक नेतृत्वसँग नराम्ररी रिसाएको थियो । संविधान रोक्न भारतले कतिसम्म दबाब र हस्तक्षेप गरेको थियो भन्ने कसैले बिर्सेका छैनन् ।

१ असोजमा भारतीय तत्कालीन विदेशसचिव जयशंकर नेपाल आए । जयशंकरले प्रमुख राजनीतिक दलका नेतालाई पालैपालो भेटेर संविधान रोक्न दबाब दिए । तर, उनको दबाब दलहरुले अस्वीकार गरे । संविधान जारी भएरै छाड्यो ।

राजनीतिक पार्टीहरुभित्र विग्रह ल्याउने कोसिसदेखि सांसद् खरिद बिक्रीसम्म गरेको थियो भारतले । अनेक प्रयास र हर्कतले काम नगरेपछि संविधान जारी भएको झोकमा नेपालमाथि अमानवीय नाकाबन्दी लगायो ।

जयशंकरले भारतको सहमतिबिना आएको संविधान लागू गरेर देखाउन चुनौती दिएका थिए । ‘भारतले नमानेको संविधान संसारले माने पनि त्यसको के अर्थ ?’ , जयशंकरले त्यतिबेला भनेका थिए ।

प्रचण्ड/जयशंकर दुश्मनी

‘पाहुनाका रुपमा आफ्नै घरमा नआएको भए बीचैमा उठेर हिंड्नेजस्तो गरी ठाडठाडो कुरा गरे’ , तत्कालीन एमाओवादीका अध्यक्ष प्रचण्डले बारम्बार भन्ने गरेका छन्, ‘म र बाबुरामजी ९बाबुराम भट्टराई० दुईजना पूर्वप्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ पूर्वउपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेको व्यक्तिका अगाडि एउटा विदेशी सचिवले कुटनीतिक मर्यादाविपरीत कुरा गर्दा धेरै ठूलो पीडा भयो ।’

त्यसपछि पुनः चैतमा जयशंकर नेपाल आए । सार्क विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन जयशंकर नेपाल आएका थिए । उनले त्यतिबेला प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेता भेटे । मधेसी मोर्चाका नेतालाई आफू बसेकै होटलमा सामूहिक भेट दिए । प्रचण्डले भेटेनन् ।

तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको भेट हुन सकेन । जयशंकर काठमाडौँमा राजनीतिक भेटवार्तामा व्यस्त रहँदा प्रचण्ड दोलखामा थिए । प्रचण्डलाई जयशंकर आउँदै गरेको मात्र होइन, भेटका लागि समय माग गरिएको समेत थाहा थियो ।

जयशंकर भेट्नुको साटो उनी ‘पूर्वनिर्धारित’ कार्यक्रमका लागि भन्दै बिहानै दोलखा हानिए । प्रचण्ड जयशंकरसँग भेट्न चाहँदैनथे । संविधान रोक्न आउँदा जयशंकरले आफ्नै निवास लाजिम्पाटमा गरेको व्यवहारबारे प्रचण्डले पटकपटक सार्वजनिक रुपमै आक्रोश पोख्दै आएका छन् ।

प्रचण्ड/ जयशंकर सम्बन्ध सुधार्ने मौका

सबैलाई थाहा छ, त्यतिबेला जयशंकर विदेश सचिवका रूपमा नेपाल आएका थिए । उनी मोदीका विशेष दुत थिए । भारतको नेपाल नीति कार्यान्वयन गर्ने अवस्थामा थिए जयशंकर । तर अहिले समय फेरिएको छ ।

उनी विदेशमन्त्री बनेका छन् । २०१९ सालको लोकसभा निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका मोदीले जयशंकरलाई विदेशमन्त्रीको रूपमा नियुक्त गरेका थिए । अहिले जयशंकर भारतीय नीतिलाई कार्यान्वयन गर्नेबाट बढुवा भएर नीति नै निर्माण गर्ने हैसियतमा छन् ।

भारतका सेवा निवृत्त सेनाध्यक्ष तथा नेपाल मामिलाका जानकार अशोक मेहताले त्यतिबेला भारतको नीति कार्यान्वयन गर्न जयशंकरलाई पठाइएको र नाकाबन्दीमा जयशंकरको ठूलो हात नभएको दाबी गर्छन । बुधवार एक अनलाइन सञ्चार माध्यमसँग कुरा गर्दै मेहताले त्यतिबेला भारतले गरेको नाकाबन्दीका सन्दर्भमा जयशंकरले नेपाली सामु माफी माग्नुपर्ने बताएका थिए ।

विदेशमन्त्रीका रूपमा नेपाल आएका जयशंकरको प्रचण्डसँगको भेट अझै निश्चित भइसकेको छैन । बुधवार दिउँसो उनले ओलीसँग भेट गरिसकेका छन् भने बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम रहेको छ । सत्तारूढ दलका अध्यक्ष प्रचण्डसँग भेट्ने कार्यतालिका यो टिप्पणी लेख्दासम्म सार्वजनिक भइसकेको छैन ।

स्रोतका अनुसार जयशंकरको टीमले प्रचण्डसँग भेट्नका लागि समय मागिसकेको छ । सम्भवतः बिहीवार नै भेटवार्ताको समय तय हुनेछ । यदि भेटवार्ता भयो भने यो जयशंकर र प्रचण्ड दुवैका लागि सम्बन्ध सुधारको कडी बन्न सक्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies