Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

संसद भवनमा सुविधासम्पन्न चमेना गृह

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनमा तोकिएको अवधिभन्दा अघि नै सुविधासम्पन्न चमेना गृहको निर्माण सम्पन्न भएको छ ।

करीब छ महीना निर्माण अवधि तोकिएको चमेना गृह पाँच दिनअघि नै निर्माण सम्पन्न भई आज हस्तान्तरण गरियो । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले चमेना गृहको उद्घाटन गर्दै मुुलुकमा धेरैजसो आयोजना तोकिएको समयमा सम्पन्न नहुने समस्या देखिएका बेला इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेर समयमै काम सम्पन्न हुन्छ भन्ने सन्देश चमेना गृहले दिएको बताए ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको अध्यक्षसमेत रहनुभएका मन्त्रालयका सचिव मधुसूदन अधिकारीले मन्त्रालय र कर्मचारीको आवश्यक समन्वय एवं सहकार्यले समयमै काम सम्पन्न भएको जानकारी दिए ।

सम्मेलन केन्द्र विकास समितिले गत फागुन ९ गते घिसिङ/कुँवर जेभी निर्माणलाई रु दुई करोड ७८ लाखमा चेमना गृहको निर्माणका लागि ठेक्का दिएको थियो । ठेक्काअनुसार छ महीना अवधि भदौ ८ गते पूरा हुँदै थियो ।

करीब १० हजार ५५७ वर्गफिट क्षेत्रफलमा निर्माण भएको चमेना गृहमा १८६ जनासम्मको भोजन कक्षको क्षमता रहेको मन्त्रालयका सहसचिव एवं सम्मेलन केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद दवाडीले बताए।

मुस्लिम समुदायका लागिसमेत खान मिल्ने हलाल खाना बनाउन छुट्टै भान्छाघरको व्यवस्था चमेना गृहमा गरिएको छ । गृहमा भान्छा हल, भण्डार कक्षका साथै अति विशिष्ट व्यक्तिका लागि छुट्टै भोजन कक्षको समेत व्यवस्था गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies