Khabar Dabali Logo
  September 21, Sat

यसकारण रवि लामिछाने पत्नी निकिताको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले लिन मानेन । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न पुगेकी थिइन् । निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले भने प्रहरी उजुरी दर्ता गर्न नमानेको बताए ।

रवि पत्नी निकिता, दाजु हरिशंकर लामिछाने र अधिवक्ता राजेन्द्र सेढाइले उक्त विषयमा प्रहरी उपरीक्षक अशोक सिहसङसँग आधा घण्टा छलफल गरेका थिए । छलफलमा सहभागी प्रहरी उपरिक्षक अशोक सिहसङले यो विषय प्रहरीको क्षेत्राधिकारभित्र पर्ने नभई अदालतले छिनोफानो गर्ने विषय भएको बताए । उनले भने, ‘यो केस प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन, चितवन र काठमाडौं प्रदेशका हिसावले पनि समानान्तर जिल्ला हुन् । प्रहरीभित्रको उजुरी प्रहरीले हेर्दैन ।’

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकता अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्न गएकी छिन् ।

चितवन जिल्ला अदालतलले पत्रकार पुडासैनी आत्महत्या प्रकरणका आरोपित पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । मंगलबार म्याद थपका लागि भएको बहसमा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले आधार र कारण खुलाइ थप १० दिनको समय माग गरेकोमा जिल्ला अदालत चितवनले पाँच दिनको समय दिएको हो ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती मृत फेला परेका थिए। आत्महत्या अघि पत्रकार पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियो गत बुधबार सार्वजनिक भएको थियो। भिडियोमा कार्की, लामिछाने र कडेंलका कारण मर्नु परेको मृतक पुडासैनीले बोलेका थिए।

भदौ ४ गते, २०७६ - १६:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक

काठमाडौं । छ वर्षअघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक पनि सहभागी भएका छन् । वाग्मती...   

साताको शेयर बजार, एक अर्ब ८९ कराडको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र...   
नेकपा सचिवालयको बैठक सुरु, यस्ता छन् एजेन्डा

नेकपा सचिवालयको बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ। प्रधानमन्त्री...   

कपडा पेल्ने मेसिन पड्किँदा भारतीय नागरिकको घटनास्थलमै मृत्यु

ताप्लेजुङ । कपडा पेल्ने मेसिन पड्किँदा ताप्लेजुङमा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। सिरक...   

कानून पालना गराउन सरकार कठोर हुन्छ – मन्त्री ढकाल

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र...   

शिक्षा प्रणालीमा सुधारको खाँचो – उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएको छ। नेपाल शिक्षक...   

फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

अमेरिका । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको केम्ब्रिजको...   

चितवन मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज,...   

काङ्ग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी...   

संविधान जलाउन खोज्ने थारू कल्याणकारी सभाका अध्यक्षसहित तीन पक्राउ

बाँके । संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top