Khabar Dabali Logo
  February 26, Wed

प्रधानमन्त्री र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, के कुराकानी भयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशमन्त्री सुब्रमन्यम् जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग विदेशमन्त्री जयशंकरले शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पराराष्ट्र सचिव शंकरदास बैरागी, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायत सहभागी थिए।

तीन वर्षको अन्तरालपछि नेपाल-भारत दुईपक्षीय समग्र विषयमा छलफल गर्न २५ सदस्यीय उच्च अधिकारीको नेतृत्व गर्दै जयशंकर काठमाडौं‌ आएका हुन्।

विदेशमन्त्री जयशंकरले भारतीय दूतावासमा राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ। जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ। विभिन्न पाँच क्लस्टरमा छलफल भएपछि बैठक बिहीबार सकिनेछ।

भदौ ४ गते, २०७६ - १५:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साढे एक करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

साढे एक करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’...   

दिल्ली हिंसामा परि मृत्यु हुनेकाे संख्या १८ पुग्यो, परिस्थिति अझै नाजूक

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म...   
नयाँ पार्टी खोल्दै पूर्वडीआईजी रमेश खरेल

नयाँ पार्टी खोल्दै पूर्वडीआईजी रमेश खरेल

काठमाडौँ । नेपाल प्रहरीका पुर्वडीआइजी रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने भएका छन् । उनले औपचारिक...   
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान पारस खड्का चयन

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान पारस खड्का चयन

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई...   

आज पनि सुनको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले...   
सरकारले मगर दिवसमा सार्वजनिक बिदा दिने

सरकारले मगर दिवसमा सार्वजनिक बिदा दिने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले...   

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

बैतडि । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका...   

भोली सार्वजनिक बिदा

पाल्पा । पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक...   

दिल्लीमा दंगा, हिंसाबारे ट्रम्पले के भने ?

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि सुरु भएको प्रदर्शन भड्किँदा...   
दिल्लीमा दशकौँ यताको खराब हिंसा, मृत्यु हुनेको संख्या १३ जना पुग्यो

दिल्लीमा दशकौँ यताको खराब हिंसा, मृत्यु हुनेको संख्या १३ जना पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top