Khabar Dabali Logo
  February 26, Wed

दुर्घटनाका कारण रसुवाको राजमार्ग अवरुद्ध

रसुवा । स्याफ्रुबेँसी धुञ्चे सडकखण्डमा आज बिहान ८ बजे भएको सवारी दुर्घटनाका कारण रसुवागढी क्षेत्रको राजमार्ग बन्द भएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको केरुङबाट ल्याएको रेडिमेट मालवस्तु लिई काठमाडौँतर्फ जाने क्रममा गोसाइँकुण्ड गाउँपालिका–५ अन्तर्गत १२ घुम्ती पुछारमा ना २ ख ३८१६ नम्बरको कन्ट्रेनर डिब्बा दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको र बन्द राजमार्ग खुलाउने प्रयास जारी रहेको छ ।

दुर्घटनाबाट घाइतेले सवारी चालकको स्याफ्रुबेँसीको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पनि प्रजिअ भण्डारीले जानकारी दिए । उक्त डिब्बा राजमार्गमा तेर्सो परेको र भन्सारको शिलबन्दी डिब्बा भएकाले मालसासान पल्टिका लागि भन्सार कर्मचारी बोलाउने र क्रेन खोज्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

डिब्बाभित्र तयारी पोशाक रहेको भन्सार कार्यालयले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । यात्रामा हिँडेका आन्तरिक तथा बाह्य पर्यटकसमेत बिच बाटोमा अलपत्र परेको स्थानीय दावा तामाङले बताए । छिटोभन्दा छिटो राजमार्ग खुलाउन स्थानीय प्रशासनले प्रयास गरी रहेको बताइएको छ ।

तीनसय सवारीसाधन कारवाहीमा

सवारी नियम उलङ्घन गर्ने ३०० सवारी चालकलाई ट्राफिक प्रहरी रसुवाले कारवाही गरेको छ । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात गर्ने ट्रक तथा कन्टेनरमध्ये कतिपयले पासाङल्हामु मार्गमा गुड्न यातायात विभागको अनुुमति नल्याएको, सवारीसाधन गुडाउँदा ढोका खुुल्ला राख्ने गरेको, विलबुक साथमा नराख्नेजस्ता थुप्रै गल्ती गरेका कारण कारवाहीस्वरुप जरिवाना गरिएको जिल्ला ट्राफिक इञ्चार्ज शिवप्रसाद भट्टराईले जानकारी दिए ।

गत साउन महीनामा मात्रै ३०० सवारी चालक कारवाहीमा परेका र उनीहरूबाट रु एक लाख ९७ हजार ५०० जरिवानसमेत गरिएको बताउँदै अभिलेखकर्ता ट्राफिक प्रहरी हवल्दार प्रेम धमलाले सवारी चालकलाई ट्राफिक नीतिसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिइएको बताए ।

चेतनामूलक कार्यक्रमले सवारी चालकमा विगतको भन्दा केही सुधार आएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । चालू आर्थिक वर्षको गत साउनमा टिमुरेको भिर राजमार्गमा गुडिरहेको सवारीसाधनमा माथिबाट ढुङ्गा लडेका कारण मालवाहक कन्टेनर र टाटासुमो जीप दुर्घटना भई सोमध्ये जीपमा सवार दुईजनाले घटनास्थलमै ज्यान गुमाएको बताउँदै जिल्ला ट्राफिक इञ्चार्ज भट्टराईले सवारी चालकको गल्तीबाट हुने दुर्घटना भने न्यूनीकरण हुँदै गएको जानकारी दिए ।

नेपाल चीनको व्यापार व्यावसाय अभिवृद्धि गर्ने र राज्य कोषमा बढी राजश्व आर्जन गर्ने रसुवागढी नाकाको ट्राफिक व्यवस्थापन अत्यन्तै राम्रो भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङले बताए ।

ट्राफिक प्रहरीसँग भइरहेको मोटरसाइकल पुरानो देखिएको, ट्राफिक व्यवस्थापनका लागि छिटो गन्तव्य पुग्नुपर्ने रसुवाको कच्ची बाटोमा पुरानो मोटरसाइकल भएको पाइएकाले द्रुत रूपमा काम गर्ने वातावरणका लागि नयाँ साधन उपलब्ध हुन माथिल्लो निकायसँग आग्रह गरिएको अध्यक्ष तामाङले बताए ।

भदौ ४ गते, २०७६ - १५:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानवअधिकारवादी संस्था ‘हस्टेल फर हुमनिटी’ नेपालमा

काठमाडौ । स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी...   
धनी बन्ने यी पाँच सुत्र, जसले सफलतासँगै खुशी बन्न सिकाउँछ

धनी बन्ने यी पाँच सुत्र, जसले सफलतासँगै खुशी बन्न सिकाउँछ

हामी सबैको चाहना सफल बन्ने, धनी बन्ने र खुशी हुने नै हुन्छ । हामीले गर्ने हरेक क्रियाकलापहरू यसैको प्रतिस्वरूप...   

युरोपेली देशहरूमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै

थुप्रै युरोपेली देशले आफूकहाँ पहिलोपल्ट नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखापरेको घोषणा गरेका छन्। कोरोनाभाइरसको...   
बन्धक बनाएर लागुऔषधको नशा दिइयो र बलात्कार गरियो : गायिका डफी

बन्धक बनाएर लागुऔषधको नशा दिइयो र बलात्कार गरियो : गायिका डफी

ग्रामी अवार्ड बिजेता गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार...   

तीन वर्षपछि काभ्रेपलाञ्चोकमा कानूनी शिक्षा अभियान !

काभ्रेपलाञ्चोक । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक...   

अब जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने

हेटौँडा । वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी...   

हुलाकी राजमार्गको तिन सय ८५ किमी कालोपत्र

काठमाडौ । हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत...   
शुरु भो सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

शुरु भो सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ स्थित ऐतिहासिक दुगुनागढीको मर्मत कार्य शुरु भएको...   

बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर

धम्बोझी । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री...   

बङ्गुरपालनमा क्रियाशील वडाध्यक्ष लालबहादुर

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिकरुपमा बङ्गुरपालन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top