Khabar Dabali Logo
  August 3, Mon

यी ११ उद्योग कारवाहीमा

हेटाैडा । तोकिएको समयमा नापतौल यन्त्र जाँच र नवीकरण नगराउने पर्सा जिल्लाका ११ उद्योगलाई कारवाही गरिएको छ । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवको नेतृत्वमा खटिएको टोलीले छड्के गर्दा ती उद्योगले लामो समयदेखि नापतौल यन्त्र कानूनी प्रक्रिया पूरा नगरी अवैधरुपमा प्रयोग गरेको पाइएकाले कारवाही गरिएको हो ।

कारवाहीमा परेका उद्योगहरुमा जगदम्बा डिस्ट्रिब्युटर्स प्रालि वीरगञ्ज, मारुती रबर इन्डस्ट्रिज प्रालि, मोहित एग्रो इन्डस्ट्रिज प्रालि, ओम खाद्य उद्योग प्रालि, न्यू ओम खाद्य उद्योग, गङ्गा खाद्य उद्योग, शिवम् एग्रो इन्डस्ट्रिज प्रालि र दीपेश खाद्य उद्योग रहेका छन्।

शिवम् एग्रो इन्डस्ट्रिजको चामलको २० र २५ किलोग्रामको बोरामा तोकिएकोभन्दा तौल कम पाइएकाले कारवाही गरिएको जनाइएको छ । यसैगरी अन्य उद्योगहरुलाई नापतौल ऐन २०२५ अनुसार कसुरबमोजिम कारवाही गरिने गरिने भएको छ । यसअघि हेटौँडामा रहेको शिवम् फ्युल सेन्टर र एसियन पेन्ट्स उद्योगलाई कारवाही गरिएको थियो । लामो समयदेखि उद्योग र व्यावसायिक प्रतिष्ठानको नापतौल यन्त्रको अनुगमन नहुँदा उपभोक्ता गठिदैँ आएको व्यापक गुनासो आएपछि छड्के जाँच तथा अनुगमन शुरु गरिएको कार्यालय प्रमुख यादवको भनाइ थियो ।

केही महीनायता बारा, पर्सा र मकवानपुरमा सञ्चालित पेट्रोल पम्पहरुमा गरिएको अनुगमनमा कैफियत देखिएका एक दर्जन पम्प व्यवसायीलाई कारवाही गरिएको थियो । हाल उद्योग र व्यवसाय बढ्दै गएका तर अनुगमन सुस्त हुँदा उपभोक्ता ठगिने गरेका हेटौँडा–४ का रामप्रसाद भट्टराईले बताए ।

भदौ ४ गते, २०७६ - १४:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले १ सय ५६ घरपरिवार विस्थापित

पहिरोले १ सय ५६ घरपरिवार विस्थापित

तनहुँ । बाढी पहिरोका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा...   

बोको हरामद्धारा १८ सर्वसाधारणको हत्या, ११ जना गम्भीर घाइते

क्यामरुन । क्यामरुनको सुदुर उत्तरी क्षेत्रमा बोको हराम नामक सशस्त्र विद्रोही समूहले गरेको आक्रमणका...   

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? थाहापाउनुहोस् !

काठमाडौं । आज सोमबार सुनको मूल्यमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार...   

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल जारी

काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास...   

भारतीय गृहमन्त्रीलाई कोरोना पोजिटिभ

काठमाडौं । भारतीयत गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । आइतबार दिउँसो...   

नेप्सेमा ४३ अङ्कको गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले घटेको छ । नेपाल स्टक...   

जसलाई सुख भन्ने थाहै छैन, सुन्दा जो कोहीको पनि आँखा रसाउँछ !

इलाम । “मेरो भाग्यमा सुख भन्ने लेखेकै छैन जस्तो लाग्छ । सधैँ पीडामाथि पीडा आइलाग्छ”, माई नगरपालिका–...   

भोलिदेखि जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा...   

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौं । आइतबार नेपालमा २ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । देशका विभिन्न स्थानमा...   
लमजुङका घरबास भदौ १ देखि खुल्दै

लमजुङका घरबास भदौ १ देखि खुल्दै

लमजुङ । कोरोनाको त्रास तथा लकडाउनका बेला बन्द पर्यटकीय जिल्ला लमजुङका घरबास आगामी भदौ १ गतेदेखि पर्यटकका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top