Khabar Dabali Logo
  February 28, Fri

हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ

काठमाडौं । हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’ साँखु शालीनदी यातायात प्रालिका सार्वजनिक यातायातमा यस्तो फ्लेक्स झुण्ड्याइएको छ ।
रत्नपार्कबाट साँखु चल्ने यातायातमा चावहिलबाट माथि लागेपछि सडकको दूरावस्थाले यात्रा गर्न मुस्किल हुने गरेको छ । सडक बनाउन थालेको वर्षौं भए पनि काम सकिएको छैन । निर्माण व्यवसायी १०० मिटर सडक बनाएपछि महिनौँसम्म भाग्ने गर्दा पनि कुनै निकायले अनुगमन गरेको देखिँदैन ।

नयाँ शासन व्यवस्थासँगै तीन तहको सरकार बने भनिए पनि आम मानिसलाई असर पार्ने सडकको धुलो र हिलोको अनुगमन गर्ने फुर्सद कसैलाई नभएको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका सञ्जीव पुडासैनीले सुनाए । चावहिलबाट साँखु पुग्ने सडकमा चारवटा स्थानीय सरकार जोडिन्छन् । चावहिलबाट बौद्ध पीपलबोटसम्म काठमाडौँ महानगरपालिका, बौद्ध पीपलबोटबाट दक्षिणढोकासम्म गोकर्णेश्वर नगरपालिका, दक्षिणढोकाबाट डाँछीको ब्रह्मखेलसम्म कागेश्वरी मनोहरा नगरपालिका र ब्रह्मखेलबाट साँखुसम्म शङ्खरापुर नगरपालिकाको क्षेत्र पर्छ ।

कुनै पनि स्थानीय सरकारले आफ्नो क्षेत्रको सडक बनाउन पहल नगरेको स्थानीयवासीको गुनासो छ । साँखु–जोरपाटी–चावहिल सडक छिटो बन्नुपर्ने माग गर्दै स्थानीयवासीले सडक सरोकार समिति समेत गठन गरेका छन् । समितिले बिहीबार नगरपालिकामा धर्ना कार्यक्रम आयोजना गरेको अध्यक्ष मिलन खड्काले बताए । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्याल चावहिलबाट साँखुसम्मको धेरै ठाउँमा पूर्वाधार बनिसकेकाले कालोपत्र गर्न मात्र बाँकी रहेको बताए । चावहिलबाट चुच्चेपाटीसम्म खानेपानीको पाइप फेर्ने कार्यक्रम रहेकाले तत्काल कालोपत्र हुँदैन ।

बौद्धबाट पीपलबोटसम्म पूर्वाधार तयार भएर कालोपत्र गर्न सकिने गरी तयार भइसकेको आयोजना प्रमुख अर्यालको जिकिर थियो तर स्थानीयवासीले भने अझै विद्युत्लगायत तार, पोल नहटाइएको, बाटो विस्तार गरिएको स्थानमा सवारी साधान पार्क तथा पसलका सामान राखेर अस्तव्यस्त बनाइएको गुनासो गरेका थिए ।

बाटो विस्तारका लागि भत्काइएको स्थान अलपत्र छोड्दा बर्सादका बेला पानी जम्ने, पैदल मार्ग (फुटपाथ) मा हिँड्न नसकिनेलगायत समस्या रहेको निमा शेर्पाको गुनासो थियो । आयोजनाले भने पूर्वाधार तयार भए पनि बर्सादको समय भएर कालोपत्र गर्न नसकिएको जनाएको छ ।

भदौसम्म वर्षा हुने भएकाले असोजपछि कालोपत्र गरिने आयोजना प्रमुख अर्यालले सुनाए । थलीबजार क्षेत्रमा भने सडक साँघुरो भए पनि सर्वोच्च अदालतले मुआब्जा बिना नछुनु भन्ने आदेश जारी गरेकाले जति उपलब्ध छ त्यतिमै कालोपत्र हुनेछ ।

भदौ ४ गते, २०७६ - १४:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण गर्भपतन सेवा अस्थायी साधन बन्दै

डोटी । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन...   
उडिरहेको हेलिकोप्टरबाट एकाएक जस्तापाता खसेपछि…

उडिरहेको हेलिकोप्टरबाट एकाएक जस्तापाता खसेपछि…

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड...   
कुनै पनि देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुने विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी

कुनै पनि देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुने विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी

जेनेभा । विभिन्न ७ देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले...   
धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति...   

आजको पूर्वानुमान : अपराह्नपछि यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम...   
यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४...   

सीपी मैनालीको स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै रहने

काठमाडौं । दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार हुँदै गएको...   

विहेको प्रस्ताव अस्विकार गर्दा प्रेमीकामाथी तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक...   

नेप्सेको उछाल कायमै : आज पनि रेकर्ड ब्रेक, साढे चार अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो...   
प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

काठमाडाै‌ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनी रुपमा बिबाह गरेका छन् । बिहिबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top