Khabar Dabali Logo
  September 21, Sat

कश्मीर मुद्दामा मध्यस्थता गर्न ट्रम्पको चाँसो, भारत र पाकिस्तानसँग निरन्तर संवादमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक कश्मीर मुद्दामा मध्यस्थतताको चाँसो देखाएका छन् । ट्रम्पले मंगलबार एक टिभि च्यानलसँग संवाद गर्दै बल्झीदैं गएको कश्मीर मुद्दा आफुँले सुल्झाउन सक्ने बताएका हुन् ।

“कश्मीर एक जटिल स्थितिमा छ । यस समस्या धर्मसँग पनि जोडिएको छ । त्यहाँ हिन्दु र मुश्लिमको विषय छ । जसको कारण दुवै देशमा धेरै समस्याहरु देखिएका छन् ।” ट्रम्पले भने, “यो समस्या दशकौं देखि पनि चल्दै आएको हो । यस समस्यालाई सुल्झाउन मैंले मध्यस्थता गर्न सक्छु ।”

ट्रम्पले केहि साता अघि पनि भारत र पाकका प्रधानमन्त्रीलाई फोनमार्फत मध्यस्थता गर्न चाहेको विषय बाहिर आएको थियो । तर भारतले अमेरिकाको मध्यस्थततालाई भने अस्वीकार गर्दै आएको छ ।

अनुच्छेद ३७० हटाएसँगै भारत–पाकिस्तानसँग निरन्तर सम्पर्कमा
गत आईतबार ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमार्फत कुराकानी गरेका थिए । करिब ३० मिनेट भएको कुराकानीमा उनले द्धिपक्षीय र क्षेत्रीय मुद्दामा चर्चा गरेको विषय भारतीय सञ्चार माध्यमले बताएका छन् । मोदीले क्षेत्रीय शान्तिको लागि आतंकवाद र हिंसात्मक माहौल बन्द हुनुपर्ने धारणा राखेका थिए । उनले कश्मीर मुद्दाभन्दा अफगानिस्तानको विषयमा बढि चाँसो दिएर ट्रम्पसँग कुराकानी गरेको विषय भारतीय सञ्चारमाध्यमले बाहिर ल्याएका थिए ।

यसैबीच मोदीसँगको कुराकानी लगत्तै ट्रम्पले पाक प्रधानमन्त्री इमरान खानसँग पनि फोन संवाद गरेको समाचार बाहिर आएको थियो । ट्रम्पसँगको कुराकानीमा इमरानले कश्मीर मुद्दाको विषयमा चर्चा गरेका थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमले बताए अनुसार ट्रम्पले कश्मीर मुद्दालाई द्धिपक्षीय रुपबाट सुल्झाउन सुझाएका थिए ।

भदौ ४ गते, २०७६ - १२:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिग्री पाँडेको ‘सक्किगोनी’ले यूट्यूवमा शानदार प्रदर्शन गर्दै (भिडियाेसहित)

जिग्री पाँडेको ‘सक्किगोनी’ले यूट्यूवमा शानदार प्रदर्शन गर्दै (भिडियाेसहित)

काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग भएपछि कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे...   
चर्चित ‘तेलगु’ अभिनेता नागार्जुनको फार्म हाउसमा भेटियो पुरानो शव

चर्चित ‘तेलगु’ अभिनेता नागार्जुनको फार्म हाउसमा भेटियो पुरानो शव

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेता नागार्जुनको हैदराबादको बाहिरी क्षेत्रमा रहेको फार्म हाउसमा...   
रेलवे स्टेशनमा गाउँदै बलिउड पुगेकी रानु मन्डलको अर्को भिडिओ पनि भाइरल (भिडियोसहित)

रेलवे स्टेशनमा गाउँदै बलिउड पुगेकी रानु मन्डलको अर्को भिडिओ पनि भाइरल (भिडियोसहित)

एजेन्सी । भारत, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएर पेट पाल्दै आएकी रानु मन्डल अब बलिउडकी...   
‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

एजेन्सी । ‘बिग बोस’ एक भारतीय टेलिभिजनबाट आउने कार्यक्रम हो । यस कार्यक्रममा विवाददेखि लडाइँ–झगडा...   
संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

काठमाडौं । सरकारले संविधान दिवस भव्य रुपले मनाईरहँदा मधेश केन्द्रीत दलहरु भने कालो दिन भन्दै विरोधमा...   
कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

सुर्खेत । बिहान सवा ७ वजे नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही प्रदेश राजधानी वीरेन्द्रनगरको...   
यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

काठमाडौं । सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर...   
फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं । शुक्रबार अमेरिकीसहित प्राय देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२...   
चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा निकै उतार चढाव देखिएको छ । बिहिबार घटेको सुनको मुल्य शुक्रबार...   
दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

काठमाडौं । दसैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top