Khabar Dabali Logo
  February 23, Sun

बिहादीमा केन्द्र सार्ने विषयमा विवाद

पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र राख्ने सम्बन्धमा विवाद चुलिएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद देखिएको हो । बजेट विनियोजन भएर भवन निर्माण गर्ने बेलामा केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ । सङ्घ र प्रदेशको निर्णय बाझिँदा समस्या भएको हो ।

गाउँपालिकाको केन्द्र अहिले वडा नं ४ वहाकीमा रहेको छ । तर गण्डकी प्रदेश सरकारले गाउँपालिकाको भवन निर्माणकोलागि विनियोजन गरेको बजेटमा गाउँपालिकाको भवन वहाकीमा नभई इमिचौरमा निर्माण गर्ने भनेपछि विवाद बढेको हो ।

सङ्घीय सरकारले गाउँपालिकाको केन्द्र वहाकी तोकेर सोही ठाउँबाट काम हुँदै आइरहेकामा प्रदेश सरकारले दिएको बजेटसँगै आएको नामले गाउँपालिकाको केन्द्र सार्ने विषयले फेरि महत्व पाएको स्थानीयवासीले बताएका छन् । कतिपय जनप्रतिनिधिले अहिले कायम रहेको वहाकीमा नै गाउँपालिकाको केन्द्र हुनुपर्ने बताइरहेका छन् भने कतिपयले इमिचौरमा सारिनु उपयुक्त हुने बताउँदै आएका छन् ।

इमिचौर आसपासका बासिन्दा र जनप्रतिनिधिले अहिले भइरहेको स्थानको केन्द्र अपायक भएको बताउँदै केन्द्र इमिचौरमै सारिनुपर्ने मागलाई तीव्र पारिरहेका छन् । इमिचौर साविक रानीपानी गाविसमा पर्दछ । अहिले केन्द्र रहेको स्थान वहाकी र आसपासका बासिन्दाले केन्द्र सारिन नहुने बताउँदै आएका छन् । प्रदेश सरकारले भवन निर्माणका लागि रु एक करोड विनियोजन गरेपछि गाउँपालिकाको भवन निर्माण हुने पक्का भएको छ ।

जहाँ भवन निर्माण हुन्छ, त्यो नै स्थायी केन्द्र बन्ने भएका कारण इमिचौर र वहाकीका दुई पक्षबीच केन्द्र राख्ने विषयको मुद्दा चर्किएको स्थानीय हरि न्यौपानेले बताए । वडा नं ३ रानीपानीका वडाध्यक्ष रनबहादुर आलेले प्रदेशले ठाउँ तोकेर रकम विनियोजन गरिसकेको अवस्थामा केन्द्र सार्नैपर्ने बाध्यता रहेको बताएका छन् ।

“हामीले गाउँपालिकाको केन्द्र इमिचौर हुनुपर्छ भन्दै बहुमतको निर्णय गरी प्रदेश सरकारका विभिन्न मन्त्रालयमा केन्द्र सारिनुपर्ने माग बुझाएका थियौँ”, उनले भने, “गाउँपालिकामा पनि केन्द्र सार्नुपर्छ भन्ने माग आएको छ, प्रदेश सरकारले पनि बजेटसहित ठाउँ तोकेको छ ।”

गत शुक्रबार जनप्रतिनिधिसहित इमिचौर आसपासका स्थानीयवासी केन्द्र सार्नुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा पुगेका थिए । केन्द्र सार्ने विषयमा गाउँपालिका प्रमुख कमलप्रसाद भुसालसँग छलफल भएको भए पनि केन्द्र सार्ने विषयमा उदासीन बन्दै बेवास्ता गरेको वडाध्यक्ष आलेले बताए ।

बहुमतको सङ्ख्यामा गाउँपालिकाको केन्द्रमा पुगेका जनप्रतिनिधि र स्थानीयवासीको कुरा नसुनी गाउँपालिका प्रमुख भुसालले तोक लगाउन अस्वीकार गरेर भवनका लागि आएको बजेट फ्रिज गराउने अवस्था उत्पन्न गराएको उनको भनाइ छ । विहादी–२ का वडाध्यक्ष ओमप्रसाद कुँवरसहित सबै वडा सदस्य, कार्यपालिका सदस्य, वडा नं ३ का सबै सदस्य, वडा नं १ का प्रतिनिधि इमिचौरमा केन्द्र सानुपर्ने अडानमा छन् ।

गाउँपालिका प्रमुख भुसाल भने सङ्घीय सरकारले तोकेको वहाकीनै केन्द्र बन्नुपर्ने भन्ने अडानमा रहेका छन् । गाउँपालिकाको निर्माणका लागि वहाकीमा जगा किन्ने कामसमेत भइसकेका कारण केन्द्र सार्ने कुरा अनपयुक्त भएको उनको तर्क छ । उनले सकेसम्म सबैको सहमति गराएर साविककै ठाउँमा भवन निर्माण गरिने बताए ।

भदौ ४ गते, २०७६ - १२:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालबालिकालाई मोबाइलमा बन्देज लगाउनु भन्दा उचित प्रयोग सिकाउनु ठिक

बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण...   
यसरी हुदैछ इटहरीमा यौनधन्दा, बीस वर्ष मुनिका युवती बढी

यसरी हुदैछ इटहरीमा यौनधन्दा, बीस वर्ष मुनिका युवती बढी

इटहरी । देशका विभिन्न स्थानमा सेक्स वर्कर महिलाको संख्या बढीरहेका बेला पूर्वमा पनि बढेको पाइएको छ।...   
मृतकका परिवारलाई कमल हसनले एक करोड सहयोग गर्ने

मृतकका परिवारलाई कमल हसनले एक करोड सहयोग गर्ने

काठमाडौँ। दक्षिण भारतीय फिल्मका अभिनेता कमल हसनले केही दिन अगाडि इण्डियन २ को सुटिङका क्रममा भएको...   
पशुपतिमा सजावटमा राखिएको फूल चोरिँदै, फोहर थुप्रिँदै

पशुपतिमा सजावटमा राखिएको फूल चोरिँदै, फोहर थुप्रिँदै

काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र...   
पत्नीको अवैध सम्बन्धको आशंकामा पतिले यौनाङ्गमा सुपरग्लुले टालिदिएपछि…

पत्नीको अवैध सम्बन्धको आशंकामा पतिले यौनाङ्गमा सुपरग्लुले टालिदिएपछि…

एक व्यक्तिले अवैध सम्बन्ध राखेको आशंकामा पत्नीको यौनाङ्ग सुपर ग्लुले टालिदिएका छन् । घटना अफ्रिकी...   

पृथ्वीराजमार्गमा बस दुर्घटना हुँदा २० जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा...   

सलमानलाई मार्न सुपारी लिएका गुण्डा नाइके पक्राउ

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक...   
अब मल र विषादी छर्न ‘ड्रोन’

अब मल र विषादी छर्न ‘ड्रोन’

दाङ । अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले...   

वाग्मती प्रदेशको सञ्चित कोषमा तीन अर्ब राजश्व सङ्कलनको लक्ष्य

काठमाडौ । नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत चालू आर्थिक वर्षमा वाग्मती प्रदेश सरकारको सञ्चित...   

विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने

लमजुङ । लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top