Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यो संविधान विगतको सङ्घर्ष र बलिदानको उपलब्धिको सङ्ग्रह हो - प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गरे।

ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्र्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न आग्रह गरे।

आज गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिवसमा उद्योगी, व्यापारी, शिक्षक, कर्मचारीदेखि हरेक पसल र घरमा झण्डा होस्, हरेक गाडीमा झण्डा होस्, हरेक घरले दिपावली मनाओस्, बिजुली नभएका ठाउँमा पनि लस्करै टुकी बालेर रमाइलो होस्, भने ।

संविधान जारी भएको दिन अधिकारको अवसर, सुरक्षा, सम्मान, समृद्धि र सुखद्तर्फको यात्रा भएकाले दिवस अठोट प्रतिबद्धता र सङ्कल्पको चाड भएको प्रधानमन्त्रीले स्मरण गरे । प्रधानमन्त्री ओलीकै अध्यक्षतामा आज बसेको बैठकले असोज २, ३ र ४ गते संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ । त्यसका लागि भदौ २७ देखि नै तयारीका कार्यक्रम हुनेछन् । समितिले कागज र कपडाबाहेकका झण्डालाई निषेध गरेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अङ्गिकार गरेको संविधान ठूलो बलिदान, सङ्घर्ष, त्याग र उपलब्धिको निचोड हो भन्दै प्रधानमन्त्री ओलीले संविधानले विभिन्न समयमा भएका योगदानको अभिव्यक्त, जनधारणा र जनअभिमतलाई सम्बोधन गरेको बताए । हरेक व्यक्तिका अपेक्षा जस्ताको त्यस्तै सम्बोधन नगरे पनि साझा दस्तावेजका रूपमा बृहत्तर राष्ट्रहित, राष्ट्रिय आकांक्षालाई संविधानले समेटेको प्रधानमन्त्रीको भनाइ थियो ।

उनले भने, “यो संविधान विगतको सङ्घर्ष, इतिहास, बलिदानको उपलब्धिको सङ्ग्रह हो, वर्तमान यथार्थको प्रतिविम्ब हो र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूपमा हो, यसमा हाम्रा विगतका आँशु र पीडा, सङ्घर्ष र बलिदानका कथा छन्, वर्तमानका जटिलता अफ्ठेरा र आवश्यकता समेटिएको छ र भावी दिनका लागि कसरी अगाडि बढ्ने भन्ने राष्ट्रिय आकांक्षा र गन्तव्य समेटिएको छ ।”

सहमतिको दस्तावेज भए पनि संविधानले हाम्रो इतिहास गौरवपूर्ण परम्परालाई अङ्गिकार गरी परम्पराको नाममा भएका अवैज्ञानिक पक्षलाई हटाएको बताउँदै संविधान जारी भएको दिन राष्ट्रिय उत्सव भएकाले सेनाको मात्रै दिवस भनेर नबस्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

सबै जनताको दिवसको रूपमा मनाउनुपर्नेमा जोड दिँदै उनले नेपालीको सबैभन्दा ठूलो चाड भएकाले राष्ट्रव्यापीरूपमा र विदेशमा बसेका नेपालीले समेत मनाउने साझा उत्सव हो, भने । “यो चाड एउटा पक्ष र क्षेत्रको लागि होइन देशका लागि हो, त्यसमा केन्द्रीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहका सबै सरकार र निकायले राष्ट्रिय उत्सवका साथ भव्यरूपमा मनाउनु आवश्यक छ, राष्ट्रिय दिवसको रूपमा मनाउनका लागि उल्लासपूर्ण ढङ्गबाट जनव्यापीरूपमा कसरी लान सिकन्छ त्यसैगरी कार्यक्रम बनाउन आग्रह गर्दछु”, प्रधानमन्त्रीले थपे ।

उनले उक्त दिन झण्डा दिवसका रूपमा मनाउनुपर्नेमा जोड दिँदै झण्डामय बनाउन सबैलाई अनुरोधसमेत गरे । अन्तर्राष्ट्रिय खेलमा हरेकको हातमा झण्डा हुँदा त्यसले देशको प्रतिनिधित्व गर्ने भएकाले सोहीअनुरूप राष्ट्रिय दिवस मनाउनुपर्नेमा उनको जोड थियो । झण्डालाई घरमा राख्न पाउने र सम्मानपूर्वक मुटुको अगाडि र पछाडि पर्ने गरी झण्डा भएको कपडा लगाएर राष्ट्रिय उत्सव मनाउन प्रधानमन्त्रीले आह्वान गरे ।

झण्डाले राष्ट्रिय एकता र उपलब्धिलाई मौन ढङ्गले दृढतापूर्वक अभिव्यक्त गर्दै साझा अभिव्यक्ति, भावना र देशभक्ति बोल्ने भएकाले त्यो दिन सिंहदरबारमा उपस्थित भई सबै कर्मचारीले झण्डा बोकेर ¥यालीमा सहभागी हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यो दिन घर बिदा नभई उत्सव बिदा भएकाले हाजिरीको अभिलेख राखेर कर्मचारीलाई सहभागी गराउन आग्रह गरे ।

यस्ता उत्सवमा असामाजिक तत्वले अवसर छोप्नेतर्फ प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराउँदै सतर्कता अपनाउन सुरक्षा अधिकारीलाई आग्रह गरे । उनले जुन धर्तीको उपजबाट हामी बाँचेका छौँ, त्यस्ता मातृभूमिको विषयलाई विवादको विषय नबनाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

दिवस मनाउनका लागि विभिन्न उपसमितिसमेत बनाइएको छ । सो क्रममा गृहसचिव प्रेमकुमार राईले दिवसमा आयोजना हुने कार्यक्रमबारे पेश गरेको प्रस्ताव बैठकले पारित गरेको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार सिङ्गापुर जाँदै

बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ परीक्षणका लागि बिहीबार अपराह्न सिङ्गापुर जाने जानकारी गराए । प्रधानमन्त्री ओलीले भन्, “म स्वास्थ्य परीक्षण र हल्का उपचारका लागि जाँदै छु, १५ वर्ष अगाडि बिरामी थिएँ, अब १५ वर्ष तगडामा सामेल छु, बाँकी १५ वर्ष तगडा मै हुन्छु ।” उनले उपचारमा केही दिन लाग्ने बताउँदैै संविधान दिवसभन्दा अगाडि नै आइपुग्ने जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies