Khabar Dabali Logo
  November 19, Tue

दाङका ३५ वडा बाढीको उच्च जोखिममा

दाङ । दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ । अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ ।

दाङका १०० वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रुपमा घोषणा गरिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँ बढी जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार चालू आर्थिक वर्षमा जोखिम भनिएका ३५ वडामध्ये १५ वडामा जोखिमको पूर्वसूचना दिने साइरन प्रणाली जडान गरिँदैछ । प्रशासनको हाताभित्र जोखिमको अवस्था बुझ्न डिजिटल सूचना बोर्डको जडानसमेत गरिएको छ ।

जिल्लामा जुनसुकै प्रकारको जोखिम आए पनि खोज तथा उद्धारका लागि आफूहरु तयारी अवस्थामा रहेको प्रजिअ रिजालले बताए। अहिले प्रशासनसँग जोखिममा परेमा तत्काल राहत, सुरक्षित आश्रय, लत्ताकपडा आदिको तयारी रहेको उनले बताए। “अहिले हामीसँग तत्काल राहतका लागि रु तीन करोड बचत छ”, उनले भने, “स्थानीय निकायले पनि रु १० लाखदेखि रु एक करोडसम्म विपद् व्यवस्थापनमा छुट्याएका छन् ।”

घोराही उपमहानगरपालिकामा समेत विपद्को पूर्वसूचना प्रणाली, तयारी एवं विपद् जोखिम न्यूनीकरण तथा उद्धार तथा राहतका लागि रु एक करोड ३४ लाख छुट्याएको छ । उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले विपद्का लागि छुट्याइएको रकम विपद्मा परेकाकै लागि खर्च गरिने बताए । उनले आगामी आर्थिक वर्षमा उद्धारका लागि मानवीय जनशक्तिसमेत तयार पारिने जानकारी दिए ।

भदौ ४ गते, २०७६ - १५:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेसबुकलाई चुनौती दिने अर्काे नयाँ सामाजिक सञ्जाल, लाखौं आकर्षित

फेसबुकलाई चुनौती दिने अर्काे नयाँ सामाजिक सञ्जाल, लाखौं आकर्षित

एजेन्सी । विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटीस्सोशल (WT:Social) मा अहिलेसम्म...   

जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा विकास योजनादेखि औषधिसमेतमा भ्रष्टाचार

डोल्पा । डोल्पामा मिलेमतोमा विकास योजनामा चरम भ्रष्टाचार हुने गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान...   
कश्मीरमा हिमपहिरो,  छ जना सेनाको मृत्यु

कश्मीरमा हिमपहिरो, छ जना सेनाको मृत्यु

भारत । सियाचिन ग्लेशियर विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको लडाइँको मैदानको रूपमा परिचित छ । भारतीय...   

ग्लोबल आइएमई बैंकले २५ दशमलव पाँच प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई २५...   

आज सबै विदेशी मुद्राको विनिमय दर बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार सबै बिदेशी मुद्राको बिनिमय दर बढेको जनाएको छ । १ अमेरिकी डलरको...   
प्रचण्ड सचिवालयद्वारा मन्त्रिपरिषद् पुनर्गठन बारेका समाचारको भत्सर्ना

प्रचण्ड सचिवालयद्वारा मन्त्रिपरिषद् पुनर्गठन बारेका समाचारको भत्सर्ना

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठनका बिषयमा विभिन्न भ्रामक समाचारहरु आइरहेको भन्दै नेपाल कम्युनिस्ट...   

गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन्...   

घरभित्र हत्या गरिएको श्रेष्ठ दम्पतीको हत्यारा अझै पत्ता लागेन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा...   

उम्मेदवारसँगै शीर्षनेता हात जोड्दै घरदैलोमा

भक्तपुर । भक्तपुर क्षेत्र नं १ (क) मा आगामी मङ्सिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट...   

टुंगो लाग्यो हटाइने मन्त्रीहरूको सुची, को – को परे ?

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरूबीचकै कार्यविभाजनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top