Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेकपामा प्रचण्ड एकल अध्यक्ष !

काठमाडाैं । आइतवार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई औंला उठाएर या त पार्टीको अध्यक्ष छाड्न या त प्रधानमन्त्री छाड्न चेतावनी दिए । बैठक सकिनेबित्तिकै सबैभन्दा पहिला बाहिर निस्केका नेता नेपालले आफू निकटका केही सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा आफूले ल्याएको प्रस्ताव छलफल नभएको भन्दै गुनासो पनि गरेका थिए ।

‘६ वटा जनवर्गीय संगठनको इन्चार्ज र सह-इन्चार्जका विषयमा मेरो नीतिगत असहमति छ,’ नेपालले भने, ‘बैठकमा मेरो प्रस्तावउपर कुनै पनि छलफल नभएपछि मैले पार्टी विधान अनुसार एक व्यक्ति एक पद हुनुपर्ने भन्दै प्रधानमन्त्रीज्यूलाई या त अध्यक्ष छाड्न या त प्रधानमन्त्री छाड्न भनेको छु । अस्ति शुक्रवार पनि मैले ल्याएको प्रस्तावमा छलफल भएन, आज पनि भएन ।’ यसो भनिरहँदा उनको अनुहारमा आक्रोश झल्केको थियो ।

उसो त पार्टीभित्र वरिष्ठ नेता नेपालले आफूलाई कर्नरमा पार्न खोजेको भन्दै बारम्बार असहमति जनाउँदै आइरहेका छन् । पार्टी दुई अध्यक्षको मनोमानीबाट चलिरहेको भन्दै आफ्नो कुनै भूमिका नभएको उनको आरोप हमेशा रहने गर्दछ ।

के थिए नेता नेपालका प्रस्तावहरू ?
गत शुक्रवारको बैठकमा नेता नेपालले पूर्व एमालेका बाँकी रहेका तीन उपाध्यक्षहरूलाई सचिवालयमा ल्याउने प्रस्ताव पेश गरे । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल पूर्व एमालेमा उपाध्यक्ष रहेका थिए । जम्मा ५ उपाध्यक्ष रहेकोमा विद्या भण्डारी राष्ट्रपति छिन् भने वामदेव गौतम पहिल्यैदेखि सचिवालयमा रहेका छन् ।

‘यदि विधि विधान र प्रक्रियाको कुरा गर्ने हो भने कसैलाई काखा, कसैलाई पाखा लगाउनु हुँदैन,’ नेता नेपालले भने, ‘मनोमानी ढंगले गर्ने हो भने जे गरे पनि भइहाल्यो ।’

नेता नेपालको यो प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालको वरियतामा बढुवा गर्ने अध्यक्ष ओलीको प्रस्तावको काउन्टरमा थियो । ‘उहाँको वरियतामा मैले केही भन्न खोजेको होइन, यदि उहाँ म भन्दा सिनियर भएको भएर वरिययता बढाउन खोजेको हो भने पूर्व एमालेका ३ जना उपाध्यक्षहरूलाई पनि सचिवालयमा ल्याउनुपर्छ ।’

नेता नेपालले यससँगै पार्टीभित्र एक व्यक्ति एक पदको विषय उठाइरहने बताए । उनको प्रस्तावमा अध्यक्ष ओली नकारात्मक रूपमा प्रस्तुत भएका थिए ।

प्रचण्ड पार्टीको एकल अध्यक्ष
केही दिनयता स्वास्थ्यमा कमजोरी देखिएका प्रधानमन्त्री ओली पुनः सिंगापुर उपचार गर्न जाने तयारीमा छन् । मृगौला फेरेको १२ वर्षभन्दा बढी भइसकेकाले डाक्टरहरूले ओलीलाई नयाँ औषधि चलाएका थिए । त्यसपछि उनको स्वास्थ्यस्थिति सामान्य रहेको बताइयो ।

तर आइतवार संसदमा सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्न आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिमा खासै सुधार नआएको प्रष्ट देखिन्थ्यो । ‘स्वास्थ्य कमजोर भएपछि उहाँले सरकारको मात्र जिम्मेवारी लिने मनस्थिति बनाउनुभएको छ,’ नेकपाका एक नेताले भने, ‘त्यसो हो भने अर्का अध्यक्ष कमरेड स्वतः अध्यक्ष बन्नुहुनेछ ।’

नेकपाभित्र एक व्यक्ति एक जिम्मेवारीको बहस पहिल्यैदेखि चलिरहेको थियो । अध्यक्ष प्रचण्डले पनि पार्टीभित्र यस विषयलाई बारम्बार उठाउने गरेका थिए । तर आइतवारको बैठकमा नेता नेपाल पड्किएपछि प्रचण्डले सहजकर्ताको भूमिका निभाए । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिलाई ख्याल राख्दै प्रचण्डले नेता नेपालले पेश गरेको प्रस्तावउपर खासै ध्यान दिएनन् ।

ओली सिंगापुरबाट फर्किनेबित्तिकै प्रचण्ड अध्यक्ष !
नेपाल निकट एक नेताले प्रधानमन्त्री ओली फलोअपका लागि सिंगापुर गएर फर्केलगत्तै प्रचण्डलाई अध्यक्ष सुम्पने तयारी रहेको बताउँछन् ।

प्रधानमन्त्री ओली यही ५ गते सिंगापुर जाँदैछन् । नेता नेपालले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि मंगलवार छलफल गर्ने कार्यक्रम रहेको र त्यही छलफलले प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको उनले दाबी गरे । त्यसपछि प्रधानमन्त्री ओली सिंगापुर जानेछन् ।

पछिल्लो समयमा विभागको नेतृत्वमा विवाद देखिएपछि लामो समयसम्म सहमति हुन सकेको थिएन । तर अन्तिम समयमा प्रचण्ड लचक भएर स्कूल विभाग ईश्वर पोख्रेललाई नै छोड्न सहमत भएपछि विभागको नेतृत्वको विषय सल्टिएको थियो । विभागको नेतृत्वसँगै वामदेव गौतमलाई उपाध्यक्षमा ल्याउन प्रस्ताव गर्ने निर्णय पनि पारित भएको थियो । यी सबै अध्यक्ष ओलीका प्रस्तावहरू थिए ।

ओलीका प्रस्तावहरूलाई प्रचण्डले कुनै रोकटोक गरेनन् । बरू नेता नेपालले असहमति जनाईरहे । यही कारणले पछिल्लो समयमा ओली र प्रचण्ड मिलेर आफूलाई साइड लगाउन खोजेको बुझाइ नेता नेपालमा रहेको छ ।

अध्यक्ष प्रचण्डले ओलीका प्रस्तावहरूलाई निर्विरोध छलफलमा लगेर टुंग्याएपछि प्रचण्ड पनि ओलीतिरै लहसिएको विश्लेषण हुन थालेको थियो । तर स्रोतका अनुसार पार्टीको एकल अध्यक्ष प्रचण्ड हुने भएपछि सहजताका लागि प्रचण्डले ओलीको भनाइमा कुनै विमति जनाएका छैनन ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies