Khabar Dabali Logo
  February 26, Wed

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: कँडेल र कार्कीको बयान सकियो, रवि लामिछानेको जारी

काठमाडौं । माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट आएको छ । पुडासैनि झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे ।

पुडासैनीको भिडियो हेरेको छैन : रवि लामिछाने
रवि लामिछानेले सरकारी वकिलसँग पुडासैनीले आफूलाई आरोप लगाएर बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको, तर भिडियो भने नहेरेको बताएका हुन् ।

पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी दीपक रेग्मी चितवन आएका छन् । पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी छिन् । त्यो जाहेरी चितवन प्रहरीले पाइसकेको छ । लामिछानेका समर्थकहरूले सोमबार पनि भरतपुरमा प्रदर्शन गरेका छन् । भरतपुर चौबीसकोठीमा प्रदर्शन गर्ने पाँचजनालाई गिरफ्तार गरेको प्रहरीको भनाइ छ ।

बयान लिने क्रम जारी

पत्रकार पुडासैनी आत्महत्या घटनाका आरोपीसँग बयान लिने क्रम जारी छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ । तर, लामिछानेसँगको बयान भने अझै नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ । लामिछानेसँग मंगलबार पनि बयान लिइने भएको छ । आरोपीद्वय कँडेल र कार्कीको बयान सकिएपछि लामिछानेसँग सोमबार दिउँसो तीन बजेपछि बयान लिन सुरु गरिएको थियो । बयान बेलुकी ६ बजे स्थगित गरिएको थियो । प्रारम्भिक बयानका क्रममा मृतक पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ ।

बयान नसकिएकाले मंगलबार थप अनुसन्धानका लागि अदालतबाट पुनः म्याद थपिने सम्भावना छ । ‘अनुसन्धानको मिसिल नै तयार भएको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘अनुसन्धान नै नसकीकन कसरी अदालतमा लगेर मुद्दा दर्ता गराउनू ?’ प्रहरीले आरोपीको फोन कल डिटेल र मोबाइल सन्देश लिई अनुसन्धान गरिरहेको छ । ‘चर्चित र गम्भीर प्रकृतिको मुद्दालाई हतार–हतार र हलुका रूपमा बुझाउनु भएन नि,’ ती प्रहरी अधिकृतले भने ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती मृत फेला परेका थिए। आत्महत्या अघि पत्रकार पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियो गत बुधबार सार्वजनिक भएको थियो। भिडियोमा कार्की, लामिछाने र कडेंलका कारण मर्नु परेको मृतक पुडासैनीले बोलेका थिए।

भदौ ३ गते, २०७६ - १०:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साढे एक करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

साढे एक करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’...   

दिल्ली हिंसामा परि मृत्यु हुनेकाे संख्या १८ पुग्यो, परिस्थिति अझै नाजूक

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म...   
नयाँ पार्टी खोल्दै पूर्वडीआईजी रमेश खरेल

नयाँ पार्टी खोल्दै पूर्वडीआईजी रमेश खरेल

काठमाडौँ । नेपाल प्रहरीका पुर्वडीआइजी रमेशप्रसाद खरेलले नयाँ पार्टी खोल्ने भएका छन् । उनले औपचारिक...   
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान पारस खड्का चयन

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पूर्व कप्तान पारस खड्का चयन

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्कालाई...   

आज पनि सुनको भाउ घट्यो, तोलाको कति छ ?

काठमाडौं । साताको चौथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले...   
सरकारले मगर दिवसमा सार्वजनिक बिदा दिने

सरकारले मगर दिवसमा सार्वजनिक बिदा दिने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले...   

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

बैतडि । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका...   

भोली सार्वजनिक बिदा

पाल्पा । पाल्पामा मगर समुदायको बाक्लो बसोवास रहेका गाउँपालिका तथा नगरपालिकामा फागुन १५ गते सार्वजनिक...   

दिल्लीमा दंगा, हिंसाबारे ट्रम्पले के भने ?

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि सुरु भएको प्रदर्शन भड्किँदा...   
दिल्लीमा दशकौँ यताको खराब हिंसा, मृत्यु हुनेको संख्या १३ जना पुग्यो

दिल्लीमा दशकौँ यताको खराब हिंसा, मृत्यु हुनेको संख्या १३ जना पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top