Khabar Dabali Logo
  August 7, Fri

नेप्से सात अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६ मा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकममा भने उल्लेख्य सुधार हुन सकेन । आज कूल १७५ कम्पनीको १४ लाख ७७ हजार ४३५ कित्ता शेयर रु ३८ करोड ९६ लाख २५ हजारमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज निर्जीवन बीमाको शेयर कारोवार ओरालो लागेको छ । सो उपसमूहको शेयर २९.७८ बिन्दुले घट्दा बैंकिङ ७.३३, होटल ४.७४, विकास बैंक १३.४३, जलविद्युत् १.१९, वित्त १.०७, उत्पादन ६.९१, अन्य ४.७२, लघुवित्त २१.५१, जीवन बीमा ४४.३२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५८ लाख ३१ हजार ४२८ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै रसुवागढी जलविद्युत् आयोजना रु दुई करोड १५ लाख १६ हजार, एनआइसि एशिया रु एक करोड ७१ लाख ९० हजार, सोल्टी होटल रु एक करोड ६७ लाख ३४ हजार, कृषि विकास बैंक रु एक करोड ६६ लाख ६४ हजार र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर रु एक करोड ४६ लाख ९८ हजारमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७.५० प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स ६.४७, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ६.१६, एक्सेल डेभलपमेन्ट बैंक ५.०९ र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.०३ प्रतिशतले कमाएका छन् । सानिमा इक्विटी फण्ड ३.५७, जोशी हाइड्रोपावर २.८९, युनाइटेड इन्स्योरेन्स २.५६, गुह्यश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स २.५२, बरुण हाइड्रोपावर २.२२ र चिलिमे जलविद्युत् कम्पनीका शेयरधनीले १.९६ प्रतिशतले गुमाए ।

भदौ २ गते, २०७६ - १६:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपप्रधानमन्त्री पोखरेलसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सलेले...   

लेबनानको बेरूत विस्फोटका कारण ८० हजार बालबालिका विस्थापित, मृतक सङ्ख्या १५४ पुग्यो

बेरूत । गत मङ्गलबार लेबनानको राजधानी बेरूतमा भएको विस्फोटका कारण करिब ८० हजार बालबालिका विस्थापित...   

११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण

ढाका । बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन्...   

भारतको केरलामा भिषण पहिरो, ९ जनाको मृत्यु, ५७ बेपत्ता

केरला । भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन्...   

अनशनरत युवाको मागलाई समाधानका लागि सरकार गम्भीर नदेखिएको काँग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको रोकथाम र उपचारलाई थप प्रभावकारी...   

स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित, सप्तरीको सरकारी र निजी अस्पताल बन्द

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल आजदेखि बन्द भएको...   

कोराेनाले ल्याएको चुनौती र अवसरमा सहकार्य गर्न अर्थमन्त्रीको बङ्गलादेशसँग आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड– १९ ले ल्याएको चुनौती र अवसरलाई मध्यनजर गरी सहयोगका...   

कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गरे थप २ सय छुट

काठमाडौं । सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले...   

स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाह दिन बार तोकियो

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै स्थानीय तहका सेवाग्राहीलाई सेवा प्रवाहका...   

प्रदेश २ कोरोना सङ्क्रमणको उच्च जोखिममा, सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४

जनकपुर । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top