Khabar Dabali Logo
  October 21, Mon

कश्मीर विवादबारे नेपाल बोल्यो : वार्ताबाट नै समाधान खोज्नुपर्छ

काठमाडौं । कश्मीर विवादबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले कश्मीर विवाद नजिकबाट नियालिरहेको भन्दै वार्ताबाट नै शान्ति र स्थायित्व खोज्नुपर्ने धारणा राखेको छ ।

सोमबार आसन्न भारतीय विदेश मन्त्री एस जयशंकरको भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मु कश्मिर विवाद वार्ताबाट नै समाधान खोज्नुपर्ने बताए । उनले कश्मिरबाट विशेष राज्यको हैसियत खोसिएपछि उत्पन्न क्षेत्रीय विवाद प्रति नेपालको स्वभाविक चाँसो रहेको पनि प्रष्ट पारेका छन् ।

मन्त्री ज्ञवालीले काश्मिरमा रहेका नेपालीहरुको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबास मार्फत जानकारी लिईरहेको र उनिहरु सुरक्षित भएको जानकारीसमेत दिए ।

सार्कको अध्यक्षसमेत रहेको भन्दै ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए । ‘क्षेत्रिय रुपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा नेपाल उभिएको छ, सार्क संगठनका अध्यक्षका रुपमा पनि नेपालले राखेको धारणा एउटै छ, हामी क्षेत्रीय शान्तिका पक्षमा छौं’, ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले क्षेत्रिय शान्ति खलबलिन नदिन भारत सरकारसँग आग्रह पनि गरेका छन् ।

भदौ २ गते, २०७६ - १५:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल

काठमाडाैं । नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।...   
जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

एजेन्सी । आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको ज्यान गएको...   
पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् । आइतवार...   
के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

काठमाडाैं । खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान्...   
सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

एजेन्सी । सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका सञ्चारमाध्यम तथा सञ्चारकर्मी आन्दोलित भएका छन्...   
नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग...   

अन्तराष्ट्रिय डाटा रोमिङमा टेलिकमको छुटै छुटै

काठमाडौं । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र...   
ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

काठमाडौं । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अन्तरविरोध चुलिदंै गएको छ । पार्टी...   
होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

एजेन्सी । न्यूयोर्कको एक कपडा कम्पनीले आफ्नो होडिङ्ग बोर्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक...   
आलम प्रकरणमा ‘पिसाब फेरेपछि दैलो देखेका’ देउवाको हातमा कांग्रेसको भविष्य कति सुरक्षित ?

आलम प्रकरणमा ‘पिसाब फेरेपछि दैलो देखेका’ देउवाको हातमा कांग्रेसको भविष्य कति सुरक्षित ?

काठमाडाैं । २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लगेका कांग्रेस सांसद अफ्ताव आलम अहिले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top