Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

घर भत्काएको विरोधमा नगरकोट बन्द

भक्तपुर । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्र्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा भत्काएको थियो ।

साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर, टहरा भत्काएको भन्दै उनीहरूले आजदेखि अनिश्चितकालीन नगरकोट बन्दको आह्वान गरेका सङ्घर्ष समितिका संयोजक दिलीप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई कुनै विकल्प नदिइ एक्कासि हाम्रो घर टहरा र होटल तथा व्यवसायमाथि डोजर चलाइयो, यसको विरोधमा हामीले आजदेखि नगरकोट अनिश्चितकालीन बन्द गराएका हौँ ।”

साना व्यवसायीले सडकमा टायर बालेर सडक बन्द गराएकाले नगरकोट आउने र जाने सार्वजनिक एवं निजी यातायातका साधन बन्द भएका छन् । स्थानीयवासी धनबहादुर लामाले नगरपालिकाले जबर्जस्ती गरेको विरोधमा व्यवसायी विरोधमा उत्रिएको बताउँदै यसले पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष प्रभाव पार्ने बताए । उहाँले नगरकोट आउने पर्यटकलाई भने बन्द आयोजकले नरोक्ने जनाए पनि केही पर्यटक बन्द भएको सुनेर बीचबाटै फर्किएको जानकारी दिए। यता नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भने पटकपटक सूचना जारी गरी माइकिङ गरेर नै अवैध संरचना हटाइएको जानकारी दिँदै बाँकी २० घर, टहरा आज भत्काइने बताए ।

नगरपालिका र वन कार्यालयले भट्टेडाँडा नगरकोट टावरसम्मका अवैध घर, टहरा भत्काएको थियो । हिजो घर टहरा भत्काउने क्रममा झडपसमेत भएपछि सुरक्षाकर्मी परिचालन गरी भत्काइएको थियो । यहाँका ठूला होटल सञ्चालकहरूले भने अवैधरुपमा सञ्चालित होटल तथा रेस्टुराँले जग्गाको भाडा तिर्नु नपर्ने, व्यवसाय दर्ता पनि गर्नु नपर्ने र सरकारलाई राजस्व पनि तिर्नु नपर्ने भन्दै यस्ता व्यवसाय हटाउन माग गर्दै आएका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies