Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रचण्डको स्पष्ट जवाफ : नेकपाको सरकार ५ वर्ष, प्रधानमन्त्री ओली पनि समझदारी अनुसार

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकाे सरकार पाँच वर्षसम्मै रहने र सरकारकाे नेतृत्व पनि समझदारी अनुसार नै चल्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि समझदारीअनुसार नै चल्नुपर्ने बताए ।

‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ । यसमा कुनै दुविधा नै छैन् ।’ प्रचण्डले भने, ‘सरकार पनि ५ वर्ष जान्छ, ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ ।’ सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागि हुन जनकपुर पुगेका प्रचण्डले सरकारको नेतृत्व समझदारी अनुसार नै हुने स्पष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले जनतामा उत्साह नभएकाे कारण सरकारको कार्यशैली पनि अब फेरिने बताए । उनले सरकार विकासमा छिटो–छिटो अघि बढ्ने बताए । ‘सरकारको पहिलो कानुनी जटिलता थियो। त्याे सकिएकाे छ । अब जनताकाे चाहना अनुसार सरकार छिट–छिटो विकासमा अघि बढ्छ ।’ प्रचण्ले भने, ‘सरकारले पहिलो वर्ष यी सबै आधार बनाएको छ। अब सरकार अगाडि बढ्छ।’

अध्यक्ष प्रचण्डले पार्टी एकतामा निकै भ्रम छरिएको भएपनि त्यसलाई परास्त पारेर एकता टुंग्याउन सफल भएको बताए । अध्यक्ष प्रचण्डले एकताको विकल्प छैन् भन्दा मिडियामा अनेकन अपव्याख्या गरिएको भन्दै दुःखेसो पनि गरे । ‘पार्टी एकता गरिसकेका हौं। अब विकल्प छैन भनेको हो। मिडियामा अपब्याख्या गरियो।’ प्रचण्डले भने, ‘पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरियो। जुन गलत हो ।’

अध्यक्ष प्रचण्डले पूर्व माओवादी र पूर्व एमाले भनेर माथापच्ची गर्नुको अब अर्थ छैन् भन्दै सबै पार्टी पंक्तिलाई एक हुन आग्रह गरे ।

कार्यक्रमको लागि सँगै पुगेका वरिष्ठ नेता नेपालले भने पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने बताए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies