Khabar Dabali Logo
  June 4, Thu

पुडासैनी आत्महत्या प्रकरणः सर्वदलीय बैठकले गर्यो यस्तो निर्णय

काठमाडौँ । चितवनमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने पक्राउ परेकै भोलिपल्टदेखि प्रर्दशन र नारावाजी हुन थालेपछि दैनिक प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन सर्वदलीय सहमति जुटेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय बैठकले सर्वसाधारणको दैनिकी प्रभावित हुन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको समेत उपस्थितिमा बसेको बैठकले शान्तिसुरक्षा प्रभावकारी बनाउनेसहितका तीनवटा महत्वपूर्ण निर्णय गरेको हो ।

न्यायीक हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलगायत अन्य दुई जनाको विषयमा छानविनका लागि सहयोग पुर्याउँन सहयोग गर्ने र जनताको दैनिक जीवनमा कुनैपनि किसिमको खलल पुग्ने काम हुन नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

उनले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको भन्ने समाचारमा सत्यता नभएको दावी समेत गरे ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रविलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । अहिले जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पनि निषेधित क्षेत्र घोषणा नगरिएको बताए ।

पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएपछि प्रर्दशन थप चर्किएको छ। चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै सुरु हुने गरि ५ दिन हिरासतमा राख्न म्याद थप गरेपछि प्रहरीले अनुसन्धान थालेको हो।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका पत्रकार पुडासैनी नारायणगढको पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा साउन २० गते राती मृत फेला परेका थिए। आत्महत्या अघि पत्रकार पुडासैनीले मोबाईलमा रेकर्ड गरेको भिडियो गत बुधबार सार्वजनिक भएको थियो। भिडियोमा कार्की, लामिछाने र कडेंलका कारण मर्नु परेको मृतक पुडासैनीले बोलेका थिए।

भदौ २ गते, २०७६ - ११:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थप आठ प्रकारका मुद्दामा सुनुवाइ गर्ने सर्वोच्च अदालतको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा...   

बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तीनवटै प्रशासनको निष्कर्ष

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष...   

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाँउपालिका...   

आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा...   

यी हुन् भाेलीदेखि विदेशबाट आउनेका लागि तयार भएको सुविधासम्पन्न होटल

काठमाडौं । विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन...   
विदेशमा अलपत्र नेपाली भोलीदेखि उद्धार गरिने, युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

विदेशमा अलपत्र नेपाली भोलीदेखि उद्धार गरिने, युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

काठमाडाै‌ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा...   

प्रदेश नम्बर २ मा आज मात्रै १ सय २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६१

धनुषा । प्रदेश नम्बर २ मा बिहिबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश नम्बर...   

रौतहटमा आज मात्रै ६५ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा एकैपटक ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीवार राष्ट्रिय जनस्वास्थ्य...   

दैलेखमा मात्रै १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । दैलेखमा एकैदिन १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान...   

एसइई र कक्षा ११ / १२ को परीक्षा बारे एक साताभित्र निर्णय हुने : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top