Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

प्रधानमन्त्री ओलीको सम्बोधनका मुख्य तीन पक्ष !

काठमाडौं । प्रतिपक्षीको विरोध र अवरोधका कारण लामो समयसम्म संसदमा आएर सम्बोधन गर्न नपाएका ओलीलाई आइतबार भने गज्जबको अवसर जुट्यो । उनले प्रतिपक्षीसँग मात्र होइन् आफ्नै पार्टी पंक्तिसँग पनि खुलेर हिसाब मिलाए । आइतबारको सम्बोधनमा ओलीले सरकारको प्रशंसा गर्दै, प्रतिपक्षीविरुद्ध आलोचना गर्दै, आफ्नै नेता र सरकारको नेतृत्व हस्तान्तरण बारेसमेत बोलेका छन् ।

करिब ४० मिनेट सम्बोधन गरेका प्रधानमन्त्री ओलीले अधिकांश समय सरकार विरोधी प्रति लक्षित गरे । उनले वर्तमान प्रणालीको विरोध गर्नेलाई बाँकी नराखिनेसमेत चेतावनी दिएका छन् । पछिल्लो समयमा राजतन्त्रको विषयमा छेडिएको बहसप्रति ओलीले कडा प्रतिपाद गरेका छन् । उनले आजको सम्बोधनका क्रममा सरकार विरोधी प्रति मात्रै होइन् आफ्नै पार्टीका नेताहरु प्रति पनि प्रहार गरेका छन् ।

सरकारको नेतृत्व नछाड्ने संकेत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले आगामी निर्वाचनसम्म पद नछाड्ने संकेत गरेका छन् । उनले निर्वाचनसम्म धैर्य गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरे ।

‘प्रधानमन्त्री लगलग काँपिरहेका छन्, पद जाने भयो भनेर । मैले पद नगएको दुनियाँमा कोही देखेको छैन । राजामहाराजा, सम्राट, बादशाह, जननिर्वाचित प्रतिनिधि सबैको पद कुनै न कुनै दिन ।’ प्रधानमन्त्री ओलीले भने ।

आगामी निर्वाचनपछि आफूलाई पदमा बस्नु नरहेको ओलीको भनाई छ । उनले प्रधानमन्त्री पदका आकांक्षीहरुतर्फ संकेत गर्दै भने, ‘निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु।’ प्रधानमन्त्री ओलीले जनताले दिएको जिम्मेवारीबाट सरकार भाग्छ भन्ने दिवासप्ना नदेख्न पनि आग्रह गरे ।

प्रतिपक्षमाथिको आरोप
आफ्नो सम्बोधनका क्रममा सरकार विरुद्ध निरन्तर आक्रामक बनिरहेको प्रतिपक्ष र विपक्षी दलप्रति ओलीले निराशा फिँजाएको आरोप लगाएका छन् । उनले प्रतिपक्षले सरकार असफल भएको भन्दै जनतामा व्यवस्था प्रति नै प्रश्न उठाएको आरोप लगाए ।

प्रधानमन्त्रीले सरकार ‘फ्रस्टेशनबाट नबनेको भन्दै यहाँसम्म आउनुमा ठुलो बलिदान र योगदान रहेको जिकिर गरे । प्रतिपक्षी प्रति लक्षित गर्दै ओलीले भने, ‘अरुले ल्याएर दिएर होइन लोकतन्त्र ल्याउन लडेको छ, म भन्न चाहन्छु कोही भन्दा कम त्याग तपस्या बलिदान र योगदान गरेर यस पार्टीले जनसमर्थन प्राप्त गरेको होइन् । यसको उद्देश्य नै लोकतन्त्रको सुरक्षा, संरक्षण र सम्बद्धन हो गर्नु हो । लोकतन्त्रलाई सुद्धढ गर्नु हो । लोकतन्त्रलाई सुद्धढ गर्ने बाटो भन्दा वरपर जान सक्दैन् ।’

प्रधानमन्त्री ओलीले विरोधीहरुले सकारको लोकतान्त्रिक प्रतिवद्धताप्रति भ्रम फैलाएको आरोप पनि लगाए। ‘कहिलेकहिले यहाँ सरकारको लोकतन्त्रप्रतिको निष्ठाप्रति भ्रम फैलाउने काम भएको छ। यो हाम्रो विरोधीहरुले चलाउने हल्ला हो’, उनले भने ।

राजतन्त्र फर्काउने चलखेलप्रतिको प्रहार
प्रधानमन्त्री ओलीले प्रतिगामी तत्वहरु बेमौसमको बाजा बजाउन उद्धत रहेको आरोप लगाएका छन् । उनले त्यस्तो बेमौसमको बाजाले केहि फरक नपार्ने पनि दाबी गरे । ‘जुन संस्था र शक्तिका कुरा गर्छन् मान्छेहरु, ती शक्तिहरु ज्यूँदो हुँदा हामीले ठेगान लगाएका छौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफ्रिएको देखिन्छ । यो बेमौसमको बाजा नबजाउँदा हुन्थ्यो ।’

राजतन्त्रको विषयमा बहस छेड्नेप्रति लक्षित गर्दै ओलीले सरकारको उदारताको सिमालाई असामान्य रुपमा नलिन पनि चेतावनी दिए । ओलीले भने, ‘सरकारको यो उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies