Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

ढाका । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् ।

ढाका नजिकको मिरपुरमा शुक्रबार रातिको भएको यस आगलागीबाट जस्तापाताले छाएका करिब दुई हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले बताए ।

बस्तीभित्र चिया पसल चलाएर गुजारा गरिआएका ५८ वर्षीय अब्दुल हमिदले आफूले एउटा सामान पनि बाहिर निकाल्न नपाएको गुनासो गर्नुभयो । अश्रुपुरित स्वरमा उनले भने, मेरो केही रहेन । अब के गर्ने होला ?

अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याएका थिए र घटनामा कोही कसैको मृत्यु भएको थिएन । तर थुप्रै मानिस घाइते भएका छन् ।

यस बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोशाक उद्योगमा काम गर्ने मजदूरहरु बसेका थिए । मुस्लिम समुदायको महत्वपूर्ण चाड ईद अल–अधामा सहभागी हुन आफ्ना गाउँघर गएका कारण आगलागीका दिन बस्तीमा ज्यादै कम मानिस थिए ।

स्थानीय प्रहरी प्रमुख गुलाम रब्बानीले बस्ती खाली नभएको भए ठूलै मानवीय क्षति हुने सम्भावना थियो भने ।

निकै भिडभाड भएको यस बस्तीमा १० हजारभन्दा बढी मजदूरको आश्रय थियो । बस्तीसँगै रहेको स्कुल पनि ईदका कारण पाँच दिनका लागि छुट्टी थियो ।

“हामीले बस्तीमा रहेका मानिसलाई खाना, पानी, घुम्ती शौचालय, र बिजुलीको आपूर्ति व्यवस्था गरेका छौं,” मिरपुर नगरका कर्मचारी शफिउल आजमले बताए । उनले बस्तीका मानिसलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउन नगरले प्रयास गरिरहेको जानकारी दिए ।

केही परिवारले भने मनसुनी वर्षाबाट जोगिन पाल टाँगेर बसेका छन्, तर भुइँमा चिस्यान बढी भएकाले जमिन पूरै हिलाम्मे भएको छ । विज्ञहरुका भनाईमा सुरक्षा व्यवस्थामा कडाई नगरिएका कारण बंगलादेशमा आगलागीका घटना भइरहने गरेका छन् ।

यसै वर्षमात्र भवनहरुमा भएको आगलागीबाट कम्तीमा १०० जनाको ज्यान गइसकेको छ ।

सन् २०१२ मा ढाका नजिकको नौ तले गार्मेन्ट कारखानामा भएको भिषण आगलागीमा परेर १११ जना कामदारको मृत्यु भएको थियो । उक्त घटना पश्चात् गठित छानबिन समितिले कारखाना व्यवस्थापनको चरम लापरबाहीका कारण मजदूरहरुको ज्यान गएको निष्कर्ष निकालेको थियो ।

सन् २०१० मा निम्तोलीको बस्तीमा भएको अर्को त्यस्तै भिषण आगलागीबाट १२३ जनाको ज्यान गएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies